बुद्ध लामा र प्रियना आचार्य अभिनित ‘हेरिरहु जस्तो’ सार्वजनिक

४ माघ २०७७, आईतवार २१:२८

मकवानपुर, ४ माघ । चर्चित गायक बुद्ध लामा र गायिका ममता गुरुङको आवाज रहेको नयाँ गीत ‘हेरिरहु जस्तो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आईतबार बुद्धकै अफिसियल युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । केही समयअघि मात्रै सम्पन्न विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा एउटै स्टेज शेयर गरेका बुद्ध र कलाकार प्रियना आचार्यले म्युजिक भिडियोमा रोमान्टिक अभिनय गरेका छन् । शोको समयमा नै मित्रवत व्यवहारमा देखिएका प्रियना र बुद्धको डान्स पार्टनर फरक भएता पनि बुद्धको म्युजिक भिडियोमा भने दुबैले एकैसाथ एकअर्कालाई साथ दिएका छन् ।

गीतको शब्द अल्बिन थापा मगर र बुद्ध आफैले लेखेका हुन् । गीतमा संगीत पनि बुद्धकै रहेको छ । गीतमा बुद्धसँगै नेपाल आईडल सिजन ३ की चर्चित प्रतियोगी गायिका ममता गुरुङले आवाज भरेका छन् । चर्चित एरेञ्जर रिकेश गुरुङले एरेञ्ज गरेको गीतलाई बाबु प्रधानले मिक्सिङ मास्टरिङ गरेका हुन् । मुन्नीका नामले चर्चित भएकी प्रियना र बुद्धको अभिनयले गीतको म्युजिक भिडियोलाई रोमान्टिक बनाईदिएको छ । एउटा प्रेमिल जोडीका रुपमा देखिएका बुद्ध र मुन्नी अभिनित भिडियोलाई राम्रा स्थानहरुमा छायाँकन गरिएको छ । म्युजिक भिडियोलाई निशल पौडेलले छायाँकन गरेका छन् भने युवराज वाईबाले निर्देशन गरेका छन् । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*