कमेडी च्याम्पियनको उत्कृष्ट २४ मा अक्जल पुजारी

१ माघ २०७७, बिहीबार २१:०१
Featured Video Play Icon

मकवानपुर, १ माघ । कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा स्टाण्ड अप कमेडियन अक्जल पुजारी चयन भएका छन् । फिजिकल अडिसनबाट उत्कृष्ट २४ मा पर्ननसकेता पनि उनले पून उत्कृष्ट २४ मै पर्ने मौका पाएका छन् । यसअघि गोल्डेन कि जित्दै उत्कृष्ट २४ मा परेका तपेश्वर सिंह कन्टेट कपि विवादका कारण बाहिरिएपछि कमेडी च्याम्पियन टिमले अक्जललाई उत्कृष्ट २४ मा ल्याउने निर्णय गरेको हो । यससँगै उत्कृष्ट २४ मा परेका अक्जल चर्चामा आएका छन् । अक्जलले पनि फिजिकल अडिसनमा आफ्नो प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिहरुको मुल्यांकन गर्दै निर्णायक र निर्देशक टोलीले तपेश्वरको ठाउँमा अक्जललाई स्थान दिएका हुन् । हेर्नुहोस् भिडियो–

फेब्रुअरी ६ देखि कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुर र ओएसआर डिजिटलमार्फत हेर्न र सुन्न सकिने कमेडी च्याम्पियनमा अक्जलसँगै १ सय ८० जना प्रतियोगीहरु फिजिकल अडिसनमार्फत प्रतिस्पर्धामा उत्रिएका थिए । उत्कृष्ट २४ मा परेका अक्जल स्टाण्ड कमेडीमा चिनिएका नाम हुन् । उनी विशेष गरी लाफ नेपाल कमेडी शोमा कार्यरत थिए । स्टाण्डअप कमेडीमा दर्शकहरुलाई हँसाउन सफल अक्जलले कमेडी च्याम्पियनमा राम्रो गर्ने आसा निर्णायकहरुले गरेका छन् । फिजिकल अडिसनमा पनि प्रस्तुति राम्रो दिएका अक्जललाई निर्णायकहरुले उनको खुबीकै आधारमा छानेकाले उनको प्रस्तुति पनि दमदार हुने अपेक्षा गरिएको छ । फिजिकल अडिसनका क्लिपहरुले यतिखेर कमेडी च्याम्पियनको अफिसियल फेसबुक पेज र ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भईरहेको छ ।

कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको थियो । उत्कृष्ट २४ प्रतियोगीहरुमध्ये केही प्रतियोगीहरुलाई निर्णायकहरुले गोल्डेन कि दिएर सिधै उत्कृष्ट २४ मा तानेका थिए । बाँकी प्रतियोगीहरुभने निर्णायकहरुको अंक र निर्देशक टिमको छनौटका आधारमा उत्कृष्ट २४ मा परेका हुन् । कमेडी च्याम्पियनका निर्णायकहरुमा सिजन १ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । शोको उत्कृष्ट १५ देखि भोटिङ लाईन खुल्नेछ भने विजेताले एउटा कारसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*