पहिलो अवार्ड जितेकै दिन स्टेजमै रोए अमिन, यस्तो छ उनको पर्दापछाडिको कथा

२० पुष २०७७, सोमबार २०:२१
Featured Video Play Icon

मकवानपुर, २० पुस । नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल अमिन परियारले यो साता सबै दर्शक र निर्णायकहरुको आँखाबाट आँशु खसालिदिएका छन् । उत्कृष्ट ६ को छनौटका क्रममा रकिङ प्रस्तुति दिएका अमिनले प्रस्तुतिका क्रममा निर्णायक र दर्शकहरु सबैलाई नचाएका थिए । तर जब प्रस्तुतिपश्चात उनको कथा प्रस्तुत गरियो तब अमिनको आँखाबाट आँशु थामिएन । अहिलेसम्म आफ्नो कथा टेलिभिजनमार्फत सार्वजनिक नगरेका अमिनको जीवनकथा स्टेजबाटै प्रस्तुत गरिँदा अमिनको आँशु सम्हालिएन । उनको पर्दापछाडिको कथा थाहा पाएर निर्णायक र सहभागीहरुका पनि आँखा रसाएका थिए । आफुबारेको भिडियो सार्वजनिक भएपश्चात बोल्दै गर्दा अमिनले आफुलाई सम्हाल्नै सकेनन् । हेर्नुहोस् भिडियो–

पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् । पोखराको एयरपोर्ट साईटमा अवस्थित सुकुम्बासी बस्तीबाट जन्मी हुर्केर जीवनयात्रा अगाडि बढाएका अमिन अहिले पनि सोही क्षेत्रमा बसोबास गर्छन् । ७ जनाको परिवारमा हुर्किएका अमिनले बुवाको दुःखलाई नजिकबाट चिन्ने मौका पाएका छन् । टुरिष्ट गाईडका रुपमा कार्यरत बुवाले अमिनलाई अगाडि बढाउनका लागि सहेको सहयोग गरेका छन् । हाउसपेन्टिङ देखि होटल लाईनसम्म संघर्ष गरेका बुवाको कथा सुन्दा अमिनका आँखा रसाउँछन् । सानैदेखि गीत गाउन र सांगितिक बाजाहरु ब्जाउन रुचाउने अमिनलाई उनका बुवाले संगीत सिक्न खर्च दिन त सकेनन् तर अमिनले आफ्नो सांगितिक यात्रालाई रोकिन दिएनन् । आफै सक्रिय भएर ब्याण्ड स्थापना गरेका अमिनलाई ब्याण्डकै मेम्बर र अग्रजहरुले अगाडि बढ्न हौसला दिएका थिए । ब्याण्डमार्फत काम गर्दै जाँदा शो गरेवापत एक हजार रुपैयाँ पाउने गरेका अमिनले त्यही पैसालाई संगीत क्षेत्रमा लाग्ने बाटो बनाए । पकेट खर्च मात्रै बोकेर अगाडि बढेका उनी झुप्रोबस्तीबाट लेकसाईडको रमझममा गाउने सपना देख्थे । उनका ती सपनाहरु आमा र बुवाको मदतले पुरा हुँदै गएको अमिन बताउँछन् । उनी आफ्नो लागि ३ जना दाईहरुले गरेको माया र दुःखलाई सदैव सम्झन चाहान्छन् ।

कबवेब ब्याण्डको मर्सिडिज बेन्ज गीत गाएका अमिनले सोही प्रस्तुतिबाट पफोमर अफ द डे अवार्ड पनि जितेका थिए । उनको प्रस्तुतिमा तिनै जना निर्णायकहरु र सहभागीहरुले स्टाण्डिङ अवेशन समेत दिएका थिए । अमिनको प्रस्तुति पश्चात निर्णायक रामकृष्ण ढकालले उनीप्रति रेस्पेक्ट पनि बढेको बताए । निर्णायक आलोक श्रीले अमिन पोखराको मात्र गायक नभई राष्ट्रकै गायक भएको बताए । उनको उज्ज्वल भविष्यको पनि उनले कामना गरेका थिए । उनको प्रस्तुतिलाई तारिफभन्दा पनि माथिल्लो लेभलको भएको बताए । निर्णायक अञ्जु पन्तले उनको प्रस्तुतिको प्रशंसा गर्दै उनी स्टेजकै लागि जन्मिएको बताईन् । उनको प्रस्तुति सधैँ उच्चकोटीको रहेको समेत उनले बताईन् । नेपाल स्टारको स्टेजमा नेपाली माईकल ज्याक्सन भनेर चिनिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । पोखरा अडिसनबाट छानिएका अमिनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*