अंशिका शर्मा बनिन् मिस युनिभर्स नेपाल २०२० को विजेता

१६ पुष २०७७, बिहीबार १५:०९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १६ पुस । मिस युनिभर्स नेपाल २०२० को ताज अंशिका शर्माले जितेकी छिन् । बुधबार भएको फाईनल शोमा फाईनलमा पुगेका निनाकान्त मण्डल, सुजिता बस्नेत, दिक्ता थापा र न्यान्सी खड्कालाई पछि पार्दै अंशिकाले ताज जितेकी हुन् । अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने अंशिका यसअघि नै मिस नेपाल ओसियाना २०२० की फर्स्ट रनर अप समेत भईसकेकी थिईन् । उनले त्यस समयमा मिस पब्लिक च्वाईस अवार्ड पनि जितेकी थिईन् । उनी काठमाडौँ निवासी हुन् । अंशिकाले ११ हजार २ सय ६६ भोट प्राप्त गर्दै मिस फियर्स अवार्ड समेत जितेकी थिईन् । हेर्नुहोस् भिडियो–

अंशिकाले ताज जितेसँगै सुजिता बस्नेत फर्स्ट रनर अप भएकी थिईन् । सुजिताले ४ हजार ५ सय ३२ भोट प्राप्त गर्दै मिस लाईफ स्टाईलको अवार्ड समेत जितेकी थिईन् । त्यस्तै फाईनलमा पुगेकी निनाकान्त मण्डल सेकेण्ड रनरअप भएकी छिन् । निना मिस युनिभर्स नेपालमा पहिलो सबटाईटल विजेता समेत हुन् । उनले मिस सोसियल एड्भोकेसी सबटाईटल अवार्ड जितेकी हुन् । सबटाईटल जितेसँगै उनी उत्कृष्ट १० अर्थात सेमिफाईनलमा पुग्ने पहिलो प्रतियोगी समेत बनेकी थिईन् । त्यस्तै दिक्ता थापा थर्ड रनर अप भएकी छिन् भने न्यान्सी खड्का फोर्थ रनर अप भएकी छिन् । न्यान्सी २७ हजार ८ सय ५० भोट प्राप्त गर्दै मिस फ्याबुलस अवार्ड समेत जितेकी थिईन् ।

मिस नेपाल युनिभर्स नेपालको उत्कृष्ट १० अर्थात सेमिफाईनलमा अंशिका शर्मा, निनाकान्त मण्डल, सुजिता बस्नेत, दिक्ता थापा,न्यान्सी खड्का, परिक्षा विष्ट, प्रिया सिग्देल, रोशनी खत्री, आरिका रानाभाट र परामिता राना पुगेकी थिईन् । जसमध्ये ५ जना फाईनलमा भिडेका थिए ।
आदरणीय दर्शकविन्द, तपाईलाई मिस युनिभर्स नेपालको रिजल्ट कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*