कमेडी च्याम्पियनको फिजिकल अडिसन नै भाईरल

३ माघ २०७७, शनिबार १८:१०
Featured Video Play Icon

मकवानपुर, ३ माघ । कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पर्न सफल तथा फिजिकल अडिसनमा सहभागी भएका अन्य प्रतियोगीहरुको फिजिकल अडिसनका क्लिपहरु यतिखेर भाईरल भईरहेका छन् । ओएसआर डिजिटल तथा कमेडी च्याम्पियनको अफिसियल फेसबुक पेजमार्फत ती क्लिपहरु सार्वजनिक भएका हुन् । यो सामग्री तयार पार्दाको समयसम्म कमेडी च्याम्पियन सिजन २ का ७ वटाभन्दा बढी क्लिपहरु सार्वजनिक भईसकेका छन् । सार्वजनिक भएका क्लिपहरुले युट्युब र फेसबुक दुबै ठाउँमा तहल्का मच्चाएका छन् । सिजन १ मै लोकप्रिय हुन सफल यो शोले दोस्रो सिजनमा तहल्का मच्चाउने कुरा शो सुरु हुनु अघि नै प्रमाणित भईसकेको कुरालाई नकार्न सकिन्न । यी टेलर तथा क्लिपहरु भाईरल भएकै कारण यो शोको दोस्रो सिजन पनि दमदार र भाईरल हुने निश्चित जस्तै भएको छ । हेर्नुहोस् भिडियो सामग्री–

फिजिकल अडिसनका क्लिपहरुमध्ये सबैभन्दा सुरुमा रिताराम नाम गरेका कमेडियनको क्लिप सार्वजनिक भएको थियो । यो सामग्री तयार पार्दाको समयमा यो क्लिपले युट्युबमा २ लाख ६९ हजारभन्दा बढी भ्यूज पाईसकेको छ भने फेसबुकमा ९७ हजारभन्दा बढी भ्यूज पाईसकेको छ । ओ एमजी आई एम शक थेगो राखेर कमेडी गरेका उनले दर्शक र श्रोताहरुलाई खुबै हँसाएका छन् । उनले आफ्नो प्रस्तुतिमा आजभोलिको ट्रेण्डको बारेमा चर्चा गरेका थिए । उनी उत्कृष्ट २४ भित्र परेका छैनन् । फिजिकल अडिसनकै क्लिपहरुमध्ये दोस्रो नम्बरमा उमेश थामी नाम गरेका प्रतियोगीको कमेडी क्लिप सार्वजनिक भएको थियो । यो प्रस्तुतिलाई यो सामग्री तयार पार्दाको समयमा युट्युबमा २ लाख ६९ हजारभन्दा बढी पटक हेरिएको छ भने फेसबुकमा ७५ हजारभन्दा बढी पटक हेरिएको छ । सायरीबाट प्रस्तुति सुरु गरेका उनले प्रस्तुत गर्ने सामग्री नै बिर्सिएपछि निर्णायकहरुमाझ हाँसोको फोहोरा फुटेको थियो । उनी पनि उत्कृष्ट २४ भित्र परेका छैनन् ।

