कमेडी च्याम्पियनको ‘द च्याम्पियन सङ’ यस्तो बन्यो

१५ माघ २०७७, बिहीबार २१:२२
Featured Video Play Icon

मकवानपुर, १५ माघ । केही हप्तापछि नै प्रसारणको तयारीमा रहेको लोकप्रिय नेपाली कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को प्रमोशनल गीत सार्वजनिक भएको छ । ‘द च्याम्पियन सङ’ नाम दिइएको उक्त ओएसटी अर्थात ओरिजनल साउण्ड ट्रयाकलाई कमेडी च्याम्पियन टिमले आफ्नो आधिकारिक फेसबुक पेज र ओएसआर डिजिटल मार्फत सार्वजनिक गरेको हो । अंकित बाबु अधिकारीको संगीत र आवाजमा सजिएको गीतलाई हर्क साउदले लेखेका हुन् । आर्टमाण्डुमा रेकर्ड गरिएको गीतलाई शर्दुल श्रेष्ठले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतलाई कुशल सिंहले एरेञ्ज गरेका हुन् । हेर्नुहोस् भिडियो–

गीतको भिडियोमा कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तका साथै चर्चित प्रतियोगीहरु सुमन कोईराला, सुमन कार्की, विष्णु गौडेल, खड्का बहादुर पुन खबपु लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका छन् । भिडियोमा सिजन १ का कमेडी मोमेन्टहरुलाई स्थान दिइएको छ ।

कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको थियो । उनीहरुबाट सिजन २ को भिडन्तका लागि उत्कृष्ट २४ प्रतियोगीहरु छानिएका छन् । उत्कृष्ट २४ प्रतियोगीहरुमध्ये केही प्रतियोगीहरुलाई निर्णायकहरुले गोल्डेन कि दिएर सिधै उत्कृष्ट २४ मा तानेका थिए । बाँकी प्रतियोगीहरुभने निर्णायकहरुको अंक र निर्देशक टिमको छनौटका आधारमा उत्कृष्ट २४ मा परेका हुन् । कमेडी च्याम्पियनका निर्णायकहरुमा सिजन १ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । शोको उत्कृष्ट १५ देखि भोटिङ लाईन खुल्नेछ भने विजेताले एउटा कारसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*