समिक्षा बाहिरिँदा निर्णायकहरु नै भावुक

१९ पुष २०७७, आईतवार १६:१६
Featured Video Play Icon

मकवानपुर, १९ पुस । नेपाल स्टारमा रक स्टारका रुपमा चिनिएकी चर्चित प्रतियोगी समिक्षा दाहाल शोबाट बाहिरिएकी छिन् । उत्कृष्ट ७ मा पुगेकी समिक्षा शोमा संगीतका विभिन्न विधाहरुको कम्प्लीट प्याकेजका रुपमा पनि चिनिएकी थिईन् । आधुनिक, पप तथा रक जेनर लगायतका विभिन्न जेनरका गीतहरुलाई पनि न्याय गरेर गाउनसक्ने क्षमता भएकी समिक्षा दर्शक र निर्णायकहरुको मन जित्दै बाहिरिएकी छिन् । पहिलो नेपाल स्टार बन्नसक्ने क्यान्डिडेट रुपमा देखिएकी उनी अन्तत दर्शक भोटको कमि भएपछि बाहिरिएकी छिन् । गत साता बटम थ्रीमा परेपछि समिक्षा खतरामा परेकी थिईन् । यो साता बटम थ्रीमा परेका अमिन परियार, सुरेश लामा र समिक्षा दाहालमध्ये समिक्षाको नेपाल स्टार यात्रा टुंगिएको हो । शनिबार आफ्नो अन्तिम प्रस्तुतिमा उनले आफ्नो प्रस्तुतिलाई हजुरबुवाप्रति समर्पित गरेकी थिईन् । एकवर्ष अघि बित्नुभएको हजुरबुवाप्रति समर्पित गीत गाउँदा निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । नेपाल स्टारको अन्तिम प्रस्तुतिका रुपमा नाईन्टिन सेभेन्टी फो एडीको सम्बोधन बोलको गीत गाएकी समिक्षाले निर्णायक र दर्शकको मन जितेकी थिईन् । उनको प्रस्तुतिलाई सबै निर्णायकहरुले मनपराएका थिए । हेर्नुहोस् भिडियो–

समिक्षा बाहिरिदै गर्दा शोमा निर्णायकहरु भावुक भएका थिए । निर्णायक अञ्जु पन्तले योग्य गायिका बाहिरिँदा निक्कै दुःख लागेको बताईन् । निर्णायक रामकुष्ण ढकालले पनि शोको फर्म्याटका कारण दुःख लाग्ने गरेको बताए । निर्णायक आलोक श्री र विशेष अतिथिले पनि उनलाई आगामी दिनको लागि शुभकामना दिएका थिए । शोबाट बाहिरिँदै गर्दा समिक्षा पनि भावुक भएकी थिईन् । उनले आयोजक, निर्णायक, आफ्नो परिवार र भोट गरेर सहयोग गरिदिने सबै दर्शक श्रोतालाई आभार प्रकट गरेकी थिईन् । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षा ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ९ स्थित फिक्कल गैरीगाउँ निवासी हुन । समिक्षा बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् ।

उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । केही कभर तथा ओरिजिनल गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी थिईन् । उनी २३ वर्षकी छिन् । नेपाल कमर्स क्याम्पस (एनसीसी) बाट स्नातक गरेकी समिक्षाले फिक्कलकै पञ्चकन्या बोर्डिङ स्कूलबाट अध्ययन सुरु गरेकी थिईन् । उनले फिक्कल माविबाट प्लस टु सकाएकी हुन् । सुरुमा नाच्न धेरै रुचाउने समिक्षाले अध्ययनका लागि काठमाडौँमा आएपछि गायनमा रुचि देखाएकी हुन् । सांगीतिक क्षेत्रमा स्थापित उनका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्छिन् । बुवा मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठी छोरीको रुपमा समिक्षाको जन्म भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*