अमिन परियारलाई यो हप्ता चुनौति

२४ पुष २०७७, शुक्रबार १६:४३
Featured Video Play Icon

मकवानपुर, २४ पुस । नेपालको आफ्नै गायन रियालिटी शो वाईवाई नेपाल स्टारको उत्कृष्ट ६ मा पुगेका चर्चित प्रतियोगी अमिन परियार यो साता खतरामा छन् । गत साता शोबाट बाहिरिएकी चर्चित प्रतियोगी समिक्षा दाहालसँगै बटम लाईनमा परेका कारण यो हप्ता अमिन बाहिरिने खतरा बढेको हो । शोमा रकिङ प्रस्तुति दिएर चर्चामा आएका अमिनले बटम लाईनको सामना गरेसँगै यो साता उनी खतराको घेरामा परेका हुन् । हुन त गत साताको रिजल्टमा जे भएको भएता पनि यो साता प्राप्त हुने भोटका आधारमा नतिजा निकालिन्छ । तर बिगतका हप्ताहरुमा बटम लाईनमै परेका प्रतियोगीहरु बाहिरिएका कारण यो साता अमिनलाई पनि खतरा छ । हेर्नुहोस् भिडियो–

उत्कृष्ट ६ को छनौटका क्रम अमिनले रकिङ प्रस्तुति दिएका थिए । कबवेब ब्याण्डको मर्सिडिज बेन्ज गीत गाएका अमिनले सोही प्रस्तुतिबाट पफोमर अफ द डे अवार्ड पनि जितेका थिए । उनको प्रस्तुतिमा तिनै जना निर्णायकहरु र सहभागीहरुले स्टाण्डिङ अवेशन समेत दिएका थिए । अमिनको प्रस्तुति पश्चात निर्णायक रामकृष्ण ढकालले उनीप्रति रेस्पेक्ट पनि बढेको बताएका थिए । निर्णायक आलोक श्रीले अमिन पोखराको मात्र गायक नभई राष्ट्रकै गायक भएको बताए । उनको उज्ज्वल भविष्यको पनि उनले कामना गरेका थिए । उनको प्रस्तुतिलाई तारिफभन्दा पनि माथिल्लो लेभलको भएको बताए । निर्णायक अञ्जु पन्तले उनको प्रस्तुतिको प्रशंसा गर्दै उनी स्टेजकै लागि जन्मिएको बताईन् । उनको प्रस्तुति सधैँ उच्चकोटीको रहेको समेत उनले बताईन् । नेपाल स्टारको स्टेजमा नेपाली माईकल ज्याक्सन भनेर चिनिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । पोखरा अडिसनबाट छानिएका अमिनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । उनले उत्कृष्ट ६ को छनौटका क्रममा पहिलो पटक पफोमर अफ द डे अवार्ड जितेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*