कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट २४ प्रतियोगीहरु

१४ पुष २०७७, मंगलवार ०८:५५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १४ पुस । कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनबाट उत्कृष्ट २४ प्रतियोगीहरु छानिएका छन् । डिजिटल अडिसनबाट छानिएका प्रतियोगीहरु फिजिकल अडिसनमा भिडेका थिए । निर्देशक विशाल भण्डारीका अनुसार शो फ्रेब्रुरी ६ देखि प्रसारण हुनेछ । दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको थियो । उत्कृष्ट २४ प्रतियोगीहरुमध्ये केही प्रतियोगीहरुलाई निर्णायकहरुले गोल्डेन कि दिएर सिधै उत्कृष्ट २४ मा तानेका थिए । बाँकी प्रतियोगीहरुभने निर्णायकहरुको अंक र निर्देशक टिमको छनौटका आधारमा उत्कृष्ट २४ मा परेका हुन् । कमेडी च्याम्पियनका निर्णायकहरुमा सिजन १ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियनको सिजन २ का उत्कृष्ट २४ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो–

बिक्की अग्रवाल–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका पहिलो प्रतियोगी हुन् बिक्की अग्रवाल । उनी सिक्किम निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउन सफल पहिलो प्रतियोगी पनि हुन् । उनी फिल्म मेकिङमा पनि सक्रिय छन् । उनी युट्युबर समेत हुन् । उनको कमिक टाईमिङ र समय सापेक्ष अर्गानिक कन्टेटलाई निर्णायकहरुले मनपराएका थिए ।
पुष्पराज ओझा–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका दोस्रो प्रतियोगी हुन् पुष्पराज ओझा । उनी धनकुटा निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउने दोस्रो प्रतियोगी पनि हुन् । उनी स्वास्थ्यकर्मी पनि हुन् । उनले फिजिकल अडिसनमा समावेश गरेका पात्रहरुको हाँस्यव्यङ्ग्यलाई निर्णायकहरुले मनपराएका छन् ।
तपेश्वर सिंह–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका तेस्रो प्रतियोगी हुन् तपेश्वर सिंह । उनी सिराहा निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउने तेस्रो प्रतियोगी पनि हुन् । उनले फिजिकल अडिसनमा निर्णायकहरुलाई खुबै हँसाएका थिए । उनी मधेशी रोष्टरका नामले पनि परिचित छन् । उनी युट्युबर पनि हुन् ।
पवन भट्टराई–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका चौथो प्रतियोगी हुन् पवन भट्टराई । उनी असाम निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउने चौथो प्रतियोगी पनि हुन् । उनले हाम्रो वरपर नै रहेको सामान्य कुराहरुबाट निर्णायकहरुलाई हँसाउन सफल भएका थिए । उनी डिटिभीमा पनि कार्यरत छन् ।

श्रेया सुबेदी–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेकी पाँचौँ प्रतियोगी हुन् श्रेया सुवेदी । उनी झापाको दमक निवासी हुन् । उनी व्यक्तिगत युट्युब च्यानल पनि संचालन गर्छिन् । उनी उत्कृष्ट २४ मा पुगेकी पहिलो महिला प्रतियोगी पनि हुन् ।
हिकमत महरा–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका छैटौँ प्रतियोगी हुन् हिकमत महरा । उनी बैतडी निवासी हुन् । उनी निर्णायकहरुको मन जित्दै कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पर्न सफल भएका हुन् ।
सुदर्शन भाई सुबेदी–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका सातौँ प्रतियोगी हुन् सुदर्शन भाई सुवेदी । उनी ईलाम निवासी हुन् । सुदर्शन युट्युबर पनि हुन् । उनी ईनडेप्थ स्टोरी नामक युट्युब च्यानल पनि संचालन गर्छन् ।
एलिश भट्टराई–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका आठौँ प्रतियोगी हुन् एलिश भट्टराई । झापा निवासी एलिश एग्रिकल्चर तथा फरेष्ट्रि अध्ययन गरेका छन् । उनले कमेडी युट्युब च्यानलसमेत सुरुवात गरिसकेका छन् ।

भरतमणि पौडेल–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका नवौँ प्रतियोगी हुन् भरतमणि पौडेल । उनी ताप्लेजुङ निवासी हुन् । उनी कमेडियनका रुपमा नभई आरजे तथा टेक्निसियनका रुपमा पनि कार्यरत भईसकेका प्रतियोगी हुन् ।
सुशान्त बस्याल–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका दशौँ प्रतियोगी हुन् सुशान्त बस्याल । उनी काठमाडौँ निवासी हुन् । उनी निर्णायकहरुको मन जित्दै कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पर्न सफल भएका हुन् ।
बिदुर खनाल–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका एघारौँ प्रतियोगी हुन् बिदुर खनाल । उनी काठमाडौँ निवासी हुन् । नेपग्याजममा कमेडी गरेर तहल्का मच्चाएका बिदुर कमेडियनका रुपमा परिचय बनाईसकेका प्रतियोगी हुन् ।
कैलाश कार्की–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका बाह्रौँ प्रतियोगी हुन् कैलाश कार्की । उनी शोलुखुम्बु निवासी हुन् । कमेडी च्याम्पियन सिजन १ मा पनि सायरी किङका रुपमा चर्चा कमाएका उनले दोस्रो सिजनमा पनि तहल्का मच्चाउने आसा गरिएको छ । उनी आरजे पनि हुन् ।

