दिपिका बस्नेतको ‘जुनीभरिलाई’ यस्तो बन्यो

२५ पुष २०७७, शनिबार २०:२२

मकवानपुर, २५ पुस । बहुप्रतिभाशाली गायिका दिपिका बस्नेतको ‘जुनीभरिलाई’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालको चर्चित गायन रियालिटी शो ‘वाईवाई नेपाल स्टार’ बाट थप चर्चामा आएकी दिपिकाको आवाजमा ‘जुनीभरिलाई’ बोलको गीत सार्वजनिक भएको हो । धरानमा म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक भएपछि यसलाई युट्युब मार्फत पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई रेडमुन ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत जनवरी ८ मा सार्वजनिक गरिएको हो ।

दिपिकाको सुमधुर आवाजमा सजिएको गीतलाई रोशन प्रधानले लेखेका हुन् । गीतलाई निकेन राईले संगीत भरेका छन् भने सम समिरले एरेञ्ज र रेकर्ड गरको हुन् । गीतको अफिसियल म्युजिक भिडियोका निर्माता गीतकार रोशन प्रधान नै हुन् । प्रकाश लिम्बुको निर्देशन तथा एडम लिम्बुको छायाँकन तथा सम्पादनमा म्युजिक भिडियो तयार भएको छ । गीतको म्युजिक भिडियोमा सुमिना राई र कुमार भट्टराईले अभिनय गरेका छन् । गीतमा रोमान्टिक भावनाहरु समेटिएका छन् ।

नेपाल स्टारबाट चर्चामा आएकी दिपिकाले षडज राउण्डसम्म पुगेर निर्णायक र दर्शकहरुको मन जितेकी थिईन् । अध्ययन र गायनसँगै बाईक स्टन्टमा समेत अग्रसर दिपिका टिम ओसाईरिसमा आवद्ध छिन् । बाईक रेसिङमा पनि उनी प्राय सहभागी हुन्छिन् । सानैदेखि गाउन सुरु गरेकी दिपिका अभाया एण्ड द स्टीम ईञ्जीन्स ब्याण्डले आयोजना गरेको उमन ईन कन्सर्ट प्रतियोगितामा पनि सहभागी भएर चर्चामा आएकी थिईन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*