एलिना गुरुङ बनिन् वाईवाई नेपाल स्टारको पहिलो विजेता

१७ माघ २०७७, शनिबार २०:२२
Featured Video Play Icon

मकवानपुर, १७ माघ । नेपालको आफ्नै गायन रियालिटी शो वाईवाई नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ भएकी छिन् । शनिबार भएको फाईनलमा अन्य ३ जना प्रतियोगीहरुलाई पछि पार्दै उनले दर्शक भोटका आधारमा प्रतियोगिता जितेकी हुन् । विजयी भएसँगै उनले नगद ३५ लाख रुपैयाँ, १ करोडको जिवन बिमा, १५ लाख बराबरको दुर्घटना बिमासहित अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेकी छिन् । त्यस्तै उपविजेताहरुले नगद ५ लाख, ५० लाखको जिवन बिमा र अन्य थुप्रै पुरस्कारहरु पनि प्राप्त गरेका छन् । एलिना नै नेपाली गायन रियालिटी शोमा टाईटल जित्ने पहिलो महिला प्रतियोगी पनि हुन् । उनले शोमा एकपटक पनि बटम थ्रीको सामना गरेकी थिईनन् । उनले उत्कृष्ट ५ छनौटका क्रममा पफोमर अफ द डे अवार्ड पनि जितेकी थिईन् । हेर्नुहोस् भिडियो–

एलिना बिगत ५ वर्षदेखि साँगितिक क्षेत्रमा सक्रिय छिन् । सानैदेखि संगीतमा रुचि राख्दै आएकी एलिनाले ५ वर्ष अघि रेष्टुरेन्टमा गीत गाउँदै संगीतको दुनियाँ प्रवेश गरेकी थिईन् । रेष्टुरेन्टमा गाउँदै गरेकी एलिनालाई साथीहरु र परिवारले गीत गाउनसक्छौ भनेर हौसला दिएका थिए । त्यसपछि उनी औपचारिक रुपमा संगीत सिक्नतर्फ लागिन् । संगीत सिक्दै गर्दा ब्याण्डको स्थापना गर्ने सल्लाह भएपछि उनले साथीहरुसँगै मिलेर न्यू मेलोडियस ब्याण्ड स्थापना गरिन् । ब्याण्ड स्थापना भएपछि उनले ब्याण्ड मार्फत नै प्रस्तुतिहरु दिन सुरु गरेकी थिईन् । उनको ब्याण्डले पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी भएर प्रस्तुतिहरु दिने गरेको छ । न्यु मेलोडियस ब्याण्डले करिब २ वर्षदेखि सांगितिक प्रस्तुतिहरु दिँदै आएको छ । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

फाईनलमा सन्देश बम्जन लामाले यो जिन्दगानी बोलको गीत गाएका थिए भने लक्ष्मण लिम्बुले वारी जमुना बोलको गीत गाएका थिए । त्यस्तै एलिना गुरुङले फाईनलमा चौबन्दिमा पटुकी बोलको गीत गाएकी थिईन् भने सुरेश लामाले बिहान उठ्ने बित्तिकै बोलको गीत गाएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*