एलिना गुरुङले जितिन् उत्कृष्ट प्रस्तुतिको पहिलो अवार्ड

२८ पुष २०७७, मंगलवार ११:४५
Featured Video Play Icon

मकवानपुर, २८ पुस । नेपालको चर्चित गायन रियालिटी शो ‘वाईवाई नेपाल स्टार’ को एकमात्र लेडी रकस्टार एलिना गुरुङले शोमा पहिलो अवार्ड जितेकी छिन् । शोमा विशेषगरी वेष्टर्न प्यार्टनका गीतहरुमा तहल्का मच्चाएकी एलिनाले उत्कृष्ट ५ को छनौटका क्रममा स्टेजमा दमदार प्रस्तुति दिएकी थिईन् । उनले ‘को हो त्यो’ बोलको गीत गाएर निर्णायक र दर्शकहरुको मन जितेकी थिईन् । उनको प्रस्तुतिमा निर्णायक अञ्जु पन्तले झक्कास प्रस्तुति भन्दै उनको प्रशंसा गरेकी थिईन् । एलिनाको प्रस्तुतिलाई उत्कृष्ट भन्दै निर्णायक आलोक श्री र रामकृष्ण ढकालले पनि उनको प्रशंसा गरेका थिए । एलिनाले शोही प्रस्तुतिबाट पहिलो पटक पफोमर अफ द डे अवार्ड जितेकी हुन् । एलिना नै नेपाल स्टारमा अवार्ड जित्ने पहिलो महिला प्रतियोगी पनि हुन् । हेर्नुहोस् भिडियो–

कास्कीको मादी गाँउपालिका वडा नम्बर २ ताङतिङ गाउँमा जन्मिएकी एलिना पोखरामा बसोबास गरिरहेकी छिन् । एलिना बिगत ४ वर्षदेखि साँगितिक क्षेत्रमा सक्रिय छिन् । उनी पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*