भोईस अफ नेपालमा ४० हजार सहभागी, नयाँ कोचमा तृष्णा गुरुङ

१ माघ २०७७, बिहीबार १३:४३
Featured Video Play Icon

मकवानपुर, १ माघ । नेपालको नम्बर एक गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को प्रसारण एकमहिनाभित्रमा हुनेभएको छ । एक महिनाभित्रमा नै हिमालय टेलिभजन एचडीबाट शोको प्रसारण हुने द भोईस अफ नेपाल टिमले जानकारी दिएको छ । टिमले एक प्रेस विज्ञप्ति जारी गर्दै सिजन ३ को डिजिटल अडिसनमा विभिन्न देशहरुबाट झण्डै ४० हजारभन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएको जनाएको छ । साथै भोईसको तेस्रो सिजनमा नयाँ कोचका रुपमा गायिका तृष्णा गुरुङ थपिएको पनि टिमले जनाएको छ । झण्डै एक महिनासम्म चलेको अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् । अडिसनमा भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमूलका प्रतिभाहरुले पनि सहभागिता जनाएको टिमले जनाएको छ । यो संख्या अघिल्ला बर्षाहरुको तुलनामा झण्डै दोब्बर रहेको पनि बताइएको छ । हेर्नुहोस् भिडियो सामग्री–

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरुले कोचका अगाडी ब्लाइन्ड अडिसनमा प्रस्तुती दिन पाउने आयोजकले जानकारी दिएको छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही बिन्दुबाट सुरु हुनेछ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रसारण हुने छ ।

द भोईस अफ नेपालको तेस्रो सिजनमा अनुबन्ध भएका कोचहरु पनि सार्वजनिक गरिएको छ । अघिल्ला दुई सिजनमा कोच रहेका दीप श्रेष्ठ र प्रमोद खरेलले लगातार तेस्रो बर्ष पनि निरन्तरता पाएका छन् । गत बर्ष अनुबन्ध भएका कोच राजु लामा पनि यो वर्ष कोचका रुपमा पुनः आउने छन् । नयाँ कोचमा अनुबन्ध भएकी गायिका तृष्णा गुरुङ लोकपप शैलीका गीतमार्फत नेपाली युवापुस्ताका दर्शकमाझ लोकप्रिय छिन् । गायनसँगै उनको पहिचान गीतकार र संगीतकारका रुपमा पनि स्थापित छ । गाइने दाजैले, सारङ्गी रेट्दैमा, माया पिरती, गुराँशै फुल्यो लगायतका उनका थुप्रै गीतलाई करोडौं दर्शकले मन पराएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*