नेपाल स्टारका उप–विजेताहरु नै यति भाईरल

१९ माघ २०७७, सोमबार २०:५२
Featured Video Play Icon

मकवानपुर, १९ माघ । नेपालको आफ्नै गायन रियालिटी शो वाईवाई नेपाल स्टारको पहिलो सिजन सकिएको छ । पहिलो सिजनबाट नेपाली गायन क्षेत्रले विजेताका रुपमा पोखराकी एलिना गुरुङलाई पाएको छ भने उपविजेताका रुपमा ३ जना दमदार प्रतियोगीहरुलाई पाएको छ । नेपाल स्टारका ३ जना उपविजेताहरु सुरेश लामा, लक्ष्मण लिम्बु र सन्देश बम्जन लामा यतिखेर चर्चाको शिखरमा छन् । विजेतासँगै उनीहरुले पनि नगद ५–५ लाख सहित अन्य विभिन्न पुरस्कार र अवसरहरु प्राप्त गरेका छन् । केही दर्शक श्रोताहरुले उपविजेता भएकाहरुमध्येबाटै एक जना विजेता हुनुपर्ने हो भन्दै सामाजिक सञ्जाल तताएका छन् । कुनैपनि रियालिटी शोको फाईनल नतिजालाई लिएर यसअघि जस्तै अहिलेपनि सामाजिक सञ्जालमा बहस छेडिएको छ । यद्यपि विजेता र उपविजेताहरु सबै दर्शक भोटकै आधारमा तय भएको आयोजकको सदैव दाबी रहने गरेको छ । यस भिडियो सामाग्रीमा वाईवाई नेपाल स्टारका यी तिनै जना उपविजेताहरुको फाईनल प्रस्तुति, उनीहरुले प्राप्त गरेका उपलब्धी र अवार्डहरुका साथमा छोटो बायोग्राफी समावेश गरेका छौँ । कृपया भिडियो अन्तिमसम्मै हेरिदिनुहोला । हेर्नुहोस् भिडियो–

नेपाल स्टारको उपविजेता बनेका सुरेश लामा दर्शकहरुको लागि मनमा बस्न सफल प्रतियोगी हुन् । उनलाई निर्णायकहरुले नै प्रशंसा गर्दै भर्सटाईल गायकको उपमा दिएका थिए । नेपाल स्टारको सम्भावित विजेताका रुपमा सर्वाधिक चर्चा पाएका सुरेश उनको गला र कलाका कारणले मात्र नभई एक ईमान्दार र नम्र व्यक्तिका रुपमा पनि दर्शकहरुमाझ चर्चित भएका छन् । सुरेशले उत्कृष्ट ४ छनौट र उत्कृष्ट ७ को छनौटका क्रममा गरी दुई पटक एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरेका थिए । फाईनल राउण्डमा पनि सुरेशको प्रस्तुतिमा दर्शकहरुको निक्कै हुटिङ सुनिएको थियो । उनले फाईनलमा ‘बिहान उठ्ने बित्तिकै’ बोलको गीत गाएका थिए ।

नेपाल स्टारको अर्का उप विजेता लक्ष्मण लिम्बु उनको गायन शैलीबाटै नेपाली दर्शक श्रोताको मनमा बसेका छन् । शोमा स्टाईलिस गायकका रुपमा चिनिएका लक्ष्मणले फाईनलमा पनि सबै दर्शक श्रोताको मन जितेका थिए । उनले उत्कृष्ट ७ छनौटका क्रममा पफोमर अफ द डे अवार्ड र उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । उनले नेपाल स्टारको यात्रामा एकपटक पनि बटम लाईनको सामना गर्नुपरेन । दर्शक श्रोताले विजेताका रुपमा हेरेका लक्ष्मणले उपविजेता नै भएर दर्शक श्रोताको मन जितेका छन् । उनले फाईनलमा ‘वारी जमुना’ बोलको गीत गाएर सबैलाई नचाएका थिए ।

नेपाल स्टारका अर्का उपविजेता सन्देश बम्जन लामा आफ्नो रकिङ प्रस्तुतिका कारण शोमा चिनिएका थिए । गृहजिल्लाबाट सर्वाधिक सपोर्ट प्राप्त गरेका सन्देशले उपविजेता नै भएर पनि दर्शक श्रोताको मन जितेका छन् । सन्देशले उत्कृष्ट ८ छनौटको क्रममा एक्स्पर्ट अफ द डे अवार्ड र उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड जितेका थिए । दर्शक श्रोताको चाहाना अनुसार टाईटल जित्न नसकेता पनि सन्देशका प्रस्तुतिहरु अहिले दर्शक श्रोताहरुको माझमा भाईरल बनेका छन् । सन्देशले फाईनलमा ‘यो जिन्दगानी’ बोलको गीत गाएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*