नेपाल स्टारका उत्कृष्ट ७ प्रतियोगीहरु

१४ पुष २०७७, मंगलवार १७:०१
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १४ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ मा उत्कृष्ट ७ प्रतियोगीहरु छनौट भएका छन् । शोको उत्कृष्ट ८ मा पुगेका चर्चित प्रतियोगी विशालदेव श्रेष्ठ दर्शक भोट र निर्णायक मतका आधारमा बाहिरिएपछि शोका उत्कृष्ट ७ प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ७ प्रतियोगीहरुमा लक्ष्मण लिम्बु, सुरेश लामा, सिद्धान्त खड्का, एलिना गुरुङ, सन्देश बम्जन लामा, अमिन परियार र समिक्षा दाहाल रहेकी छिन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट ७ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् ।

लक्ष्मण लिम्बु– नेपाल स्टारको उत्कृष्ट ७ मा पुगेका पहिलो प्रतियोगी हुन् लक्ष्मण लिम्बु । उत्कृष्ट ७ को छनौटको क्रममा उनले निर्णायकहरुको मन जितेका थिए । उनले पफोमर अफ द डे अवार्ड जित्नेगरी प्रस्तुति दिएका थिए । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणलाई विभिन्न राउण्डहरुमा निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही गीतहरु चर्चित बनेका छन् । २८ वर्षीय लक्ष्मण तेह्रथुमका हुन् । उनले उत्कृष्ट ७ छनौटका क्रममा पफोमर अफ द डे अवार्ड जितेका थिए ।

सुरेश लामा– नेपाल स्टारको उत्कृष्ट ७ मा पुगेका दोस्रो प्रतियोगी हुन् सुरेश लामा । उनले उत्कृष्ट ७ छनौटका क्रममा निर्णायकहरुको मन जित्ने प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनले यही प्रस्तुतीबाट पहिलो पटक एक्सपर्ट अफ द डे अवार्ड पनि जितेका छन् । निर्णायक रामकृष्ण ढकालले सुरेशको गायनलाई प्रशंसा गर्दै उनको आवाजको प्रशंसा गरेका थिए । निर्णायक अञ्जु पन्तले उनको हाई स्केल आवाजको निक्कै प्रशंसा गरेकी थिईन् । निर्णायक आलोक श्रीले उनको आवाजको प्रशंसा गर्दै कुनैपनि संगीतकारले उनीसँग काम गर्न लालायित हुने बताए । उत्कृष्ट ७ को प्रस्तुतिपछि उनलाई उनको आईडल तथा चर्चित गायिका आनी छोईङ डोल्माले भोट अपिल गरेकी थिईन् । उनलाई निर्णायक रामकृष्ण ढकाललेस्टेजबाटै एक भोट पनि गरेका थिए । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरेका छन् । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । उनी २८ वर्षका छन् । सुरेश पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको सुरेशले औपचारिक रुपमा संगीत भने सिक्न पाएनन् । सानो छँदा गुम्बामै बसेर खाना पकाउने काम गरेको अनुभव उनीसँग छ । गुम्बामै बसेको समयमा उनले गायिका आनी छोईङ डोल्मालाई नजिकबाट चिन्ने मौका पाएका थिए । गायक रामकृष्ण ढकालको गीतहरु सुन्न रुचाउने र गुनगुनाउने सुरेशलाई राम्रो गीत गाएको भन्दै आनीले प्रशंसा गर्ने गर्थे । उनलाई आनीले नै संगीतकार न्यु बज्राचार्यसँग भेटाईदिएका थिए । केही समय संगीतकार बज्रचार्यसँगै काम गर्ने मौका पाएका उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट निक्कै प्रभावित छन् । साथै गायिका आनी छोईङ डोल्मा पनि उनको आवाजको प्रशंसक हुन् । सुरेशलाई सानैमा उनका आमा र बुवाले गायक बनाउने सपना देखेका थिए । तर उनीहरुले त्यो सपना पुरा भएको भने हेर्न पाएनन् । जीवनयात्राकै क्रममा बैदेशिक रोजगारको लागि मलेसिया पुगेको समयमै सुरेशले आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । विदेशको गएको ६ महिनामै आमा गुमाएका उनले त्यसको एकवर्षपछि बुवा पनि गुमाएका हुन् । उनले उत्कृष्ट ७ को छनौटका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरेका थिए ।

सिद्धान्त खड्का– नेपाल स्टारको उत्कृष्ट ७ मा पर्न सफल तेस्रो प्रतियोगी हुन् सिद्धान्त खड्का । उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा उनलाई निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायक ढकालले सिद्धान्तको प्रस्तुतिको प्रशंसा गर्दै उनले स्टेजलाई सधैँ न्याय गरेको बताए । उनको आवाजको क्वालिटीलाई नखस्कीने आवाज भन्दै निर्णायक अञ्जु पन्तले प्रशंसा गरेकी थिईन् । निर्णायक आलोक श्री र विशेष अतिथि दिपक लिम्बुले पनि उनको आवाजको प्रशंसा गरेका थिए । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका छन् । उनले कतिपय प्रस्तुतिहरुमा निर्णायकहरुलाई स्पिचलेस समेत बनाईदिएका छन् । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।

