मेघा श्रेष्ठको ‘सकिन’ मा हृदयविदारक कथा

६ माघ २०७७, मंगलवार १४:२४

मकवानपुर, ६ माघ । नेपाल आईडल सिजन ३ मा गोल्डेन माईक जित्दै तहल्का मच्चाएकी गायिका मेघा श्रेष्ठको नयाँ गीत ‘सकिन’ सार्वजनिक भएको छ । यसअघि नै ‘पोल्छ’ बोलको गीतबाट थप चर्चामा आएकी मेघाको नयाँ गीतले पनि श्रोता दर्शकहरुको मन जित्नसक्ने देखिएको छ । लोकेश बज्राचार्यको शब्द तथा संगीतमा तयार भएको गीतको म्युजिक भिडियोलाई लोकेशकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सन्देश रुचालको एरेञ्ज तथा मिक्सिङ मास्टरिङमा तयार भएको गीतको म्युजिक भिडियोमा रोशनी कार्कीले अभिनय गरेकी छिन् । असु बस्नेतको छायाँकन तथा लोकेश बज्राचार्यकै निर्देशन तथा निर्माणमा म्युजिक भिडियो तयार भएको हो । गीतको म्यूजिक भिडियोमा एक दृष्टिविहिन नारीको कथा छ । गीतको शब्द र म्युजिक भिडियोमा समावेश कथाले दर्शक श्रोतालाई रुवाउन सक्छ । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*