हल अफ फेम सिजन २ का उत्कृष्ट ५० प्रतियोगीहरु

७ माघ २०७७, बुधबार १४:३०
Featured Video Play Icon

मकवानपुर, ७ माघ । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ मा उत्कृष्ट ५० प्रतियोगीहरु छानिएका छन् । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा भइरहेको यो शोको प्रसारण हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे भईरहेको छ । विश्वभरका हजारौँ प्रतिस्पर्धीबाट छनौट भएका उत्कृष्ट ५० लाई शोका निर्णायकहरु वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमालले दिएको अंक र दर्शक कमेन्टका आधारमा उत्कृष्ट २५ मा समावेश गरिनेछ । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र मिस नेपाल ओसियाना जेमिना श्रेष्ठले संयुक्तरुपमा गरिरहेका छन् । जेमिनाले अष्ट्रेलियामा रहेर नै कार्यक्रमको सञ्चालन गर्दैछिन् भने सदिच्छाले नेपालबाट कार्यक्रम संचालन गर्दैछिन् । साथै निर्णायक विवेक श्रेष्ठले अष्ट्रेलियाबाट तथा दिप श्रेष्ठ र रजिना रिमालले नेपालबाट निर्णायकको भूमिका निभाईरहेका छन् । निर्णायकको ७० प्रतिशत मत र दर्शकको ३० प्रतिशत प्रतिकृयाका आधारमा उत्कृष्ट २५ प्रतियोगीहरु छानिनेछन् । ३ जना निर्णायकहरुले १०–१०–१० गरी जम्मा ३० पूर्णाङ्कमा दिएको अंक र प्रोडक्सन टिमले टेक्निकल माध्यम तथा उनीहरुको प्रस्तुतिलाई सोसियल मिडियामा प्राप्त प्रतिक्रियाहरुका आधारमा १० पूर्णाङ्मा दिईएको अंकका आधारमा नतिजा निकालिनेछ । हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको छैन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्येबाट निर्णायक मण्डलले उत्कृष्ट ५० को छनौट गरेका हुन् । हल अफ फेमको टाईटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण, अन्तर्राष्ट्रिय प्रवद्र्धनलगायतका कन्ट्रयाक्टहरु समावेश छ । यस भिडियो सामग्रीमा हामी हल अफ फेमका उत्कृष्ट ५० प्रतियोगीहरुको बारेमा छोटो चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो–

हल अफ फेम सिजन २ का उत्कृष्ट ५० मा बिनोद कार्की, सृष्टि कार्की, सुदिक्षा तामाङ, सुदिप जैरु, सुप्रिया पौडेल, सुरेन लिम्बु, सुस्था खड्का, टिका मगर, छेवाङ शेर्पा र उषान अधिकारी छानिएका छन् । त्यस्तै पूर्ण विक, रुपेश पोख्रेल, सविन मोक्तान, सागर अधिकारी, समिर लिम्बु, सन्दिप गहतराज, संगीत थापा, सञ्जीवराज बस्नेत, सञ्जीवनी महर्जन र सर्मण ल्वागुन पनि उत्कृष्ट ५० का लागि छानिएका छन् । उनीहरुको साथमा मिलन लुवागन, मिङ्मार शेर्पा, नाम्साङ राई, नेहा उप्रेती, निखिला तामाङ, निमा शेर्पा, निरज नगरकोटी, निशान्त कुमार विश्वकर्मा, नितेश बस्याल र प्रकाश प्रधान पनि उत्कृष्ट ५० भित्र रहेका छन् । त्यस्तै उत्कृष्ट ५० मै दर्पण रिजाल, धर्म लिम्बु, दिव्यदृष्टि क्षेत्री, दिनेश गुरुङ, दिनेश सुवेदी, दिपक भोटेल, गिरिजा खतिवडा, हिमान्शु रायमाझी, जेन्नी तामाङ र कलकराज गिरी पनि रहेका छन् । त्यस्तै आँचल बसेल, आर्या लामा, अभिषेक बानियाँ, अमृता मानन्धर, अपेक्षा श्रेष्ठ, अर्जुन लिम्बु, अजित सापकोटा, विदेश सिग्देल, विजय सुनार र बिमला श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये केही प्रतियोगीहरुको उत्कृष्ट ५० को प्रस्तुति पनि प्रसारण भईसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*