एलिना गुरुङका ३ भाईरल प्रस्तुतिहरु

मकवानपुर, १९ माघ । वाईवाई नेपाल स्टारकी विजेता एलिना गुरुङ यतिखेर चर्चाको शिखरमा छिन् । शोमा विशेष गरी वेष्टर्न प्याटर्नका गीतहरुमा राम्रो दख्खल राख्ने गायिकाका रुपमा चिनिएकी एलिना नेपालमा गायन रियालिटी शोको पहिलो सिजन जित्ने पहिलो महिला प्रतियोगी पनि हुन् भने गायन रियालिटी शो जित्ने दोस्रो महिला प्रतियोगी हुन् । उनको आवाजलाई निर्णायक र दर्शकहरुले निक्कै रुचाएका छन् । एलिनाले नेपाल स्टारमा विभिन्न चर्चित प्रस्तुतिहरु दिएकी छिन् । ती प्रस्तुतिहरुमध्ये केही प्रस्तुतिहरु वाईवाई नेपाल स्टारकै सर्वाधिक रुचाईएका १० उत्कृष्ट भिडियोहरुभित्र पनि परेका छन् । यस भिडियो सामग्रीमा एलिनाले नेपाल स्टारको स्टेजमा दिएकी ३ चर्चित प्रस्तुतिहरुका बारेमा चर्चा गर्दैछौँ । एलिनाका यी प्रस्तुतिहरु दर्शक भ्युजका आधारमा क्रमबद्ध रुपमा राखिएको छ । त्यसैले केही हप्ताअघि मात्रै उनले दिएका चर्चित प्रस्तुतिहरु यो लिष्टम नहुन सक्छन् । आउनुहोस् यो काउनडाउनलाई सुरु गरौँ । हेर्नुहोस् भिडियो–
नम्बर ३ जाउँ कि बसुँ– एलिना गुरुङको सर्वाधिक हेरिएका प्रस्तुतिहरुको तेस्रो नम्बरमा जाउँ कि बसुँ बोलको गीत रहेको छ । उनले यो गीत चितवनको अडिसन राउण्डमा गाएकी थिईन् । दमदार प्रस्तुति दिएकी उनलाई निर्णायक रामकृष्ण ढकालले स्टेजमै गएर दोस्रो राउण्डका लागि सेलेक्ट गरेका थिए । उनी एउटै गीतबाट दोस्रो राउण्डका लागि छानिएकी थिईन् । उनको यो प्रस्तुतिलाई मार्च २४, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ५१ हजार ४ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १ हजार ४ सय लाईक र करिब एक सयवटा कमेन्टहरु गरिएका छन् ।
नम्बर २ माया– एलिना गुरुङको सर्वाधिक हेरिएका प्रस्तुतिहरुको दोस्रो नम्बरमा माया बोलको गीत रहेको छ । एलिनाको यो प्रस्तुति वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको पनि सातौँ नम्बरमा पर्न सफल भएको छ । उनले यो गीत ऋषभ राउण्डमा गाएकी थिईन् । उनको यो प्रस्तुतिमा सुधारमा भएको भन्दै उनलाई सुधार गर्नुपर्ने थप विषयमा पनि निर्णायकहरुले सल्लाह दिएका थिए । उनको यो प्रस्तुतिलाई सेप्टेम्बर २५, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ९७ हजार ५ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २ हजार २ सय लाईक र करिब एक सयवटा कमेन्टहरु गरिएका छन् ।
नम्बर १ गाईने दाजैले– एलिना गुरुङको सर्वाधिक हेरिएका प्रस्तुतिहरुको पहिलो नम्बरमा गाईने दाजैले बोलको गीत रहेको छ । एलिनाको यो प्रस्तुति वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको पनि छैटौँ नम्बरमा पर्न सफल भएको छ । एलिनाले यो गीत उत्कृष्ट ३३ राउण्डमा गाएकी थिईन् । गाईने दाजै बोलको यो गीतमा उनले निर्णायकहरुको प्रशंसा पाएकी थिईन् । उनको यो प्रस्तुतिलाई नोभेम्बर ३, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई १ लाख ७ हजार ३ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ३ हजार ३ सय लाईक र १ सय ६० भन्दाबढी कमेन्टहरु गरिएका छन् ।