सुरेश लामाले जिते पहिलो अवार्ड

१४ पुष २०७७, मंगलवार २०:३८
Featured Video Play Icon

मकवानपुर, १४ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ का चर्चित प्रतियोगी सुरेश लामाले शोमा पहिलो अवार्ड जितेका छन् । उनले उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा ‘ एक्स्पर्ट अफ द डे अवार्ड’ प्राप्त गरेका हुन् । नेपाल स्टारको उत्कृष्ट ७ सम्म पुगिसकेका सुरेशले शोमा निर्णायकहरुको मन जित्दै अवार्ड जितेका हुन् । उनले उत्कृष्ट ७ छनौटका क्रममा निर्णायकहरुको मन जित्ने प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनले यही प्रस्तुतीबाट पहिलो पटक एक्सपर्ट अफ द डे अवार्ड जितेका हुन् । निर्णायक रामकृष्ण ढकालले सुरेशको गायनलाई प्रशंसा गर्दै उनको आवाजको प्रशंसा गरेका थिए । निर्णायक अञ्जु पन्तले उनको हाई स्केल आवाजको निक्कै प्रशंसा गरेकी थिईन् । निर्णायक आलोक श्रीले उनको आवाजको प्रशंसा गर्दै कुनैपनि संगीतकारले उनीसँग काम गर्न लालायित हुने बताए । उत्कृष्ट ७ को प्रस्तुतिपछि उनलाई उनको आईडल तथा चर्चित गायिका आनी छोईङ डोल्माले भोट अपिल गरेकी थिईन् । उनलाई निर्णायक रामकृष्ण ढकाललेस्टेजबाटै एक भोट पनि गरेका थिए । हेर्नुहोस् भिडियो–

काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरेका छन् । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । उनी २८ वर्षका छन् । सुरेश पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको सुरेशले औपचारिक रुपमा संगीत भने सिक्न पाएनन् । सानो छँदा गुम्बामै बसेर खाना पकाउने काम गरेको अनुभव उनीसँग छ । गुम्बामै बसेको समयमा उनले गायिका आनी छोईङ डोल्मालाई नजिकबाट चिन्ने मौका पाएका थिए ।

गायक रामकृष्ण ढकालको गीतहरु सुन्न रुचाउने र गुनगुनाउने सुरेशलाई राम्रो गीत गाएको भन्दै आनीले प्रशंसा गर्ने गर्थे । उनलाई आनीले नै संगीतकार न्यु बज्राचार्यसँग भेटाईदिएका थिए । केही समय संगीतकार बज्रचार्यसँगै काम गर्ने मौका पाएका उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट निक्कै प्रभावित छन् । साथै गायिका आनी छोईङ डोल्मा पनि उनको आवाजको प्रशंसक हुन् । सुरेशलाई सानैमा उनका आमा र बुवाले गायक बनाउने सपना देखेका थिए । तर उनीहरुले त्यो सपना पुरा भएको भने हेर्न पाएनन् । जीवनयात्राकै क्रममा बैदेशिक रोजगारको लागि मलेसिया पुगेको समयमै सुरेशले आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । विदेशको गएको ६ महिनामै आमा गुमाएका उनले त्यसको एकवर्षपछि बुवा पनि गुमाएका हुन् । उनले उत्कृष्ट ७ को छनौटका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*