सुरेश लामा र अमिन परियार जोगिएलान् ?

२५ पुष २०७७, शनिबार १५:४२
Featured Video Play Icon

मकवानपुर, २५ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ मा शनिबार उत्कृष्ट ५ प्रतियोगीहरु छानिदैछन् । उत्कृष्ट ६ मा पुगेका लक्ष्मण लिम्बु, सुरेश लामा, सिद्धान्त खड्का, एलिना गुरुङ, सन्देश बम्जन लामा र अमिन परियार मध्ये एक जनाले यो हप्ता शोबाट बाहिरिनुपर्नेछ । गत साताको बटम थ्रीका आधारमा हेर्ने हो भने सुरेश लामा र अमिन परियार खतराको घेरामा छन् भने बाँकी ४ जना प्रतियोगीहरु सुरक्षित छन् । तर यस हप्ताको नतिजा गत हप्ताको नतिजा भन्दा पनि यसै हप्ता प्राप्त गरेका दर्शक भोटहरुमा आधारित रहने भएकोले सुरेश र अमिन जोगिन पनि सक्छन् । उनीहरु दुबैले उत्कृष्ट ५ मा पुग्नका लागि दर्शकहरुसँग पनि भोट अपिल गरिरहेका छन् । सुरेश र अमिन दुबै जना शोमा रुचाइएका प्रतियोगीहरु हुन् । यी दुबै प्रतियोगीहरुले शोमा समान १–१ वटा अवार्ड प्राप्त गरेका छन् । सुरेशले उत्कृष्ट ७ को छनौटका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरेका थिए भने अमिनले उत्कृष्ट ६ को छनौटका क्रममा पफोमर अफ द डे अवार्ड प्राप्त गरेका थिए । दर्शकहरुमाझ लोकप्रिय उनीहरु यो साता जोगिएलान् वा बाहिरिएलान् ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो–

सुरेश र अमिन दुबैले यसअघि पनि बटम लाईनको सामना गरिसकेका छन् । त्यसैले पनि यी दुबै प्रतियोगीहरुलाई यो साता बाहिरिने खतरामा रहेको दर्शकहरुको पनि अनुमान छन् । नेपाल स्टारमा भर्सटाईल गायकका रुपमा चिनिएका सुरेश लामा र नेपाली माईकल ज्याक्सनका रुपमा चिनिएका अमिन परियार दुबै उत्कृष्ट ५ मा पुग्नसक्ने बलियो आधार भएका प्रतियोगीहरु हुन् । तर शोको नतिजामा भोटको ठूलो स्थान भएकोले भोटकै आधारमा उनीहरु बाहिरिनसक्ने अवस्था उत्तिकै छ । गत साता यी दुबै प्रतियोगीहरुले दिएका रकिङ प्रस्तुतिलाई निर्णायक र दर्शकहरु दुबैले मनपराएका थिए । यी दुबैको प्रस्तुतिमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । सुरेश काठमाडौँ अडिसनबाट र अमिन पोखरा अडिसनबाट छानिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*