नेपाल स्टार सिजन १ का उत्कृष्ट १० प्रस्तुतिहरु

१९ माघ २०७७, सोमबार ११:१५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १९ माघ । नेपालको आफ्नै गायन रियालिटी शो वाईवाई नेपाल स्टारको पहिलो सिजन यतिखेर चर्चाको शिखरमा छ । माघ १७ गते भएको फाईनलबाट एलिना गुरुङलाई पहिलो नेपाल स्टारका रुपमा दर्शकहरुले पाएका छन् भने सुरेश लामा, लक्ष्मण लिम्बु र सन्देश बम्जन लामालाई उपविजेताका रुपमा पाएका छन् । यस शोको दर्शकहरुले सर्वाधिक हेरेका उत्कृष्ट १० प्रस्तुतिहरुमा फाईनलमा पुगेका २ जना प्रतियोगीहरुको प्रस्तुति पनि समावेश छ भने बाँकी प्रस्तुतिका प्रतियोगीहरु यसअघि नै शोबाट बाहिरिसकेका थिए । तपाईको विचारमा उत्कृष्ट १० प्रस्तुतिहरुभित्र कुन कुन प्रतियोगीका प्रस्तुतिहरु परेका होलान् ? कृपया तपाईको अन्दाज कमेन्टमा लेख्नुहोस् । तपाईको अन्दाज मिल्यो कि मिलेन आउनुहोस् ती १० प्रस्तुतिहरुका बारेमा यो काउनडाउन सुरु गरौँ । हेर्नुहोस् भिडियो–

नम्बर १० सलिना बिक–वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको दशौँ नम्बरमा सलिना बिकको ऋषभ राउण्डको प्रस्तुति रहेको छ । चितवन अडिसनबाट छानिएकी सलिना नेपाल स्टारको उत्कृष्ट १४ सम्म पुगेकी थिईन् । उनका अहिले केही ओरिजिनल गीतहरु समेत सार्वजनिक भईसकेको छ । सलिनाले ऋषभ राउण्डमा शान्ति ठटालको ‘सम्हालेर राख’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । उनको यो प्रस्तुतिलाई सेप्टेम्बर २४, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ७० हजार ९ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २ हजार ८ सय लाईक र करिब २ सयवटा कमेन्टहरु गरिएका छन् ।

नम्बर ९ अमिन परियार–वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको नवौँ नम्बरमा अमिन परियारको ऋषभ राउण्डको प्रस्तुति रहेको छ । अमिन उत्कृष्ट ५ सम्म पुगेर बाहिरिएका प्रतियोगी हुन् । सर्वाधिक चर्चामा रहेका अमिनले शोमा सबैभन्दा बढी अवार्ड पनि जितेका छन् । उनले जत्ति अवार्ड शोमा अरु कुनै प्रतियोगीहरुले जितेका छैनन् । वाईवाई नेपाल स्टारमा ३ वटा अवार्ड जित्ने उनी एकमात्र प्रतियोगी हुन् । बाहिरिएको हप्ता पनि उनले पफोमर अफ डे अवार्ड जितेका थिए । तर उनी अवार्ड जितेकै दिनमा शोबाट बाहिरिएका थिए । उनले ऋषभ राउण्डमा नेपथ्यको ‘लाम्पाते सुरती’ बोलको गीत गाएका थिए । उनको खिड्काहरुको प्रशंसा गर्दै निर्णायकहरुले उनको प्रस्तुतिको प्रशंसा गरेका थिए । गीतम डुबेर प्रस्तुति दिएका अमिनको यो प्रस्तुति चर्चामा आएको थियो । उनको यो प्रस्तुतिलाई अक्टोबर १, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ८१ हजार १ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २ हजार ७ सय लाईक र करिब २ सयवटा कमेन्टहरु गरिएका छन् ।

