२०२० सम्मका मिस युनिभर्स नेपाल विजेताहरु

२५ पुष २०७७, शनिबार १९:५३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २५ पुस । मिस युनिभर्स नेपालका विजेताहरुले मिस युनिभर्समा चर्चाका साथ नेपाललाई चिनाईरहेका छन् । सन् २०१७ देखि २०२० सम्म आईपुग्दा नेपालले ४ जना मिस युनिभर्सहरु पाईसकेको छ । हालसम्म नग्मा श्रेष्ठ, मनिता देवकोटा, प्रदिप्ता अधिकारी र अंशिका शर्माले मिस युनिभर्स नेपालको ताज जितिसकेका छन् । उनीहरुमध्ये सन् २०१८ की मिस नेपाल युनिभर्स मनिता देवकोटाले उत्कृष्ट १० अर्थात सेमिफाईनलसम्म पुगेर तहल्का मच्चाएकी थिईन् । उनले त्यसबेला नेशनल गिफ्ट अक्सनको पहिलो पुरस्कार समेत पाएकी थिईन् । यस भिडियो सामग्रीमा यी नै ४ मिस युनिभर्स नेपालका बारेमा चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो सामग्री–

नग्मा श्रेष्ठ–नग्मा श्रेष्ठ सन् २०१७ को मिस युनिभर्स नेपाल हुन् । उनी नेपालकी पहिलो मिस युनिभर्स नेपाल पनि हुन् । नग्माकै संस्थाले सन् २०२० मा मिस युनिभर्स नेपालको संस्करण संचालन गरेको हो । नग्माबाटै सन् २०१७ मा पहिलो पटक नेपालले मिस युनिभर्समा आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । नग्मा सन् २०१२ की मिस नेपाल अर्थकी विजेता पनि हुन् । सन् १९९१ नोभेम्बर १० मा जन्मिएकी नग्माले सन् २०१२ मा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट पहिलो रेकर्ड समेत राख्न सफल भएकी थिईन् । उनी त्यस समयमा मिस अर्थ प्रतियोगिताको फाईनल अर्थात उत्कृष्ट ८ सम्म पुगेकी थिईन् । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको फाईनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नग्मा स्वयंमले नेपालमा भित्राएकी हुन् । ‘वल्र्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालका तर्फबाट प्रतिनिधित्व जनाएकी नग्माले थर्ड रनरअपको ताज जितेकी थिईन् । प्रतियोगितामा उनले मिस फिटनेसको अवार्ड पनि पाएकी थिईन् । त्यस्तै नग्मा इजिप्टमा भएको मिस इको युनिभर्स २०१६ की बेस्ट टुरिजम भिडियो अवार्डकी विजेता समेत हुन् । उनी २००९ मा मिस कलेजकी विजेता समेत भएकी थिईन् ।

साउथ पोईन्ट बोर्डिङ हाईस्कुलबाट अध्ययन सुरु गरेकी नग्माले टाईम्स बिजनेश स्कुलबाट बिबिए पुरा गरेकी थिईन् । चर्चित एमसी र होस्ट समेत रहेकी नग्माले सन् २००९ देखि नै ईमेज च्यानलमा भिजेका रुपमा काम गरेकी थिईन् । त्यस समयमा उनले संचालन गर्ने एसएमएस एण्ड मोर, म्युजिक अफ योर चोईस, अन द रोड, स्टेप लगायतका कार्यक्रमहरु दर्शकहरुले सर्वाधिक रुचाएका थिए । सामाजिक कार्यमा समेत सक्रिय भएकी नग्मा विभिन्न संस्थाहरुको गुडविल एम्बासेडर, योङ कन्जरभेसन एम्बासेडर तथा ब्राण्ड एम्बासेडरका रुपमा पनि सक्रिय रहेकी थिईन् । उनी सन् २०२० देखि मिस युनिभर्स नेपालको नेसनल डायरेक्टर समेत बनेर मिस युनिभर्स २०२० समेत सफलतापूर्वक सम्पन्न गरिसकेकी छिन् ।

