सन्देश बम्जन लामाले नेपाल स्टार जित्लान् ?

११ माघ २०७७, आईतवार ०८:३६
Featured Video Play Icon

मकवानपुर, ११ माघ । नेपालको आफ्नै गायन रियालिटी शो ‘वाईवाई नेपाल स्टार’ फाईनलको नजिक छ । फाईनलमा भिड्नका लागि अन्तिम ४ प्रतियोगीहरु जोडतोडले लागिरहेका छन् । फाईनल भिडन्तका लागि तयारी अवस्थामा रहेका सन्देश बम्जन लामा नेपाल स्टार बन्नसक्ने बलियो प्रतिस्पर्धी हुन् । नेपाल स्टारको मञ्चमा उनी हत्तपत्त कमजोर नदेखिने प्रतियोगी पनि हुन् । उनी आफ्नो प्रस्तुतिका दौरान प्रस्तुतिमा यति धेरै डुब्छन् कि निर्णायकहरुले उनमा खोट लाउने ठाउँ भेट्टाउन सकेका छैनन् । उनको प्रस्तुतिमा निर्णायकहरुले प्रशंसाका शब्दहरु खन्याउने गरेका छन् । हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको प्रशंसा र स्टाण्डिङ अवेशन प्राप्त गर्दै आएका सन्देश शोमा हाई र लो नोट दुबै राम्रो गाउनसक्ने प्रतियोगीका रुपमा चिनिएका छन् । विभिन्न विधाहरुका गीतसँगै रक जेनरका गीतलाई पनि आफ्नै मौलिकतामा ढाल्नसक्ने खुबी उनीसँग छ । अहिले फाईनलका दौरान देश दौडाहामा रहेका सन्देशलाई स्वागत गर्नेहरुको एउटा ठूलो जमात देखिएको छ । उनलाई स्वदेशबाट मात्र नभई विदेशबाट पनि माया गर्ने दर्शक श्रोताको समर्थन पनि छ । उनलाई माया गर्ने दर्शक श्रोताहरुले उनलाई विभिन्न स्थानहरुमा स्वागत गरेका छन् । उनलाई फिटनेश सेन्टरदेखि विद्यालय र कलेजसम्मका फ्यान र शुभचिन्तकहरुले जितका लागि शुभकामना र बधाई दिईरहेका छन् । उनी लाईभ कार्यक्रमहरुमा पनि व्यस्त भईरहेका छन् । स्वदेश तथा विदेशबाट प्रशंसा पाईरहेका सन्देशले नेपाल स्टारको पहिलो सिजन जित्लान् त ? कृपया तपाईको विचार कमेन्टमा लेख्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–

संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी प्रदेश नम्बर १ धरान सुनसरी निवासी हुन् । समाजसेवी बुवा र पसल सञ्चालन गर्ने आमाले उनलाई संगीत क्षेत्रमा लाग्न हौसला दिने गरेका छन् । पारिवारिक अवस्थाका कारण संगीत सिकेर संगीत क्षेत्रमा लाग्न नसकेता पनि उनी आफुले काम गर्ने रेष्टुरेन्टबाटै संगीतमा खारिँदै गए । उनी सोही रेष्टुरेन्टमा गीत गाउँदै अघि बढेका थिए । यसरी काम गर्ने ठाउँबाट आएको तलब जम्मा गर्दै ऋण लिएर होटल व्यवसायमै लागेका सन्देशले महामारीकै कारण होटल समेत बन्द गर्नुपर्यो । सानैदेखि गीत गाउन रुचि राख्ने गरेका सन्देश नेपाल स्टारमा एक आसा लाग्दा प्रतियोगीका रुपमा देखिएका छन् । सन्देशले उत्कृष्ट ५ छनौटका क्रममा र उत्कृष्ट ४ छनौटका क्रममा गरी जम्मा २ पटक बटम थ्रीको सामना गरेका थिए । उनले उत्कृष्ट ८ छनौटको क्रममा एक्स्पर्ट अफ द डे अवार्ड पनि जितेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*