नम्बर ८ गोकुल पंगेनी र विद्यासागर पंगीत– वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको आठौँ नम्बरमा गोकुल पंगेनी र विद्यासागर पंगेनीको बुटवल अडिसनको प्रस्तुति रहेको छ । उनीहरुले पहिलो राउण्डमात्रै पार गरेका थिए । गोकुलले अडिसनमा सुरुमा ‘यति चोखो यति मिठो’ बोलको गीत गाएका थिए । त्यसपछि उनले ‘यो मायाको सागर’ बोलको गीत गाएका थिए । उनी दुई वटा गीत पश्चात दोस्रो राउण्डका लागि छानिएका थिए । विद्यासागरले अडिसनमा ‘अजम्बरी मायाको’ बोलको गीत गाएका थिए । त्यसपछि उनले ‘ओराली लागेको’ बोलको गीत गाएका थिए । यसरी दुई वटा गीत गाएपछि उनी दोस्रो राउण्डका लागि छानिएका थिए । उनीहरुको यो प्रस्तुतिलाई मार्च १७, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ८६ हजार ९ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २ हजार ३ सय लाईक र करिब २ सयवटा कमेन्टहरु गरिएका छन् ।

नम्बर ७ एलिना गुरुङ– वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको सातौँ नम्बरमा एलिना गुरुङको प्रस्तुति रहेको छ । उनले ऋषभ राउण्डमा गाएको ‘माया’ बोलको गीत सातौँ नम्बरमा छ । उनको यो प्रस्तुतिका क्रममा सुधारमा भएको भन्दै उनलाई सुधार गर्नुपर्ने थप विषयमा पनि निर्णायकहरुले सल्लाह दिएका थिए । उनको यो प्रस्तुतिलाई सेप्टेम्बर २५, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ९७ हजार ४ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २ हजार २ सय लाईक र करिब एक सयवटा कमेन्टहरु गरिएका छन् ।

नम्बर ६ एलिना गुरुङ– वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको छैटौँ नम्बरमा पनि एलिना गुरुङको उत्कृष्ट ३३ राउण्डको प्रस्तुति रहेको छ । उनी अहिले नेपाल स्टारको फाईनल भिडन्तमा छिन् । गाईने दाजै बोलको यो गीतमा उनले निर्णायकहरुको प्रशंसा पाएकी थिईन् । उनको यो प्रस्तुतिलाई नोभेम्बर ३, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई १ लाख ६ हजार ५ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ३ हजार ३ सय लाईक र १ सय ६० भन्दाबढी कमेन्टहरु गरिएका छन् ।

नम्बर ५ भुपेन्द्र थापा मगर– वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको पाँचौँ नम्बरमा भुपेन्द्र थापा मगरको अडिसन राउण्डको प्रस्तुति रहेको छ । उनले बुटवल अडिसनमा ‘परेलीमा’ बोलको गीत गाएका उनलाई स्टेजमै पुगेर निर्णायक रामकृष्ण ढकालले छनौट गरेका थिए । त्यसपश्चात अर्को गीत पनि गाउन लाएपछि भुपेन्द्रले ‘सपना भुलाई सारा’ बोलको गीत गाएका थिए । उनले दुबै गीतमा निर्णायकको मन जितेका थिए । भैरहवा निवासी भुपेन्द्र नेपाल स्टारमा चौथो राउण्डसम्म पुगेका थिए । उनको अहिले अफिसियल म्युजिक भिडियो समेत सार्वजनिक भइसकेको छ । उनको यो प्रस्तुतिलाई मार्च १६, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई १ लाख १८ हजार ६ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ३ हजार ५ सय लाईक र करिब एकसय वटा कमेन्टहरु गरिएका छन् ।

