पहिलो अवार्ड विजेताको रेकर्ड राख्दै बाहिरिए विशालदेव श्रेष्ठ

१४ पुष २०७७, मंगलवार १२:१७
Featured Video Play Icon

मकवानपुर, १४ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को पहिलो अवार्ड विजेता विशालदेव श्रेष्ठ शोबाट बाहिरिएका छन् । नेपाल स्टारको पहिलो सिजनमा पहिलो पटक अवार्ड जितेका विशाल उत्कृष्ट ८ सम्म पुगेर बाहिरिएका हुन् । विशालले उत्कृष्ट १० को प्रस्तुतिका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए जुन अवार्ड शोमा दिइएको पहिलो अवार्ड हो । हेर्नुहोस् भिडियो–

उनलाई उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा निर्णायक आलोक श्रीले स्टाण्डिङ अवेशन दिएका थिए । उनले अन्तिम प्रस्तुतिका क्रममा सपना भुलाई सारा बोलको गीत गाएका थिए । उक्त गीतमा सुरुमा राखिएको आलापलाई निर्णायकहरुले निक्कै प्रंशंसा गरेका थिए । विशालले उत्कृष्ट प्रस्तुति दिएता पनि दर्शक भोट कम भएपछि उनी शोबाट बाहिरिएका हुन् । उत्कृष्ट ७ को छनौटका क्रममा विशालसँगै समिक्षा दाहाल र अमिन परियार बटम थ्रीमा परेका थिए । विशाल बाहिरिपछि उनीहरु सुरक्षित भएका छन् । शोबाट बाहिरिँदै गर्दा उनले दर्शक र श्रोताहरुलाई आभार प्रकट गरेका थिए ।

ईटहरी अडिसनबाट छानिएका विशालले निर्णायकहरुको मन जित्दै अगाडि बढेका थिए । झापाका विशालले षडज् राउण्डमा दिएको प्रस्तुतिबाट निर्णायक आलोक श्रीले आफु उनको फ्यान भएको बताएका थिए । फ्रेस आवाज र कम्पोजिसनलाई बुझेर गीत गाउने गायकका रुपमा चिनिएका विशाललाई निर्णायकहरुले प्रशंसा गरेका थिए । विभिन्न सांगितिक कार्यक्रमहरुमा सहभागी भईरहने विशालका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । सानैदेखि गायनमा रुचि राख्दै आएका विशाल झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी निवासी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*