द भ्वाईस अफ नेपाल सिजन ३ को प्रिअडिसन सुरु

१८ पुष २०७७, शनिबार १९:०९
Featured Video Play Icon

मकवानपुर, १८ पुस । नेपालमा गायन रियालिटि शोहरुमध्ये सर्वाधिक रुचाइएको गायन रियालिटि शो ‘द भ्वाईस अफ नेपाल’ को तेस्रो सिजन छिट्टै सुरु हुँदैछ । डिजिटल अडिसन समेत सकिसकेको यस शोको अहिले धमाधम प्रिअडिसन पनि भईरहेको छ । हिमालय टेलिभिजनबाट छिट्टै प्रसारणको तयारीमा रहेको यस सिजनमा पनि गायक प्रमोद खरेल सहित अन्य कोचहरुले सहभागीहरुलाई गाईड गर्नेछन् । यसैबिच हिमालय टिभीको अफिसियल युट्युब च्यानलबाट द भ्वाईस अफ नेपाल सिजन ३ को प्रि अडिसनका बारेमा भिडियो समेत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको भिडियो अनुसार प्रिअडिसनमा केही चर्चित अनुहारहरु पनि सहभागी हुँदैछन् । हेर्नुहोस् भिडियो–

प्रि अडिसनमा टिकाथली ललितपुरका रोहित बस्नेत, समिरा थपलिया, श्रेया नेपाल, सुनिता बिसी लगायतका थुप्रै प्रतियोगीहरुले अडिसन दिएका छन् । उनीहरुमध्ये केही प्रतियोगीहरु यसअघि नै नेपाल आईडल, नेपाल स्टार लगायतका चर्चित गायन रियालिटी शोहरुमा सहभागी भईसकेका प्रतियोगीहरु हुन् । भ्वाईस अफ नेपालको सिजन १ मा सिडी बिजय अधिकारीले जित हासिल गरेका थिए भने दोस्रो सिजन राम लिम्बुले जितेका थिए । अब तेस्रो सिजनका लागि डिजिटल अडिसन र प्रिअडिसन हुँदै ब्लाईन्ड अडिसन हुने तयारी रहेको छ । ब्लाईन्ड अडिसनमा छनौट भएपछि मात्रै वास्तविक रुपमा द भ्वाईस अफ नेपालको यात्रा सुरु हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*