नम्बर ४ सुरेश लामा – वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको चौथो नम्बरमा सुरेश लामाको अडिसन राउण्डको प्रस्तुति रहेको छ । उनले अडिसनमा ‘तिनै हुन् मेरी आमा’ बोलको गीत गाएका थिए । पहिलो गीतबाट निर्णायकहरुको मन जितेका सुरेशले त्यसपछि ‘छोडी गए पाप लाग्ला’ बोलको गीत गाएका थिए । दोस्रो गीतबाट निर्णायकहरुको प्रशंसा पाएका सुरेश दोस्रो राउण्डका लागि छनौट भएका थिए । उनीमा निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । तर उनी अहिले फाईनलसम्मै पुगिसकेका छन् । उनको यो प्रस्तुतिलाई जुलाई ३, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई १ लाख ३० हजार ६ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ३ हजार ७ सय लाईक र १ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर ३ सुरेश लामा– वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको तेस्रो नम्बरमा पनि सुरेश लामाको ऋषभ राउण्डको प्रस्तुति रहेको छ । सुरेशले ऋषभ राउण्डमा गायक फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ बोलको गीत गाएका थिए । प्रस्तुतिका क्रममा हरेक शब्द र अन्तराहरुमा निर्णायकहरुलाई ताली बजाउन र प्रशंसा गर्नका लागि जुर्मुराउन सफल सुरेशले सबै निर्णायकहरुको मन जितेका थिए । उनको प्रस्तुतिपश्चात निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रस्तुतिका क्रममा निर्णायक अञ्जु पन्तले उनको सुरमा सुर समेत मिलाएका थिए । उनको प्रस्तुतिले गायक फत्तेमान राजभण्डारीको आवाजलाई पनि न्याय गरेको भन्दै निर्णायक रामकृष्णले सुरेशको प्रशंसा गरेका थिए । नेपाली साँगितिक क्षेत्रमा सुरेश जस्तो गायकको आवश्यकता रहेको समेत ढकालले बताए । निर्णायकहरुले उनको प्रस्तुतिको खुलेर प्रशंसा गर्दै गारो गीतलाई पनि न्याय गर्न सकेकोमा ह्याट्स अप गरेका थिए । सुरेश अहिले फाईनल राउण्डमा भिडिरहेका छन् । काठमाडौँको तारेभिर निवासी सुरेशलाई दर्शकहरुले नेपाल स्टारको पहिलो विजेता हुनसक्ने प्रतियोगीका रुपमा पनि हेरेका छन् । सुरेशले उत्कृष्ट ४ छनौट र उत्कृष्ट ७ को छनौटका क्रममा गरी दुई पटक एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरिसकेका छन् । सुरेशले उत्कृष्ट ६ छनौटका क्रममा र उत्कृष्ट ४ छनौटका क्रममा गरी दुई पटक बटम थ्रीको सामना गरिसकेका छन् । उनको यो प्रस्तुतिलाई अक्टोबर १५, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई १ लाख ३७ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ३ हजार ४ सय लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर २ मनिशा राना– वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको दोस्रो नम्बरमा मनिशा रानाको पोखरा अडिसनको प्रस्तुति रहेको छ । नेपाल स्टारमा दोस्रो चरणका लागि पोखरा अडिसनबाट छानिएकी मनिशाको नेपाल स्टार यात्रा दोस्रो चरणमै रोकिएको थियो । स्याङ्जाकी मनिषा पोखराको न्यूरोडमा बसोबास गर्छिन् । उनी मिस कल्चर नेपाल २०२० की फाईनालिष्ट पनि हुन् । उनले अडिसनमा ‘मैले सुने’ बोलको गीत गाएकी थिईन् । उनलाई निर्णायक आलोक श्रीले अर्को गीत गाउन लाउँदा उनले ‘यो हावा’ बोलको गीत गाईन् । आमाको बारेमा कुरा गर्दा निक्कै भावुक भएकी मनिशाले तेस्रो पटक ‘आवाज देऊ मलाई’ बोलको गीत गाएकी थिईन् । उनी ३ वटा गीत गाएपछि दोस्रो राउण्डका लागि छानिएकी हुन् । उनको यो प्रस्तुतिलाई मार्च ११, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई २ लाख १२ हजार १ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ६ हजार ७ सय लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर १ लक्ष्मी राना–वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको पहिलो नम्बरमा लक्ष्मी रानाको अडिसनको प्रस्तुति रहेको छ । नेपाल स्टारमा दोस्रो चरणका लागि धनगढी अडिसनबाट छानिएकी लक्ष्मी राना १८ वर्षीकी छिन् । लक्ष्मीलाई अडिसनमा निर्णायकहरुले सुरुमा थारु गीत गाउन आग्रह गरेपछि उनले सुरुमा थारु गीत सुनाएकी थिईन् । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छनौट भएकी थिईन् । उनले छनौट पश्चात पनि ‘चौबन्दीमा पटुकी’ बोलको गीत गाएकी थिईन् । धनगढीको राजपुर निवासी लक्ष्मी अहिले अध्ययन गर्दैछिन् । लक्ष्मी यो शोको दोस्रो राउण्ड षडज राउण्डसम्म पुगेकी थिईन् । लक्ष्मीको यो प्रस्तुतिलाई अप्रिल २, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई २ लाख २३ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ६ हजार ५ सय लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*