सन्देश बम्जन लामा र अमिन परियार खतराको घेरामा

१ माघ २०७७, बिहीबार ०८:२९
Featured Video Play Icon

मकवानपुर, १ माघ । चर्चित गायन रियालिटी शो वाईवाई नेपाल स्टारमा यो साता उत्कृष्ट ४ प्रतियोगीहरु छानिदैछन् । उत्कृष्ट ५ मा पुगेका प्रतियोगीहरुमध्ये गत साता सन्देश बम्जन लामा र अमिन परियार बटम थ्रीमा परेका थिए । बटम थ्रीमा परेकै कारण यो साता उनीहरु उत्कृष्ट ४ मा पुग्लान् वा नपुग्लान् भन्नेमा सबैको चासो छ । एकप्रकारले उनीहरु यो साता खतराको घेरामा छन् । अमिनको लगातार तेस्रो पटक बटम थ्रीको सामना गरेका हुन् । शोमा सबैभन्दा बढी अवार्ड जितेको भएता पनि उनी पटक पटक बटम थ्रीमा परेकाले बाहिरिने खतरा बढेको छ भने सन्देश बम्जन लामा पहिलो पटक बटम थ्रीको सामना गरेका हुन् । यसअघिसम्मका राउण्डहरुमा सेफ भएका उनी पहिलो पटक बटम लाईनमा परेसँगै खतरा बढेको छ । यसरी बटम थ्रीमा परेका आधारमा हेर्ने हो भने सन्देशको तुलनामा अमिन धेरै खतरामा छन् भने सन्देश बम्जन लामा केही सुरक्षित छन् । अवार्डका हिसाबले भने अमिन अगाडि छन् । अमिनले अहिलेसम्म दुई वटा अवार्ड जितेका छन् भने सन्देशले एउटा अवार्ड जितेका छन् । तपाईको विचारमा यी दुबै प्रतियोगी उत्कृष्ट ४ मा पुग्लान् वा नपुग्लान् ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो–

नेपाल स्टारको मञ्चमा रकिङ प्रस्तुतिहरु दिँदै आएका सन्देश बम्जन लामा निर्णायक र दर्शकहरुको रोजाईमा छन् । उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा पनि सन्देशले निर्णायक रामकृष्ण ढकालबाट स्टाण्डिङ अवेशन पाएका थिए । उनको प्रस्तुतिलाई निर्णायक रामकृष्ण ढकालले एपिसोडकै सबैभन्दा राम्रो भएको बताएका थिए । सन्देशले उत्कृष्ट ८ छनौटको क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । उनले उत्कृष्ट ५ छनौटका क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेका हुन् ।

नेपाल स्टारको मञ्चमा नेपाली माईकल ज्याक्सनका नामले परिचित अमिन परियार शोमा तहल्मा मच्चाउने प्रतियोगी हुन् । उत्कृष्ट ५ को छनौटका क्रम अमिनले रकिङ प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा विशेष अतिथि, निर्णायक र सहभागीहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनले सोही प्रस्तुतिबाट नै एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । यसअघि अमिनले उत्कृष्ट ६ को छनौटका क्रममा पहिलो पटक पफोमर अफ द डे अवार्ड जितेका थिए । उनले अहिलेसम्म २ वटा अवार्डहरु प्राप्त गरेका छन् । अमिनले उत्कृष्ट ७ छनौटका क्रममा, उत्कृष्ट ६ छनौटका क्रममा र उत्कृष्ट ५ छनौटका क्रममा गरी ३ पटक बटम थ्रीको सामना गरिसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*