नेपाल स्टारका उत्कृष्ट ६ प्रतियोगीहरु

२१ पुष २०७७, मंगलवार १५:१५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २१ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ मा उत्कृष्ट ६ प्रतियोगीहरु छनौट भएका छन् । शोको उत्कृष्ट ७ मा पुगेका चर्चित प्रतियोगी समिक्षा दाहाल दर्शक भोटका आधारमा बाहिरिएपछि शोका उत्कृष्ट ६ प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ६ प्रतियोगीहरुमा लक्ष्मण लिम्बु, सुरेश लामा, सिद्धान्त खड्का, एलिना गुरुङ, सन्देश बम्जन लामा र अमिन परियार रहेका छन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट ६ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् ।

लक्ष्मण लिम्बु– नेपाल स्टारको उत्कृष्ट ६ मा पुगेका पहिलो प्रतियोगी हुन् लक्ष्मण लिम्बु । उत्कृष्ट ६ को छनौटको क्रममा उनले एक्सिस ब्याण्डको मुस्कान बोलको गीत गाएका थिए । उनको प्रस्तुतिलाई निर्णायकहरु सबैले प्रशंसा गरेका थिए । गलामा समस्या भएता पनि हाई अक्टेवमा पनि पावरफुल प्रस्तुति दिएकोमा निर्णायकहरुले उनको आवाजको प्रशंसा गरेका थिए ।

सुरेश लामा– नेपाल स्टारको उत्कृष्ट ६ मा पुगेका दोस्रो प्रतियोगी हुन् सुरेश लामा । उनले उत्कृष्ट ६ छनौटका क्रममा निर्णायकहरुको मन जित्ने प्रस्तुति दिएका थिए । गायक राजु लामाको ‘सायद तिम्रो बाटोमा’ बोलको गीत गाएका सुरेशलाई विशेष अतिथि सहित सबै निर्णायकहरु र सहभागीहरुले स्टाण्डिङ अवेशन दिएका थिए । पहिलो पटक रकिङ प्रस्तुति दिएका सुरेशको परिमार्जनलाई निर्णायक आलोक श्रीले प्रशंसा गरेका थिए । उनले भोईस क्र्याक गर्दै गाएको र नृत्य सहित गाएको भन्दै निर्णायकहरुले उनलाई राम्रो कमेन्ट गरेका छन् ।

सिद्धान्त खड्का– नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल तेस्रो प्रतियोगी हुन् सिद्धान्त खड्का । उनले उत्कृष्ट ६ को छनौटका क्रममा मन्त्र ब्याण्डको हिमाली नेपाली बोलको गीतमा रकिङ प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा सबै निर्णायक र सहभागीहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनले यही प्रस्तुतिबाट एक्सपर्ट अफ द डे अवार्ड पनि प्राप्त गरेका थिए । निर्णायक आलोक श्रीले उनलाई फायर अफ द फायरको संज्ञा दिँदै उनको प्रस्तुतिको प्रशंसा गरेका थिए । निर्णायक अञ्जु पन्त र रामकृष्ण ढकालले पनि उनको आवाजको प्रशंसा गरेका थिए । सिद्धान्तले उत्कृष्ट ६ को छनौटकै क्रममा पहिलो पटक एक्स्पर्ट अफ द डे अवार्ड जितेका हुन् ।

एलिना गुरुङ– नेपाल स्टारको उत्कृष्ट ६ मा पुगेकी चौथो प्रतियोगी हुन् एलिना गुरुङ । एलिनाले उत्कृष्ट ६ छनौटको क्रममा अभायाको गीत गाउँदै निर्णायकहरुले मन जितेकी थिईन् । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकालले उनको रकिङ प्रस्तुतिमा मेलोडी समावेश भएकोमा पनि प्रशंसा गरे । उनको वेष्टर्न प्याटर्नका गीतहरु राम्रो हुने कुरामा पनि उनले जोड दिएका थिए । निर्णायक अञ्जु पन्त, आलोक श्री र विशेष अतिथिले पनि उनको प्रशंसा गरेका थिए ।

सन्देश बम्जन लामा– नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल पाँचौँ प्रतियोगी हुन् सन्देश बम्जन लामा । उत्कृष्ट ६ को प्रस्तुतिका क्रममा सन्देशले हिँड्ने मान्छे लड्छ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । रकिङ प्रस्तुति दिएका सन्देशको प्रस्तुतिलाई पावरफुल र ओण्डरफुल भन्दै निर्णायक आलोक श्री र रामकृष्ण ढकालले उनको प्रशंसा गरेका थिए ।

अमिन परियार– नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल छैटौँ प्रतियोगी हुन् अमिन परियार । उत्कृष्ट ६ को छनौटका क्रम अमिनले रकिङ प्रस्तुति दिएका थिए । कबवेब ब्याण्डको मर्सिडिज बेन्ज गीत गाएका अमिनले सोही प्रस्तुतिबाट पफोमर अफ द डे अवार्ड पनि जितेका थिए । उनको प्रस्तुतिमा तिनै जना निर्णायकहरु र सहभागीहरुले स्टाण्डिङ अवेशन समेत दिएका थिए । अमिनको प्रस्तुति पश्चात निर्णायक रामकृष्ण ढकालले उनीप्रति रेस्पेक्ट पनि बढेको बताए । निर्णायक आलोक श्रीले अमिन पोखराको मात्र गायक नभई राष्ट्रकै गायक भएको बताए । उनको उज्ज्वल भविष्यको पनि उनले कामना गरेका थिए । उनको प्रस्तुतिलाई तारिफभन्दा पनि माथिल्लो लेभलको भएको बताए । निर्णायक अञ्जु पन्तले उनको प्रस्तुतिको प्रशंसा गर्दै उनी स्टेजकै लागि जन्मिएको बताईन् । उनको प्रस्तुति सधैँ उच्चकोटीको रहेको समेत उनले बताईन् । नेपाल स्टारको स्टेजमा नेपाली माईकल ज्याक्सन भनेर चिनिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । पोखरा अडिसनबाट छानिएका अमिनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । उनले उत्कृष्ट ६ को छनौटका क्रममा पहिलो पटक पफोमर अफ द डे अवार्ड जितेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*