कमेडी च्याम्पियन सिजन २ मा ‘गोल्डेन कि’ पाउने उत्कृष्ट ४ प्रतियोगीहरु

२६ पुष २०७७, आईतवार २०:२१
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २६ पुस । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसन सकिसकेको छ । फिजिकल अहिले फिजिकल अडिसनका टेलरहरु समेत सार्वजनिक भईरहेको । फिजिकल अडिसनबाट उत्कृष्ट २४ प्रतियोगीहरु छानिएका थिए जसमध्ये ४ जना प्रतियोगीहरुलाई निर्णायकहरुले गोल्डेन कि दिएर सिधै उत्कृष्ट २४ मा तानेका थिए । उनीहरुको प्रस्तुति उत्कृष्ट भएकोले निर्णायकहरुले गोल्डेन कि सहित उनीहरुलाई अघिल्लो राउण्डका लागि छानेका थिए । यसरी गोल्डेन कि पाएर उत्कृष्ट २४ मा पुगेका प्रतियोगीहरु बिक्की अग्रवाल, पुष्पराज ओझा, तपेश्वर सिंह र पवन भट्टराई हुन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियनको सिजन २ का यी नै ४ जना गोल्डेन कि विजेताहरुका बारेमा छोटो चर्चा गरिएको छ । साथै उनीहरुले फिजिकल अडिसनमा प्रस्तुत गरेका प्रस्तुतिका बारेमा पनि चर्चा गरिएको छ । हेरौँ यो भिडियो सामग्री–

बिक्की अग्रवाल–कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउँदै उत्कृष्ट २४ मा पुगेका पहिलो प्रतियोगी हुन् बिक्की अग्रवाल । सिक्किम निवासी बिक्की फिल्म मेकिङमा पनि सक्रिय छन् । उनी युट्युबर समेत हुन् । उनको कमिक टाईमिङ र समय सापेक्ष अर्गानिक कन्टेटलाई निर्णायकहरुले मनपराएका थिए । बिक्कीले फिजिकल अडिसनमा आफैमाथि व्यङ्ग्य गरेका थिए । आफ्नो जन्म र नामका विषयबाट कमेडी सुरु गरेका उनले आफ्नो सुन्दरताका बारेमा पनि व्यङ्ग्य गरेका थिए । उनले नेपाली मिति र ईस्वी संवतका बारेमा पनि कडा व्यङ्ग्य गर्दै निर्णायकहरुप्रति नै कटाक्ष हानेका थिए । जसका कारण निर्णायकहरुले उनलाई गोल्डेन कि सहित स्वागत गरेका थिए ।

पुष्पराज ओझा–कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउँदै उत्कृष्ट २४ मा पुगेका दोस्रो प्रतियोगी हुन् पुष्पराज ओझा । धनकुटा निवासी पुष्पराज स्वास्थ्यकर्मी पनि हुन् । उनले फिजिकल अडिसनमा समावेश गरेका पात्रहरुको हाँस्यव्यङ्ग्यलाई निर्णायकहरुले मन पराएका थिए । विभिन्न व्यक्तित्वहरुको आवाज हुबहु निकाल्न माहिर पुष्पराजले फिजिकल अडिसनमा बिबिसी नेपाली सेवाका प्रस्तोताहरुको आवाज निकालेर निर्णायकहरुको मन जितेका थिए । उनले बिबिसीका प्रस्तोतामात्र नभई संवाददाता ब्रिजकुमार यादवको पनि आवाज निकालेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको आवाजमा आफैमाथि पनि व्यङ्ग्य हानेका थिए ।

तपेश्वर सिंह–कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउँदै उत्कृष्ट २४ मा पुगेका तेस्रो प्रतियोगी हुन् तपेश्वर सिंह । सिराहा निवासी तपेश्वर मधेशी रोष्टरका नामले पनि परिचित छन् । उनी एक युट्युबर पनि हुन् । कमेडी च्याम्पियनको फिजिकल अडिसनमा उनले एक ईमान्दार नेताका बारेमा व्यङ्ग्य गरेका थिए । उनले आफैलाई एउटा ईमान्दार नेताका रुपमा प्रस्तुत गर्दैगर्दा ईमान्दार नेताको वास्तविक कुरुप अनुहारलाई दर्शकहरुमाझ पस्किएका थिए । उनको प्रस्तुतिमा निर्णायकहरु यति धेरै हाँसे कि उनले गोल्डेन कि नै प्राप्त गरे । उनको प्रस्तुतिमा निर्णायक मनोज गजुरेलले स्टाण्डिङ अवेशन पनि दिएका थिए । तर उनले प्रस्तुत गरेको कमेडी एक भारतीय युट्युबरको कमेडीबाट कपि गरिएको पाएपछि उनलाई कमेडी च्याम्पियन टिमले शोबाट निष्काशन गर्नुका साथै गोल्डेन कि समेत फिर्ता लिने निर्णय गरेको छ ।

पवन भट्टराई–कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउँदै उत्कृष्ट २४ मा पुगेका चौथो प्रतियोगी हुन् पवन भट्टराई । आसाम निवासी पवन डिटिभीमा पनि कार्यरत छन् । पवनले धार्मिक भजनमाथि व्यङ्ग्य गर्दै आधुनिक समयका धार्मिक भजनले श्रद्धा जगाउन नसकेको देखाएका थिए । उनले धार्मिक भजनदेखि आफ्नै परिवार र गायकसम्मलाई व्यङ्ग्य गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*