यो हप्ता कसले मार्ला बाजी ?

१८ पुष २०७७, शनिबार १८:३९
Featured Video Play Icon

मकवानपुर, १८ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ मा यो साता उत्कृष्ट ६ प्रतियोगीहरु छानिँदैछन् । उत्कृष्ट ७ मा पुगेका प्रतियोगीहरुमध्ये उत्कृष्ट ६ मा कसले बाजी मार्लान् भन्ने चर्चा यतिखेर दर्शकहरुमाझ छ । गत साता बटम थ्रीमा परेका कारण अमिन परियार र समिक्षा दाहाल खतरामा छन् भने अन्य ५ प्रतियोगीहरु सुरक्षित लाईनमा छन् । गत साता अवार्ड जितेका आधारमा सुरेश लामा र लक्ष्मण लिम्बु उत्कृष्ट ६ मा पुग्नसक्ने अनुमान दर्शकहरुले गरेका छन् । तर गत साता जस्तो नतिजा आएको भएपनि यो सातासम्म दर्शकहरुबाट प्राप्त भोटका आधारमा उत्कृष्ट ६ जना छानिने भएकोले कुन प्रतियोगीले बाजी मार्लान् वा कसले बाजी हार्लान् भन्ने बारेमा यसै भन्नसकिने अवस्था छैन । तपाईको विचारमा उत्कृष्ट ६ मा कुन कुन प्रतियोगीले बाजी मार्लान् ? कृपया तपाईको विचार लेख्नुहोस् । हेर्नुहोस् भिडियो–

नेपाल स्टारको उत्कृष्ट ७ मा पुगेका लक्ष्मण लिम्बु उत्कृष्ट ६ मा पुग्नसक्ने बलियो प्रतिस्पर्धी हुन् । उनले उत्कृष्ट ७ को छनौटको क्रममा निर्णायकहरुको मन जितेका थिए । उनले गत साता नै पफोमर अफ द डे अवार्ड समेत जितेका थिए । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणलाई विभिन्न राउण्डहरुमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही गीतहरु चर्चित बनेका छन् । अर्का चर्चित प्रतियोगी सुरेश लामा उत्कृष्ट ६ मा पुग्नसक्ने बलियो आधारमा भएका प्रतियोगी हुन् । उनले उत्कृष्ट ७ छनौटका क्रममा निर्णायकहरुको मन जित्ने प्रस्तुति दिएका थिए । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ अवेशन प्राप्त गरेका छन् । उनले उत्कृष्ट ७ को छनौटका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरेका थिए । नेपाल स्टारको उत्कृष्ट ६ मा पुग्नसक्ने अर्का बलियो प्रतियोगी हुन् सिद्धान्त खड्का । उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा उनलाई निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका छन् । उनले कतिपय प्रस्तुतिहरुमा निर्णायकहरुलाई स्पिचलेस समेत बनाईदिएका छन् । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।

त्यस्तै उत्कृष्ट ६ मा पुग्नसक्ने अर्का प्रतियोगी हुन् एलिना गुरुङ । एलिनाले उत्कृष्ट ७ छनौटको क्रममा निर्णायकहरुले मन जितेकी थिईन् । उनको प्रस्तुतिमा निर्णायक आलोक श्रीले स्टाण्डिङ अवेशन दिएका थिए । एलिना बिगत ४ वर्षदेखि साँगितिक क्षेत्रमा सक्रिय छिन् । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् । सन्देश बम्जन लामाले पनि उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा निर्णायकहरुको मन जितेका थिए । उनको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । सन्देशले उत्कृष्ट ८ छनौटको क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । अमिन परियारले पनि उत्कृष्ट ७ को छनौटका क्रम निर्णायक आलोक श्रीबाट स्टाण्डिङ अवेशन पाएका थिए । उनको प्रस्तुतिलाई निर्णायकहरुले बेजोडको प्रस्तुति भन्दै प्रशंसा गरेका थिए । नेपाल स्टारको स्टेजमा नेपाली माईकल ज्याक्सन भनेर चिनिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । पोखरा अडिसनबाट छानिएका अमिनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । समिक्षा दाहाल त्यस्ता प्रतियोगी हुन् जसको रकिङ प्रस्तुतिको निर्णायकहरुले पनि प्रशंसा गर्छन् । उत्कृष्ट ७ छनौटका क्रममा निर्णायक आलोक श्री र रामकृष्ण ढकालले उनलाई स्टाण्डिङ अवेशन दिएका थिए । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षाले केही कभर तथा ओरिजिनल गीतहरु समेत गाएकी छिन् । समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् । उनी नेपाल स्टारमा रक स्टारका रुपमा चिनिदै आएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*