लक्ष्मण लिम्बुको पहिलो जीत

१५ पुष २०७७, बुधबार १७:०४
Featured Video Play Icon

मकवानपुर, १५ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ का चर्चित प्रतियोगी लक्ष्मण लिम्बुले शोमा आफ्नो पहिलो जित हासिल गरेका छन् । नेपाल स्टारको उत्कृष्ट ७ मा पुगेका लक्ष्मणले उत्कृष्ट ७ को छनौटको क्रममा निर्णायकहरुको मन जित्दै पफोमर अफ द डे अवार्ड जितेका हुन् । नेपाल स्टारमा पफोमर अफ द डे जित्ने उनी पहिलो प्रतियोगी हुन् । उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा उनले डेनी डेङ्जोङ्पाको ‘रातो रानी फुलेझैँ साँझमा’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिको प्रशंसा गर्दै निर्णायक आलोक श्रीले उनलाई डेनीको भाई जस्तो देखिएको बताए । निर्णायक अञ्जु पन्तले उनको प्रस्तुतिलाई बुलन्द प्रस्तुति भएको बताईन् । निर्णायक रामकृष्ण ढकालले उनको आवाजको प्रशंसा गरेका थिए । हेर्नुहोस् भिडियो–

काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणलाई विभिन्न राउण्डहरुमा निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही गीतहरु चर्चित बनेका छन् । लक्ष्मणका चर्चित गीतहरु समावेश भएको खुल्दुली एल्बम चर्चामा आएको एल्बम हो । २८ वर्षीय लक्ष्मण तेह्रथुमको श्रीजुङ निवासी हुन् । ताप्लेजुङ आईडलमार्फत गायन क्षेत्रमा उदाएका लक्ष्मण उनको मावली ताप्लेजुङमै हुर्किएका थिए । सोही क्रममा उनी ताप्लेजुङ आईडलमा सहभागी भएर विजेता समेत भएका थिए । ताप्लेजुङ आईडलपछि उनी लिम्बुवान आईडलमा पनि सहभागी भएका थिए । जहाँ उनी फस्र्ट रनर अप भएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*