सुरेश लामाले यसरी जिते दोस्रो अवार्ड

७ माघ २०७७, बुधबार १४:५२
Featured Video Play Icon

मकवानपुर, ७ माघ । नेपालको आफ्नै गायन रियालिटि शो वाईवाई नेपाल स्टारका चर्चित प्रतियोगी सुरेश लामाले पून अर्को अवार्ड जितेका छन् । अन्तिम ४ फाईनालिष्ट छनौटका क्रममा सुरेशले एक्सपर्ट अफ द डे अवार्ड जितेका हुन् । अवार्ड जितेसँगै उनी नेपाल स्टारको फाईनलमा पनि प्रवेश गरेका छन् । सुरेशले उत्कृष्ट ४ छनौट र उत्कृष्ट ७ को छनौटका क्रममा गरी दुई पटक एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरिसकेका छन् । यसअघि फाईनल पुग्नु अगावै बाहिरिएका अमिन परियारपछि सुरेश शोमा नै सर्वाधिक अवार्ड जित्ने अर्का प्रतियोगी हुन् । उनले उत्कृष्ट ४ छनौटका क्रममा ‘यो गाउँको ठिट्टो म’ बोलको गीत गाएर निर्णायकहरुको मन जितेका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकाल र आलोक श्रीले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रस्तुतिको प्रशंसा गर्दै विशेष अतिथि शम्भुजित बास्कोटाले उक्त गीतको कथा पनि सुनाएका थिए । निर्णायक रामकृष्ण ढकालले सुरेशको प्रस्तुतिलाई प्रशंसा गर्दै सुरेशलाई भर्सटाईल गायकको उपमा दिएका थिए । निर्णायक अञ्जु पन्तले उनको प्रशंसा गर्दै निर्णायकहरु सदैव सुरेशको फ्यान पनि भएको बताएकी थिईन् । निर्णायक आलोक श्रीले उनको प्रस्तुतिलाई प्रशंसा गर्दै पून उठेर विशेष सम्मान दिएका थिए । सुरेशले सोही प्रस्तुतिबाटै एक्स्पर्ट अफ द डे अवार्ड पनि प्राप्त गरेका हुन् । सुरेशले उत्कृष्ट ६ छनौटका क्रममा र उत्कृष्ट ४ छनौटका क्रममा गरी दुई पटक बटम थ्रीको सामना गरिसकेका छन् । हेर्नुहोस् भिडियो सामग्री–

काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ अवेशन प्राप्त गरेका छन् । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । उनी २८ वर्षका छन् । सुरेश पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको सुरेशले औपचारिक रुपमा संगीत भने सिक्न पाएनन् । सानो छँदा गुम्बामै बसेर खाना पकाउने काम गरेको अनुभव उनीसँग छ । गुम्बामै बसेको समयमा उनले गायिका आनी छोईङ डोल्मालाई नजिकबाट चिन्ने मौका पाएका थिए । गायक रामकृष्ण ढकालको गीतहरु सुन्न रुचाउने र गुनगुनाउने सुरेशलाई राम्रो गीत गाएको भन्दै आनीले प्रशंसा गर्ने गर्थे । उनलाई आनीले नै संगीतकार न्यु बज्राचार्यसँग भेटाईदिएका थिए । केही समय संगीतकार बज्रचार्यसँगै काम गर्ने मौका पाएका उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट निक्कै प्रभावित छन् । साथै गायिका आनी छोईङ डोल्मा पनि उनको आवाजको प्रशंसक हुन् । सुरेशलाई सानैमा उनका आमा र बुवाले गायक बनाउने सपना देखेका थिए । तर उनीहरुले त्यो सपना पुरा भएको भने हेर्न पाएनन् । जीवनयात्राकै क्रममा बैदेशिक रोजगारको लागि मलेसिया पुगेको समयमै सुरेशले आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । विदेशको गएको ६ महिनामै आमा गुमाएका उनले त्यसको एकवर्षपछि बुवा पनि गुमाएका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*