सिद्धान्त खड्काले जितेरै छाडे पहिलो अवार्ड

२० पुष २०७७, सोमबार २०:२७
Featured Video Play Icon

मकवानपुर, २० पुस । नेपालको आफ्नै गायन रियालिटी शो ‘वाईवाई नेपाल स्टार’ को पावरप्याक पफोमरका रुपमा चिनिएका चर्चित प्रतियोगी सिद्धान्त खड्काले शोमा पहिलो अवार्ड जितेका छन् । शोको अडिसन राउण्डदेखि नै तहल्का मच्चाउँदै आईरहेका सिद्धान्त अवार्डको हकदार भएपनि उनले त्यो मौका पाएका थिएनन् । तर उनले उत्कृष्ट ६ को छनौटका क्रममा तहल्का मच्चाउँदै अवार्ड जितेरै छाडेका छन् । साथै उत्कृष्ट ६ भित्र पनि उनले आफुलाई समावेश गर्न सफल भएका छन् । उनले उत्कृष्ट ६ को छनौटका क्रममा मन्त्र ब्याण्डको हिमाली नेपाली बोलको गीतमा रकिङ प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा सबै निर्णायक र सहभागीहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनले यही प्रस्तुतिबाट एक्सपर्ट अफ द डे अवार्ड पनि प्राप्त गरेका हुन् । निर्णायक आलोक श्रीले उनलाई फायर अफ द फायरको संज्ञा दिँदै उनको प्रस्तुतिको प्रशंसा गरेका थिए । निर्णायक अञ्जु पन्त र रामकृष्ण ढकालले पनि उनको आवाजको प्रशंसा गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–

ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका छन् । उनले कतिपय प्रस्तुतिहरुमा निर्णायकहरुलाई स्पिचलेस समेत बनाईदिएका छन् । उनी नेपाल स्टारको मञ्चमा पावरप्याक पफोमरका रुपमा पनि चिनिएका छन् । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*