एलिना गुरुङ– नेपाल स्टारको उत्कृष्ट ७ मा पुगेकी चौथो प्रतियोगी हुन् एलिना गुरुङ । एलिनाले उत्कृष्ट ७ छनौटको क्रममा निर्णायकहरुले मन जितेकी थिईन् । उनको प्रस्तुतिमा निर्णायक आलोक श्रीले स्टाण्डिङ अवेशन दिएका थिए । पप जेनरबाट आधुनिकको यात्रा तय गरेकी एलिनाको निर्णायकहरुले प्रशंसा गरेका थिए । एलिना बिगत ४ वर्षदेखि साँगितिक क्षेत्रमा सक्रिय छिन् । उनी पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

सन्देश बम्जन लामा– नेपाल स्टारको उत्कृष्ट ७ मा पर्न सफल पाँचौँ प्रतियोगी हुन् सन्देश बम्जन लामा । उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा सन्देशले निर्णायकहरुको मन जितेका थिए । उनको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी प्रदेश नम्बर १ धरान सुनसरी निवासी हुन् । समाजसेवी बुवा र पसल सञ्चालन गर्ने आमाले उनलाई संगीत क्षेत्रमा लाग्न हौसला दिने गरेका छन् । पारिवारिक अवस्थाका कारण संगीत सिकेर संगीत क्षेत्रमा लाग्न नसकेता पनि उनी आफुले काम गर्ने रेष्टुरेन्टबाटै संगीतमा खारिँदै गए । उनी सोही रेष्टुरेन्टमा गीत गाउँदै अघि बढेका थिए । यसरी काम गर्ने ठाउँबाट आएको तलब जम्मा गर्दै ऋण लिएर होटल व्यवसायमै लागेका सन्देशले महामारीकै कारण होटल समेत बन्द गर्नुपर्यो । सानैदेखि गीत गाउन रुचि राख्ने गरेका सन्देश नेपाल स्टारमा एक आसा लाग्दा प्रतियोगीका रुपमा देखिएका छन् । सन्देशले उत्कृष्ट ८ छनौटको क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए ।

अमिन परियार– नेपाल स्टारको उत्कृष्ट ७ मा पर्न सफल छैटौँ प्रतियोगी हुन् अमिन परियार । उत्कृष्ट ७ को छनौटका क्रम अमिनले निर्णायक आलोक श्रीबाट स्टाण्डिङ अवेशन पाएका थिए । उनको प्रस्तुतिलाई निर्णायकहरुले बेजोडको प्रस्तुति भन्दै प्रशंसा गरेका थिए । नेपाल स्टारको स्टेजमा नेपाली माईकल ज्याक्सन भनेर चिनिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । पोखरा अडिसनबाट छानिएका अमिनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् ।

समिक्षा दाहाल– नेपाल स्टारको उत्कृष्ट ७ मा पुगेकी सातौँ प्रतियोगी हुन् समिक्षा दाहाल । उत्कृष्ट ७ छनौटका क्रममा निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनलाई निर्णायक आलोक श्रीले संगीतको एकमात्र कम्प्लीट प्याकेज भनेका छन् । रक जेनरका साथै आधुनिक शैलीको गीत पनि निक्कै राम्रो गाएको भन्दै उनले समिक्षाको प्रशंसा गरेका थिए । निर्णायक रामकृष्ण ढकालले नेपाल स्टार बन्नसक्ने क्यान्डिडेट भएको समेत भनेका छन् । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षा ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ९ स्थित फिक्कल गैरीगाउँ निवासी हुन । समिक्षा बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । केही कभर तथा ओरिजिनल गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् । उनी नेपाल स्टारमा रक स्टारका रुपमा चिनिदै आएकी छिन् । उनी २३ वर्षकी छिन् । नेपाल कमर्स क्याम्पस (एनसीसी) बाट स्नातक गरेकी समिक्षाले फिक्कलकै पञ्चकन्या बोर्डिङ स्कूलबाट अध्ययन सुरु गरेकी थिईन् । उनले फिक्कल माविबाट प्लस टु सकाएकी हुन् । सुरुमा नाच्न धेरै रुचाउने समिक्षाले अध्ययनका लागि काठमाडौँमा आएपछि गायनमा रुचि देखाएकी हुन् । सांगीतिक क्षेत्रमा स्थापित उनका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्छिन् । बुवा मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठी छोरीको रुपमा समिक्षाको जन्म भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*