बुद्ध लामा र केबिका खत्रीको सर्वाधिक हेरिएका ३ प्रस्तुतिहरु

१० पुष २०७७, शुक्रबार १०:१३
Featured Video Play Icon

मकवानपुर, १० पुस । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालको चर्चित जोडी गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीलाई दर्शकहरुले धेरै रुचाए । यो जोडी शोमा दोस्रो भएता पनि दर्शकहरुले उनीहरुलाई कति प्रेम गर्छन् भन्ने कुरा सामाजिक सञ्जालमा प्रशसस्तै देखियो । बुद्ध र केबिकाले ग्राण्ड ओपनिङ बाहेक शोमा १८ वटा नृत्य प्रस्तुत गरेका थिए । ती मध्ये धेरै जसो प्रस्तुतिहरु दर्शकहरुले सर्वाधिक रुचाएका थिए । टेलिभिन र युट्युबमा मनपराइएका ती नृत्यहरुलाई हिमालय टिभीले युट्युबमा पर्फोमेन्स क्लिपका रुपमा छुट्टाछुट्टै पनि सार्वजनिक गरेको थियो । ती क्लिपहरुमध्येमा पनि बुद्ध र केबिकाको नृत्यका केही क्लिपहरुलाई दर्शकहरुले निक्कै पटक हेरेका छन् । यस भिडियो सामग्रीमा डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध र केबिकाले प्रस्तुत गरेका त्यस्ता ३ वटा प्रस्तुतिहरुका बारेमा चर्चा गर्दैछौँ जुन प्रस्तुतिहरु युट्युबमा सर्वाधिक हेरिएका छन् र भाईरल भएका छन् । आउनुहोस् नम्बर ३ देखि यो काउनडाउन सुरु गरौँ ।

डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध र केबिकाले गरेका नृत्यहरुमध्ये ‘जाउँ माया सरर’ बोलको गीतमा गरिएको नृत्य तेस्रो नम्बरमा छ । कन्टेम्प्ररी डान्स स्टाईलमा गरिएको यो प्रस्तुतिमा बुद्ध र केबिकाले एक जना कोरोना संक्रमित बिरामी र डाक्टरको कथा प्रस्तुत गरेका थिए । यो प्रस्तुति उनीहरुले पाँचौँ एपिसोडमा प्रस्तुत गरेका थिए । यो प्रस्तुतिमा बुद्ध र केबिकाले निर्णायकहरुबाट २६ अंक प्राप्त गरेका थिए । यस प्रस्तुतिलाई १२ अक्टोबर २०२० मा हिमालय टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई १ लाख ३५ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ५ हजार ४ सय लाईक र करिब ३ सय वटा कमेन्टहरु गरिएका छन् ।

डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध र केबिकाले गरेका नृत्यहरुमध्ये ‘दुई दिनको यो साथमा’ बोलको गीतमा गरिएको नृत्य दोस्रो नम्बरमा छ । साल्सा प्लस साम्बा मिश्रित कोम्बो डान्स स्टाईलमा गरिएको यो प्रस्तुतिमा बुद्ध र केबिकाले रोमान्टिक नृत्य प्रस्तुत गरेका थिए । यो प्रस्तुति उनीहरुले नवौँ हप्ताको शुक्रबारको एपिसोड अर्थात सत्रौँ एपिसोडमा प्रस्तुत गरेका थिए । यो प्रस्तुतिमा बुद्ध र केबिकाले निर्णायकहरुबाट २७ अंक प्राप्त गरेका थिए । यस प्रस्तुतिलाई २२ नोभेम्बर २०२० मा हिमालय टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई २ लाख ११ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ५ हजार ३ सय लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध र केबिकाले गरेका नृत्यहरुमध्ये ‘सानी नरिसाउन’ बोलको गीतमा गरिएको नृत्य पहिलो नम्बरमा छ । उनीहरुले यो प्रस्तुति शोको दोस्रो एपिसोडमा दिएका थिए जुन बुद्ध र केबिकाको पहिलो प्रतियोगितात्मक नृत्य रहेको थियो । बुद्धकै गीतमा गरिएको यो नृत्य त्यस समय निक्कै चर्चामा आएको थियो । फ्रि स्टाईल डान्स फर्ममा दिइएको यस प्रस्तुतिमा बुद्ध र केबिकाले २६ अंक पाएका थिए । यो प्रस्तुतिलाई हिमालय टिभीको अफिसियल युट्युब च्यानलमा २७ सेप्टेम्बर २०२० मा सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ५ लाख १४ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १५ हजार लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*