तामाङ गीत ‘झ्याई–लासी’ सार्वजनिक

१६ माघ २०७७, शुक्रबार १५:१३

मकवानपुर, १६ माघ । गायक, संगीतकार तथा गीतकार साम्तेन मोक्तानको संगीतमा नयाँ तामाङ गीत ‘झ्याई–लासी’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो शुक्रबार हेटौँडा म्युजिक क्रियशनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा चर्चित गायक सञ्जीव वाईबा र चर्चित गायिका बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ । यसअघि नै विभिन्न गीतहरुका साथै ‘निजगढ फिलिङलिङ’ बोलको गीतबाट सर्वाधिक चर्चामा आएकी गायिका बबिता र चर्चामा रहेका गायक सञ्जीवको यो गीत पनि चर्चित हुने देखिएको छ । गीतको शब्द, संगीत र आवाजका साथै भिडियो समेत आकर्षक बनेकाले यो म्युजिक भिडियो दर्शककको रोजाईमा पर्ने देखिएको छ ।

गीतमा छिरिङ दोर्जे लामाको शब्द र फणिन्द्र राईको एरेञ्ज रहेको छ । पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन् । गीतको म्युजिक भिडियोलाई हेटौँडा म्युजिक क्रियशनले तयार पारेको हो । गीतको म्युजिक भिडियोमा रोहन लामा, सशिकला स्याङ्तान, सुनिल मोक्तान र रिजा तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

डिबि तामाङ सागरको कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोलाई विजय लामाले छायाँकन गरेका हुन् । गीतको म्युजिक भिडियो अमृत कुमार लुङ्वाको निर्देशन तथा राजेश कुमारको सम्पादनमा तयार भएको हो । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*