सञ्चारकर्मी अमर लामाको पहलमा बालबालिकालाई न्यानो कपडा

११ माघ २०७७, आईतवार २१:२८

मकवानपुर, ११ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको ज्योति प्राविका ३५ जना अति विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । मकवानपुरे संचारकर्मी अमर लामाको पहलमा विद्यार्थीहरुलाई स्वेटर, जुत्ता, टाउजर, शैक्षिक सामग्री तथा खेलौना प्रदान गरिएको हो ।

कोरिया, जर्मन, पोर्चुगल तथा कोरियामा कार्यरत मनकारी नेपालीहरुले पठाएको सहयोग रकमबाट आईतबार विद्यालयमा पुगेर लामाले जाडोको बेलामा विपन्न विद्यार्थीलाई आवश्यक न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ५ नम्बर वडा सदस्य शुकराम थिङ, विद्यालयका प्रधानाध्यापक करुणा विष्ट, अभियन्ता सन्जय लोप्चन, भुषण घलान, विद्यालय शिक्षक, अभिभावक लगायतको उपस्थितिमा विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।

रेडियो थाहासंचार हेटौंडा र अनलाइनपत्र डटकममा आबद्ध लामाले आफ्नो पहलबाट विपन्न विद्यार्थीलाई अध्ययनमा सघाउ पुर्याउन पाइएकोमा खुशी व्यक्त गरेका छन् । ‘ विपन्न विद्यार्थीको पीडामा थोरै भए पनि मल्हम लगाउने प्रयत्न गरेका हौँ । संचारकर्मी लामाले भने, ‘आगामी दिनमा पनि विपन्न, आर्थिक अवस्था कमजोर भएर अध्ययनमा बाधा पुग्ने अवस्थाका विद्यार्थीलाई सकेको सहयोग गर्ने सोच छ ।’ लामाले मनकारी दाता अथवा समाजसेवीको खोजी गर्दै सहयोगको कार्यलाई निरन्तरता दिने बताएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*