मनिता देवकोटा–मनिता देवकोटा सन् २०१८ को मिस युनिभर्स नेपालकी विजेता हुन् । युवा अवस्थामै संयुक्त राज्य अमेरिकामा रहेर अनुभव बटुलेकी मनिताले आफ्नो बाल्यकालको अधिकांश समय गोरखामा बिताएकी थिईन् । उनको जन्म सन् १९९५ अप्रिल ११ तारिखमा भएको हो । उनी परिवारसहित ८ वर्षको उमेरमा संयुक्तराज्य अमेरिकामा पुगेकी थिईन् । संयुक्त राज्य अमेरिकाको उत्तर क्यारोलिनामा पुगेकी मनिताले ईष्ट क्यारोलिना युनिभर्सिटीमा पब्लिक हेल्थमा डिग्री गरेकी छिन् । मनिताले सन् २०१८ मा मिस युनिभर्समा उत्कृष्ट १० अर्थात सेमिफाईनलसम्म पुगेर तहल्का मच्चाएकी थिईन् । मिस युनिभर्सको फाईनलमा पुग्ने उनी पहिलो नेपाली सुन्दरी हुन् । उनले त्यसबेला नेशनल गिफ्ट अक्सनको पहिलो पुरस्कार समेत जितेकी थिईन् । विदेशमा बसेर अध्ययन गरेको भएता पनि मनिताले धेरै संघर्ष गरेर अध्ययन गरेकी थिईन् । उनले आफ्नो अध्ययनका लागि लाईबेरी तथा कफि बारमा पनि काम गरेकी थिईन् । उनी डेज फर गल्र्स तथा सी ईज द फस्र्ट लगायतका फाउण्डेसनमा पनि सहभागी भएकी थिईन् ।

प्रदिप्ता अधिकारी–प्रदिप्ता अधिकारी सन् २०१९ को मिस युनिभर्स नेपालकी विजेता हुन् । उनी मिस युनिभर्स २०१९ को टप २० सम्म पनि पुग्न सफल भएकी थिईन् । प्रदिप्ता मेडिकलकी विद्यार्थी हुन् । उनी डान्सर, नाटककार, योगी जस्ता बहुआयामिक प्रतिभाकी धनी पनि छिन् । उनले शान्ति सुन्दर बाल कल्याणमा पनि काम गरेकी थिइन् । त्यस समयमा उनको अभियान ‘सबका लागि स्वास्थ्य हेरचाह’ पनि चर्चामा आएको थियो । प्रदिप्ताले मिस नेपाल २०१९ मा मिस युनिभर्स नेपालको ताजसँगै मिस ट्यालेन्ट र मिस एथलेटक अवार्ड पनि जितेकी थिईन् । जनवरी २५, १९९७ मा काठमाडौँमाजन्मिएकी प्रदिप्ताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट अध्ययन गरेकी हुन् । ५ वटा भन्दा बढी भाषा बोल्न सक्ने प्रदिप्तका बुवा आर्मीमा मेजर जनरल थिए । प्रदिप्ताले मिस नेपाल आर्मी ईन्स्टीच्युट अफ हेल्थ साईन्स २०१८ को ताज पनि जितेकी छिन् ।

अंशिका शर्मा–सन् २०२० को मिस युनिभर्स नेपालकी विजेता हुन् । अंशिकाले मिस युनभिर्ससँगै मिस फियर्स अवार्ड पनि जितेकी थिईन् । अंशिकाले ११ हजार २ सय ६६ भोट प्राप्त गर्दै मिस फियर्स अवार्ड जितेकी हुन् । अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने अंशिका यसअघि नै मिस नेपाल ओसियाना २०२० की फर्स्ट रनर अप समेत भईसकेकी थिईन् । उनले त्यस समयमा मिस पब्लिक च्वाईस अवार्ड पनि जितेकी थिईन् । सन १९९७ जुलाई १० तारिखमा काठमाडौँमा जन्मिएकी अंशिका अहिले २३ वर्षकी छिन् । उच्च शिक्षा अध्ययनका लागि ६ वर्षअघि उच्चशिक्षाका लागि अष्ट्रेलिया गएकी थिईन् । ४ वर्षसम्म सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीमा अध्ययन गरेकी उनले ईन्फोमेसन टेक्नोलोजी मेजर ईन बिजनेश एनालाईसिसमा ग्राजुएट गरेकी थिईन् । त्यसपश्चात अष्ट्रेलियामा नै काम गरिरहेकी अंशिकाले जागिर छोडेर मिस युनिभर्स नेपालमा सहभागिता जनाएकी थिईन् । ५ फिट ९ ईञ्च अग्ली अंशिकाको पुख्र्यौली घर बिराटनगरमा हो । उनका बुवा बालकृष्ण शर्मा र आमा माला शर्मा हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*