सन्देश बम्जन लामाको दोस्रो जित

१२ माघ २०७७, सोमबार ११:२१
Featured Video Play Icon

मकवानपुर, १२ माघ । वाईवाई नेपाल स्टारको फाईनलमा पुगेका सन्देश बम्जन लामाले फेरि अर्को अवार्ड हात पारेका छन् । उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा रकिङ प्रस्तुति दिँदै सन्देशले पून अर्को अवार्ड जितेका हुन् । उनले उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड नै जितेका हुन् । यसअघि सन्देशले उत्कृष्ट ८ छनौटको क्रममा एक्स्पर्ट अफ द डे अवार्ड पनि जितेका थिए । उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड जितेसँगै उनले जितेको अवार्डको संख्या दुई वटा पुगेको छ । सन्देशले उत्कृष्ट ५ छनौटका क्रममा र उत्कृष्ट ४ छनौटका क्रममा गरी जम्मा २ पटक बटम थ्रीको सामना गरेका थिए । तर उनी नेपाल स्टारको विजेता बन्नसक्ने सम्भावना भने निक्कै बलियो भएको छ । उनलाई उनको गृह जिल्लामा विभिन्न संघसंस्था, वरिष्ठ गायक तथा मेयरसम्मले स्वागतका साथै जीतको शुभकामना दिएका थिए । हेर्नुहोस् भिडियो–

उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सन्देशले ‘यो मन त मेरो नेपाली हो’ बोलको गीत गाएर स्टेज तताएका थिए । उनको प्रस्तुतिमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिँदै ताली बजाएका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकालले ईनर्जेटिक प्रस्तुतिको संज्ञा दिँदै उनले सदाझैँ रकिङ प्रस्तुति दिएर स्टेज तताएको बताएका थिए । धरानका वरिष्ठ गायक दिप श्रेष्ठ लगायतका नाम लिँदै निर्णायक रामकृष्ण ढकालले सन्देश बम्जन लामाले पनि धरानबाट संगीतको क्षेत्रमा राम्रो नाम राख्नसक्ने बताएका थिए । निर्णायक अञ्जु पन्त र आलोक श्रीले पनि उनको प्रशंसा गर्दै उनी विजेता जस्तै देखिएको बताएका थिए । उनको प्रस्तुतिलाई पून उठेर सम्मान गर्दै निर्णायक आलोक श्रीले उनलाई बधाई र शुभकामना दिएका थिए । विशेष अतिथि शम्भुजित बास्कोटाले सन्देशको प्रस्तुतिलाई पावरफुल प्रस्तुति भनेर प्रशंसा गरेका थिए ।

संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी प्रदेश नम्बर १ धरान सुनसरी निवासी हुन् । समाजसेवी बुवा र पसल सञ्चालन गर्ने आमाले उनलाई संगीत क्षेत्रमा लाग्न हौसला दिने गरेका छन् । पारिवारिक अवस्थाका कारण संगीत सिकेर संगीत क्षेत्रमा लाग्न नसकेता पनि उनी आफुले काम गर्ने रेष्टुरेन्टबाटै संगीतमा खारिँदै गए । उनी सोही रेष्टुरेन्टमा गीत गाउँदै अघि बढेका थिए । यसरी काम गर्ने ठाउँबाट आएको तलब जम्मा गर्दै ऋण लिएर होटल व्यवसायमै लागेका सन्देशले महामारीकै कारण होटल समेत बन्द गर्नुपर्यो । सानैदेखि गीत गाउन रुचि राख्ने गरेका सन्देश नेपाल स्टारमा चम्किलो स्टार बनेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*