सुरेश लामा खतरामा

२४ पुष २०७७, शुक्रबार १६:२९
Featured Video Play Icon

मकवानपुर, २४ पुस । नेपालको आफ्नै गायन रियालिटी शो नेपाल स्टारको उत्कृष्ट ६ मा पुगेका चर्चित प्रतियोगी सुरेश लामा यो साता खतरामा छन् । गत साता शोबाट बाहिरिएकी चर्चित प्रतियोगी समिक्षा दाहालसँगै बटम लाईनमा परेका कारण यो हप्ता सुरेश बाहिरिने खतरा बढेको हो । सुरेशसँगै बटम लाईनमा परेका अमिन परियार पनि खतराको घेरामा छन् । शोमा तहल्का मच्चाउन सफल सुरेशले बटम लाईनको सामना गरेसँगै यो साता उनी खतराको घेरामा रहेको अन्दाज दर्शकहरुले पनि गरेका छन् । बटम लाईनमा परेसँगै सुरेले पनि सामाजिक सञ्जालमार्फत भोट गरिदिनका लागि आग्रह गरेका छन् । जहाँ उनले आफु यो साता खतरामा रहेको पनि बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश लेख्दै सुरेशले भोटका लागि अपिल गरेका हुन् । उनले लेखेका छन्–‘देश तथा विदेशमा रहेर मलाई सहयोग गरिदिनुहुने गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण टिम लगायत काठमाडौँ भित्र रहेर मलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरिदिनुहुने मेरा आमाबुवा, दाजुभाई दिदीबहिनीहरुमा म सुरेश लामाको तर्फबाट हार्दिक नमस्कार । यसपालि मेरो भोट कम आएका कारणले गर्दा म बटम थ्रीमा परेको छु । कृपया यहाँहरु सम्पूर्णले मलाई अझै धेरै भन्दा धेरै भोट गरेर सेफ जोनमा राखिदिनुहोला ।’ हेर्नुहोस् भिडियो–

सुरेशले उत्कृष्ट ६ छनौटका क्रममा निर्णायकहरुको मन जित्ने प्रस्तुति दिएका थिए । गायक राजु लामाको ‘सायद तिम्रो बाटोमा’ बोलको गीत गाएका सुरेशलाई विशेष अतिथि सहित सबै निर्णायकहरु र सहभागीहरुले स्टाण्डिङ अवेशन दिएका थिए । पहिलो पटक रकिङ प्रस्तुति दिएका सुरेशको परिमार्जनलाई निर्णायक आलोक श्रीले प्रशंसा गरेका थिए । उनले भोईस क्र्याक गर्दै गाएको र नृत्य सहित गाएको भन्दै निर्णायकहरुले उनलाई राम्रो कमेन्ट गरेका छन् । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरेका छन् । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । उनी २८ वर्षका छन् । सुरेश पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको सुरेशले औपचारिक रुपमा संगीत भने सिक्न पाएनन् ।

सानो छँदा गुम्बामै बसेर खाना पकाउने काम गरेको अनुभव उनीसँग छ । गुम्बामै बसेको समयमा उनले गायिका आनी छोईङ डोल्मालाई नजिकबाट चिन्ने मौका पाएका थिए । गायक रामकृष्ण ढकालको गीतहरु सुन्न रुचाउने र गुनगुनाउने सुरेशलाई राम्रो गीत गाएको भन्दै आनीले प्रशंसा गर्ने गर्थे । उनलाई आनीले नै संगीतकार न्यु बज्राचार्यसँग भेटाईदिएका थिए । केही समय संगीतकार बज्रचार्यसँगै काम गर्ने मौका पाएका उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट निक्कै प्रभावित छन् । साथै गायिका आनी छोईङ डोल्मा पनि उनको आवाजको प्रशंसक हुन् । सुरेशलाई सानैमा उनका आमा र बुवाले गायक बनाउने सपना देखेका थिए । तर उनीहरुले त्यो सपना पुरा भएको भने हेर्न पाएनन् । जीवनयात्राकै क्रममा बैदेशिक रोजगारको लागि मलेसिया पुगेको समयमै सुरेशले आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । विदेशको गएको ६ महिनामै आमा गुमाएका उनले त्यसको एकवर्षपछि बुवा पनि गुमाएका हुन् । उनले उत्कृष्ट ७ को छनौटका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*