अमिन परियारको लगातार दोस्रो जीत

२९ पुष २०७७, बुधबार ०८:१७
Featured Video Play Icon

मकवानपुर, २९ पुस । चर्चित गायन रियालिटी शो वाईवाई नेपाल स्टारको उत्कृष्ट ५ मा पुग्न सफल अमिन परियारले पून अर्को अवार्ड जितेका छन् । अमिनले उत्कृष्ट ५ को छनौटका क्रम एक्स्पर्ट अफ द डे अवार्ड जितेका हुन् । यसअघिको सातामा मात्रै पफोमर अफ द डे अवार्ड जितेका अमिनले त्यसको अर्को साता नै लगातार दोस्रो अवार्ड जितेका हुन् । उत्कृष्ट ५ सम्म आईपुग्दा अमिनले आफुले पाएको अवार्डको संख्या दुई वटा पुराएका छन् । उत्कृष्ट ५ को छनौटका क्रममा अमिनले रकिङ प्रस्तुति दिएका थिए । उनले ‘गाउँ गाउँबाट उठ’ बोलको गीतलाई रकिङ मुडमा प्रस्तुत गरेकोले निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । उनको प्रस्तुतिमा विशेष अतिथि, निर्णायक र सहभागीहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उत्कृष्ट ५ को छनौटका क्रममा सबै निर्णायकहरुको स्टाण्डिङ अवेशन पाउने उनी एकमात्र प्रतियोगी हुन् । निर्णायक आलोक श्रीले उनको प्रशंसा गर्दै भविष्यको लागि समेत शुभकामना दिएका थिए । निर्णायक अञ्जु पन्त र रामकृष्ण ढकालले पनि उनको प्रस्तुतिको प्रशंसा गर्दै स्यालुट समेत गरेका थिए । उनले सोही प्रस्तुतिबाट नै एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । अमिनले उत्कृष्ट ६ को छनौटका क्रममा पहिलो पटक पफोमर अफ द डे अवार्ड जितेका थिए । उनले अहिलेसम्म २ वटा अवार्डहरु प्राप्त गरेका छन् । नेपाल स्टारमा दुई वटा अवार्ड जित्ने अमिन एकमात्र प्रतियोगी हुन् । उत्कृष्ट ५ सम्म आईपुग्दा अन्य कुनैपनि प्रतियोगीले दुई वटा अवार्ड जितेका छैनन् । हेर्नुहोस् भिडियो–

पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् । पोखराको एयरपोर्ट साईटमा अवस्थित सुकुम्बासी बस्तीबाट जन्मी हुर्केर जीवनयात्रा अगाडि बढाएका अमिन अहिले पनि सोही क्षेत्रमा बसोबास गर्छन् । ७ जनाको परिवारमा हुर्किएका अमिनले बुवाको दुःखलाई नजिकबाट चिन्ने मौका पाएका छन् । टुरिष्ट गाईडका रुपमा कार्यरत बुवाले अमिनलाई अगाडि बढाउनका लागि सहेको सहयोग गरेका छन् । हाउसपेन्टिङ देखि होटल लाईनसम्म संघर्ष गरेका बुवाको कथा सुन्दा अमिनका आँखा रसाउँछन् । सानैदेखि गीत गाउन र सांगितिक बाजाहरु ब्जाउन रुचाउने अमिनलाई उनका बुवाले संगीत सिक्न खर्च दिन त सकेनन् तर अमिनले आफ्नो सांगितिक यात्रालाई रोकिन दिएनन् । आफै सक्रिय भएर ब्याण्ड स्थापना गरेका अमिनलाई ब्याण्डकै मेम्बर र अग्रजहरुले अगाडि बढ्न हौसला दिएका थिए । ब्याण्डमार्फत काम गर्दै जाँदा शो गरेवापत एक हजार रुपैयाँ पाउने गरेका अमिनले त्यही पैसालाई संगीत क्षेत्रमा लाग्ने बाटो बनाए । पकेट खर्च मात्रै बोकेर अगाडि बढेका उनी झुप्रोबस्तीबाट लेकसाईडको रमझममा गाउने सपना देख्थे । उनका ती सपनाहरु आमा र बुवाको मदतले पुरा हुँदै गएको अमिन बताउँछन् । उनी आफ्नो लागि ३ जना दाईहरुले गरेको माया र दुःखलाई सदैव सम्झन चाहान्छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*