हेटौँडाबाट संचालित लोकखबर डटकम चौथो वर्षमा

१६ माघ २०७७, शुक्रबार ११:५८

मकवानपुर, १६ माघ । मकवानपुर जिल्लाको हेटौँडाबाट संचालित लोकखबर डटकम शुक्रबारबाट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । माघ १६ गते, सहिद दिवसको दिनबाट प्रकाशन सुभारम्भ भएको लोकखबर अनलाइन पत्रिकाले आफ्ना समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ ।

लोकखबर संचालक संस्था मध्यस्थता मिडियाका अध्यक्ष शिवप्रसाद चौलागाईंले अनलाइनलाई साथ सहयोग तथा हौसला प्रदान गर्नेप्रति आभार व्यक्त गरेका छन् । अध्यक्ष चौलागाईंले अनलाइनको तेस्रो वार्षिकोत्सवका अवसरमा ‘लोक’ को खबर सम्प्रेषणको कार्यमा भूमिका निर्वाह गर्नेप्रति आभार व्यक्त गरेका छन् । ‘ मिडियाका भीडमा थपिएर सनसनी खबर दिने भन्दा पनि लोकका सूचना लोकबासी समक्ष प्रवाह गर्ने कार्यमा आफूलाई उभ्याएका छौं ।’ चौलागाईंले भनेका छन्,‘ सकारात्मक सूचनाको संवाहका रुपमा हामीले लोकसामु आफूलाई चिनाएका छौं ।’

आगामी दिनमा अनलाइनलाई थप जिम्मेवार बनाउँदै लोकप्रति समर्पित गराउने वार्षिकोत्सवका अवसरमा सम्पादक समेत रहेका चौलागाईंले भनेका छन् –‘सहिद दिवसका दिन जन्मिएको ‘लोकखबर’ लाई सहिदप्रति श्रद्दा व्यक्त गर्दै ‘लोक’मा थप सक्रिय हुने प्रण गर्दछौं ।’
मध्यस्थता मिडियाले मकवानपुरको हेटौंडाबाट मध्यस्थता साप्ताहिक पत्रिका पनि प्रकाशन गर्दै आइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*