प्रभात लामा–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका तेह्रौँ प्रतियोगी हुन् प्रभात लामा । उनी निर्णायकहरुको मन जित्दै कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पर्न सफल भएका हुन् । आरजे भिजे तथा कलाकारका रुपमा समेत परिचित प्रभातले कमेडी च्याम्पियनमा पनि तहल्का मच्चाउने अनुमान गरिएको छ । उनी यसअघि नै रेडियो अडियो, फर्सी नेटवर्क, हेटौँडा एफएम लगायतका मिडियाहरुमा चर्चित भएका थिए ।
सुन्दर खनाल–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका चौधौँ प्रतियोगी हुन् सुन्दर खनाल । चर्चित कमेडियनका रुपमा चिनिसकिएका उनी स्टाण्डअप कमेडियन, मिमिक्री आर्टिस्ट, कलाकार तथा आरजे र भिजे पनि हुन् । उनी कम्पोजरका साथै लेखकका रुपमा पनि परिचित छन् । उनी पोखरा निवासी हुन् । उनी रेडियोदेखि नेपाल टेलिभिजनमा समेत काम गरिसकेका प्रतियोगी हुन् । साथै उनी युट्युबर समेत हुन् ।
आशिष न्यौपाने–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका पन्ध्रौँ प्रतियोगी हुन् आशिष न्यौपाने । उनी गोरखा निवासी हुन् । उनी रेडियो काठमाडौँमा कार्यरत छन् । उनी सञ्चारकर्मी हुन् ।
विकाश अर्याल–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका सोह्रौँ प्रतियोगी हुन् विकाश अर्याल । उनी स्याङ्जा निवासी हुन् । विकाशले यसअघि नै विभिन्न कमेडी भिडियोहरुमा पनि अभिनय गरिसकेका छन् ।

दर्पण शर्मा–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका सत्रौँ प्रतियोगी हुन् दर्पण शर्मा । उनी धनगढी निवासी हुन् । उनी निर्णायकहरुको मन जित्दै कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पर्न सफल भएका हुन् ।
विरेन्द्र खड्का–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका अठारौँ प्रतियोगी हुन् विरेन्द्र खड्का । उनी अर्घाखाँची निवासी हुन् । उनी ट्यालेन्ट क्वेष्ट लगायतका विभिन्न प्रतियोगीताहरुमा पनि सहभागी भइसकेका छन् ।
श्वेता चौलागाई–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेकी उन्नाईसौँ प्रतियोगी हुन् श्वेता चौलागाई । उनी काठमाडौँ निवासी हुन् । उनी उत्कृष्ट २४ मा पुगेकी दोस्रो महिला प्रतियोगी हुन् ।
सञ्जय भट्टराई–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका बिसौँ प्रतियोगी हुन् सञ्जय भट्टराई । उनी गुल्मी तम्घास निवासी हुन् । उनी युट्युबमा पनि सक्रिय छन् ।

सन्तोष थापा–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका एक्काईसौँ प्रतियोगी हुन् सन्तोष थापा । उनी गोरखा निवासी हुन् । उनी विभिन्न सर्ट मुभी तथा कमेडी भिडियोहरुमा पनि अभिनय गर्छन् ।
रविन मुस्सासहाङ लिम्बु–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका बाईसौँ प्रतियोगी हुन् रविन मुस्सासहाङ । उनी मोरङ निवासी हुन् । उनी निर्णायकहरुको मन जित्दै कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पर्न सफल भएका हुन् ।
सुजन दाहाल–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका तेईसौँ प्रतियोगी हुन् सुजन दाहाल । उनी ईटहरीमा बस्छन् । उनी स्ट्याण्ड अप कमेडीमा सहभागी भईरहने कलाकार हुन् ।
मोहनराज क्षेत्री–कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका चौबिसौँ प्रतियोगी हुन् मोहनराज क्षेत्री । उनी असाम निवासी हुन् । कमेडी च्याम्पियनको सिजन १ मा पनि सहभागी भएका उनी मिमिक्री किङका रुपमा भाईरल भएका थिए । उनी स्ट्याण्ड अप कमेडीमा चिनिएका नाम हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*