फिजिकल अडिसनको क्लिपहरुमध्ये तेस्रो नम्बरमा कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउँदै उत्कृष्ट २४ मा पुगेका पहिलो प्रतियोगी बिक्की अग्रवालको क्लिप सार्वजनिक भएको थियो । सिक्किम निवासी बिक्की फिल्म मेकिङमा पनि सक्रिय छन् । उनी युट्युबर समेत हुन् । उनको कमिक टाईमिङ र समय सापेक्ष अर्गानिक कन्टेटलाई निर्णायकहरुले मनपराएका थिए । यो सामग्री तयार पार्दाको समयमा बिक्कीको प्रस्तुतिलाई युट्युबमा ३ लाख ९४ हजारभन्दा बढी पटक हेरिसकिएको छ भने युट्युबमा १ लाख २१ हजारभन्दा बढी पटक हेरिएको छ । बिक्कीले फिजिकल अडिसनमा आफैमाथि व्यङ्ग्य गरेका थिए । आफ्नो जन्म र नामका विषयबाट कमेडी सुरु गरेका उनले आफ्नो सुन्दरताका बारेमा पनि व्यङ्ग्य गरेका थिए । उनले नेपाली मिति र ईस्वी संवतका बारेमा पनि कडा व्यङ्ग्य गर्दै निर्णायकहरुप्रति नै कटाक्ष हानेका थिए । जसका कारण निर्णायकहरुले उनलाई गोल्डेन कि सहित स्वागत गरेका थिए । फिजिकल अडिसनको क्लिपहरुमध्ये चौथो नम्बरमा कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउँदै उत्कृष्ट २४ मा पुगेका दोस्रो प्रतियोगी पुष्पराज ओझाको प्रस्तुति सार्वजनिक भएको थियो । धनकुटा निवासी पुष्पराज स्वास्थ्यकर्मी पनि हुन् । उनले फिजिकल अडिसनमा समावेश गरेका पात्रहरुको हाँस्यव्यङ्ग्यलाई निर्णायकहरुले मन पराएका थिए । यो सामग्री तयार पार्दाको समयमा पुष्पराजको कमेडीलाई युट्युबमा ३ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ भने फेसबुकमा ३ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ । विभिन्न व्यक्तित्वहरुको आवाज हुबहु निकाल्न माहिर पुष्पराजले फिजिकल अडिसनमा बिबिसी नेपाली सेवाका प्रस्तोताहरुको आवाज निकालेर निर्णायकहरुको मन जितेका थिए । उनले बिबिसीका प्रस्तोतामात्र नभई संवाददाता ब्रिजकुमार यादवको पनि आवाज निकालेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको आवाजमा आफैमाथि पनि व्यङ्ग्य हानेका थिए ।

फिजिकल अडिसनको क्लिपहरुमध्ये पाँचौँ नम्बरमा कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउँदै उत्कृष्ट २४ मा पुगेका तेस्रो प्रतियोगी तपेश्वर सिंहको क्लिप सार्वजनिक भएको थियो । सिराहा निवासी तपेश्वर मधेशी रोष्टरका नामले पनि परिचित छन् । उनी एक युट्युबर पनि हुन् । कमेडी च्याम्पियनको फिजिकल अडिसनमा उनले एक ईमान्दार नेताका बारेमा व्यङ्ग्य गरेका थिए । उनले आफैलाई एउटा ईमान्दार नेताका रुपमा प्रस्तुत गर्दैगर्दा ईमान्दार नेताको वास्तविक कुरुप अनुहारलाई दर्शकहरुमाझ पस्किएका थिए । उनको प्रस्तुतिमा निर्णायकहरु यति धेरै हाँसे कि उनले गोल्डेन कि नै प्राप्त गरे । उनको प्रस्तुतिमा निर्णायक मनोज गजुरेलले स्टाण्डिङ अवेशन पनि दिएका थिए । तर उनले प्रस्तुत गरेको कमेडी एक भारतीय युट्युबरको कमेडीबाट कपि गरिएको पाएपछि उनी शोबाट बाहिरिएका छन् । उनको कमेडीलाई युट्युबमा यो सामग्री तयार पार्दाको समयमा ३ लाख ७२ हजारभन्दा बढी पटक हेरिएको छ भने फेसबुकमा ४ लाख २८ हजारभन्दा बढी पटक हेरिएको छ ।

फिजिकल अडिसनको क्लिपहरुमध्ये छैटौँ नम्बरमा कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउँदै उत्कृष्ट २४ मा पुगेका चौथो प्रतियोगी पवन भट्टराईको क्लिप सार्वजनिक गरिएको थियो । आसाम निवासी पवन डिटिभीमा पनि कार्यरत छन् । पवनले धार्मिक भजनमाथि व्यङ्ग्य गर्दै आधुनिक समयका धार्मिक भजनले श्रद्धा जगाउन नसकेको देखाएका थिए । उनले धार्मिक भजनदेखि आफ्नै परिवार र गायकसम्मलाई व्यङ्ग्य गरेका थिए । उनको प्रस्तुतिलाई युट्युबमा ३ लाख ३० हजारभन्दा बढी पटक हेरिएको छ भने फेसबुकमा १ लाख ६२ हजारभन्दा बढी पटक हेरिएको छ । फिजिकल अडिसनको क्लिपहरुमध्ये सातौँ नम्बरमा दर्पण शर्माको कमेडी प्रस्तुति सार्वजनिक भएको थियो । उत्कृष्ट २४ मा पुग्न सफल दर्पण कैलाली निवासी हुन् । उनले ससुरालाई फकाउने र्याप प्रस्तुत गर्दै निर्णायकहरुको मन जितेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*