यो हप्ता कसले मार्ला बाजी ?

२४ पुष २०७७, शुक्रबार १६:४८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २४ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ मा यो साता उत्कृष्ट ५ प्रतियोगीहरु छानिदैछन् । उत्कृष्ट ६ मा पुगेका लक्ष्मण लिम्बु, सुरेश लामा, सिद्धान्त खड्का, एलिना गुरुङ, सन्देश बम्जन लामा र अमिन परियार मध्ये एक जनाले यो हप्ता शोबाट बाहिरिनुपर्नेछ । गत साताको बटम थ्रीका आधारमा हेर्ने हो भने सुरेश लामा र अमिन परियार खतराको घेरामा छन् भने बाँकी ४ जना प्रतियोगीहरु सुरक्षित छन् । तर यस हप्ताको नतिजा गत हप्ताको नतिजा भन्दा पनि यसै हप्ता प्राप्त गरेका दर्शक भोटहरुमा आधारित रहने भएकोले यो साता सुरक्षित रहेका प्रतियोगीहरुलाई पनि खतरा छ । उत्कृष्ट ६ प्रतियोगीहरुमध्ये एलिना गुरुङ एकमात्र महिला प्रतियोगी हुन् जो अन्य प्रतियोगीहरुका लागि पनि कडा दिँदै आएकी छिन् । तर उनले अहिलेसम्म अवार्ड जित्नभने सकेका छैनन् । यी प्रतियोगीहरुमध्ये कुन प्रतियोगीले यस हप्ता बाजी मारेर उत्कृष्ट ५ मा पुग्लान् भनेर सहजै अनुमान लाउनसक्ने अवस्था त छैन । तर पनि दर्शकहरुको रोजाईका आधारमा र भोटका आधारमा यो साता एक जना प्रतियोगीको नेपाल स्टार बन्ने यात्रा टुंगिनेछ । तपाईको विचारमा कुन कुन प्रतियोगीहरु उत्कृष्ट ५ मा पुग्लान् ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो–

नेपाल स्टारको उत्कृष्ट ५ मा पुग्नसक्ने बलिायो प्रतियोगी हुन् लक्ष्मण लिम्बु । उत्कृष्ट ६ को छनौटको क्रममा उनको प्रस्तुतिलाई निर्णायकहरु सबैले प्रशंसा गरेका थिए । गलामा समस्या भएता पनि हाई अक्टेवमा पनि पावरफुल प्रस्तुति दिएकोमा निर्णायकहरुले उनको आवाजको प्रशंसा गरेका थिए । उनले एकपटक अवार्ड पनि जितिसकेका छन् । प्रतियोगितामै सर्वाधिक रुचाइएका सुरेश लामा उत्ृकष्ट ५ मा पुग्नसक्ने अर्का बलियो दाबेदार हुन् । उनले उत्कृष्ट ६ छनौटका क्रममा निर्णायकहरुको मन जित्ने प्रस्तुति दिएका थिए । गतसाताको प्रस्तुतिमा सुरेशलाई विशेष अतिथि सहित सबै निर्णायकहरु र सहभागीहरुले स्टाण्डिङ अवेशन दिएका थिए । पहिलो पटक रकिङ प्रस्तुति दिएका सुरेशको परिमार्जनलाई निर्णायक आलोक श्रीले प्रशंसा गरेका थिए । उनले भोईस क्र्याक गर्दै गाएको र नृत्य सहित गाएको भन्दै निर्णायकहरुले उनलाई राम्रो कमेन्ट गरेका थिए । उनले पनि एउटा अवार्ड जितिसकेका छन् । नेपाल स्टारमा पावरप्याक पफोमरका रुपमा चिनिएका सिद्धान्त खड्का उत्कृष्ट ५ मा पुग्नैपर्ने प्रतियोगी हुन् । उनले उत्कृष्ट ६ को छनौटका क्रममा सबै निर्णायक र सहभागीहरुको स्टाण्डिङ अवेशन पाएका थिए । उनले यही प्रस्तुतिबाट एक्सपर्ट अफ द डे अवार्ड पनि प्राप्त गरेका थिए । निर्णायक आलोक श्रीले उनलाई फायर अफ द फायरको संज्ञा दिँदै उनको प्रस्तुतिको प्रशंसा गरेका थिए । निर्णायक अञ्जु पन्त र रामकृष्ण ढकालले पनि उनको आवाजको प्रशंसा गरेका थिए ।

त्यस्तै नेपाल स्टारको उत्कृष्ट ६ मा पुगेकी एकमात्र महिला प्रतियोगी हुन् एलिना गुरुङ । एलिनाले उत्कृष्ट ६ छनौटको क्रममा निर्णायकहरुले मन जितेकी थिईन् । निर्णायक रामकृष्ण ढकालले उनको रकिङ प्रस्तुतिमा मेलोडी समावेश भएकोमा पनि प्रशंसा गरेका थिए । उनको वेष्टर्न प्याटर्नका गीतहरु राम्रो हुने कुरामा पनि उनले जोड दिएका थिए । निर्णायक अञ्जु पन्त, आलोक श्री र विशेष अतिथिले पनि उनको प्रशंसा गरेका थिए । उनी उत्कृष्ट ५ मा पुग्नसक्ने बलिायो दाबेदार हुन् । उत्कृष्ट ५ कै बलियो दाबेदार मानिएका सन्देश बम्जन लामाले उत्कृष्ट ६ को प्रस्तुतिका क्रममा निर्णायक रामकृष्ण ढकालबाट स्टाण्डिङ अवेशन पाएका थिए । रकिङ प्रस्तुति दिएका सन्देशको प्रस्तुतिलाई पावरफुल र ओण्डरफुल भन्दै निर्णायक आलोक श्री र रामकृष्ण ढकालले उनको प्रशंसा गरेका थिए । नेपाल स्टारको मञ्चमा नेपाली माईकल ज्याक्सनका नामले परिचित अमिन परियार उत्कृष्ट ५ मा पुग्नसक्ने अर्का बलियो प्रतियोगी हुन् । अमिनले गतहप्ता नै पफोमर अफ द डे अवार्ड पनि जितेका थिए । उनको प्रस्तुतिमा तिनै जना निर्णायकहरु र सहभागीहरुले स्टाण्डिङ अवेशन समेत दिएका थिए । अमिनको प्रस्तुति पश्चात निर्णायक रामकृष्ण ढकालले उनीप्रति रेस्पेक्ट पनि बढेको बताएका थिए । निर्णायक आलोक श्रीले अमिन पोखराको मात्र गायक नभई राष्ट्रकै गायक भएको बताएका थिए । उनको उज्ज्वल भविष्यको पनि उनले कामना गरेका थिए । उनको प्रस्तुतिलाई तारिफभन्दा पनि माथिल्लो लेभलको भएको बताउँदै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । निर्णायक अञ्जु पन्तले उनको प्रस्तुतिको प्रशंसा गर्दै उनी स्टेजकै लागि जन्मिएको बताईन् । उनको प्रस्तुति सधैँ उच्चकोटीको रहेको समेत उनले बताएकी थिईन् । अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । पोखरा अडिसनबाट छानिएका अमिनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*