नेपाल स्टारको फाईनलमा पुगेका उत्कृष्ट ४ प्रतियोगीहरु

४ माघ २०७७, आईतवार २२:०२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ४ माघ । नेपालको आफ्नै गायन रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ मा उत्कृष्ट ४ फाईनालिष्टहरु छनौट भएका छन् । शोको उत्कृष्ट ५ सम्म पुगेका चर्चित प्रतियोगी अमिन परियार दर्शक भोट र निर्णायक मतका आधारमा बाहिरिएपछि फाईनलका लागि उत्कृष्ट ४ प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ४ फाईनालिष्टहरुमा लक्ष्मण लिम्बु, सुरेश लामा, एलिना गुरुङ र सन्देश बम्जन लामा रहेका छन् । यस भिडियो सामग्रीमा नेपाल स्टारको फाईनलमा पुगेका प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–

लक्ष्मण लिम्बु– नेपाल स्टारको फाईनलमा पुगेका पहिलो प्रतियोगी हुन् लक्ष्मण लिम्बु । उत्कृष्ट ४ को छनौटको क्रममा उनले ‘मस्की मस्की हिँडेर जानेले’ बोलको गीतमा रकिङ प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिलाई निर्णायक आलोक श्रीले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रस्तुतिलाई विशेष अतिथि शम्भुजित बास्कोटाले प्रशंसा गर्दै स्टारको संज्ञा दिएका थिए । निर्णायक आलोक श्रीले उनको प्रस्तुतिलाई प्रशंसा गर्दै उनलाई स्टाईलिस पफोमरका रुपमा चर्चा गरेका थिए । निर्णायक रामकृष्ण ढकालले पनि स्टाईलिस सिंगरका रुपमा उनको चर्चा गर्दै उनको प्रस्तुति राम्रो भएको बताएका थिए । निर्णायक अञ्जु पन्तले उनले आफैलाई परिस्कृत गर्दै लगेको भन्दै प्रशंसा गरेका थिए । उनले उत्कृष्ट ७ छनौटका क्रममा पफोमर अफ द डे अवार्ड जितेका थिए । उनले आजसम्म बटम थ्रीको सामना गरेका छैनन् ।

सुरेश लामा– नेपाल स्टारको फाईनलमा पुगेका दोस्रो प्रतियोगी हुन् सुरेश लामा । उनले उत्कृष्ट ४ छनौटका क्रममा ‘यो गाउँको ठिट्टो म’ बोलको गीत गाएर निर्णायकहरुको मन जितेका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकाल र आलोक श्रीले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रस्तुतिको प्रशंसा गर्दै विशेष अतिथि शम्भुजित बास्कोटाले उक्त गीतको कथा पनि सुनाएका थिए । निर्णायक रामकृष्ण ढकालले सुरेशको प्रस्तुतिलाई प्रशंसा गर्दै सुरेशलाई भर्सटाईल गायकको उपमा दिएका थिए । निर्णायक अञ्जु पन्तले उनको प्रशंसा गर्दै निर्णायकहरु सदैव सुरेशको फ्यान पनि भएको बताएका थिए । निर्णायक आलोक श्रीले उनको प्रस्तुतिलाई प्रशंसा गर्दै पून उठेर उनलाई विशेष सम्मान दिएका थिए । सुरेशले सोही प्रस्तुतिबाटै एक्स्पर्ट अफ द डे अवार्ड पनि प्राप्त गरेका थिए । सुरेशले उत्कृष्ट ४ छनौट र उत्कृष्ट ७ को छनौटका क्रममा गरी दुई पटक एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरिसकेका छन् । सुरेशले उत्कृष्ट ६ छनौटका क्रममा र उत्कृष्ट ४ छनौटका क्रममा गरी दुई पटक बटम थ्रीको सामना गरिसकेका छन् ।

एलिना गुरुङ– नेपाल स्टारको फाईनलमा पुगेकी तेस्रो प्रतियोगी हुन् एलिना गुरुङ । एलिनाले उत्कृष्ट ४ छनौटको क्रममा ‘रेलिमाई रेलिमाई’ बोलको गीत गाएर निर्णायक र दर्शकहरुको मन जितेकी थिईन् । उनको प्रस्तुतिमा विशेष अतिथि शम्भुजित बास्कोटाले उनको प्रस्तुतिको प्रशंसा गर्दै उनको आवाज मिठो भएको बताएका थिए । उनलाई निर्णायक आलोक श्री र अञ्जु पन्तले प्रशंसा गर्दै आवाज मिठो भएको बताएका थिए । निर्णायक रामकृष्ण ढकालले उनको आवाजको टोन निक्कै राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । एलिना नै नेपाल स्टारमा अवार्ड जित्ने र फाईनलमा पुग्ने एकमात्र महिला प्रतियोगी पनि हुन् । उनले शोमा एकपटक पनि बटम थ्रीको सामना गरेकी छैनन् । उनले उत्कृष्ट ५ छनौटका क्रममा पफोमर अफ द डे अवार्ड पनि जितेकी थिईन् ।

सन्देश बम्जन लामा– नेपाल स्टारको फाईनलमा पर्न सफल चौथो प्रतियोगी हुन् सन्देश बम्जन लामा । उत्कृष्ट ४ छनौटको क्रममा सन्देशले ‘म संसार जित्ने आँट’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिमा तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनले गजब गाएको भन्दै विशेष अतिथि शम्भुजित बास्कोटाले उनको प्रशंसा गरेका थिए । निर्णायक आलोक श्रीले उनको प्रस्तुति तारिफयोग्य भएको भन्दै उनको प्रशंसा गरेका थिए । निर्णायक रामकृष्ण ढकालले उनको हाईरेञ्ज र लो नोट दुबै राम्रो भएको भन्दै रकस्टारवाला प्रसतुति दिएको बताए । निर्णायक अञ्जु पन्तले उनको सुरुवातदेखिकै प्रस्तुति राम्रो भएको भन्दै उनको प्रशंसा गरेकी थिईन् । सन्देशले उत्कृष्ट ५ छनौटका क्रममा र उत्कृष्ट ४ छनौटका क्रममा गरी जम्मा २ पटक बटम थ्रीको सामना गरेका थिए । सन्देशले उत्कृष्ट ८ छनौटको क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*