कमेडी च्याम्पियन सिजन २ मा यति धेरै कमेडी

२२ पुष २०७७, बुधबार १४:२६
Featured Video Play Icon

मकवानपुर, २२ पुस । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनबाट उत्कृष्ट २४ प्रतियोगीहरु छानिएसँगै यसको चर्चा चुलिएको छ । डिजिटल अडिसनबाट छानिएका प्रतियोगीहरुले फिजिकल अडिसनमा दिएका प्रस्तुतिहरुले यतिखेर युट्युब र फेसबुकमा तहल्का मच्चाउन सुरु गरिसकेको छ । सिजन १ मा पनि सबैको मन जित्न सफल कमेडी च्याम्पियनले दोस्रो सिजनमा थप हँसाउने संकेत समेत देखिएको छ । कमेडी च्याम्पियन टिमले अहिले सार्वजनिक गरेका ट्रेलरहरु युट्युब र फेसबुकमा रुचाइएका छन् । हेर्नुहोस् भिडियो–

निर्देशक विशाल भण्डारीका अनुसार शो फ्रेब्रुरी ६ देखि प्रसारण हुनेछ । दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको थियो । उत्कृष्ट २४ प्रतियोगीहरुमध्ये केही प्रतियोगीहरुलाई निर्णायकहरुले गोल्डेन कि दिएर सिधै उत्कृष्ट २४ मा तानेका थिए । बाँकी प्रतियोगीहरुभने निर्णायकहरुको अंक र निर्देशक टिमको छनौटका आधारमा उत्कृष्ट २४ मा परेका हुन् । कमेडी च्याम्पियनका निर्णायकहरुमा सिजन १ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । कमेडी च्याम्पियनको फिजिकल अडिसनमा केही प्रतियोगीहरुले हँसाएर निर्णायकहरुलाई नै समस्यामा पारिदिएका छन् । कमेडी च्याम्पियनको यो सिजन कान्तिपुर टिभी, रेडियो कान्तिपुर र ओएसआर डिजिटल मार्फत हेर्नसकिनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*