नेपाल स्टारका उत्कृष्ट ८ प्रतियोगीहरु

६ पुष २०७७, सोमबार २१:२३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ६ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट ८ प्रतियोगीहरु छनौट भएका छन् । शोको उत्कृष्ट ९ मा पुगेकी चर्चित प्रतियोगी प्रेक्षा लम्साल दर्शक भोट र निर्णायक मतका आधारमा बाहिरिएपछि शोका उत्कृष्ट ८ प्रतियोगीहरु छानिएका हुन् । दाङकी २० वर्षीया प्रेक्षाले बाहिरिएकै दिनमा तहल्का मच्चाउने प्रस्तुति दिएकी थिईन् । यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी प्रेक्षाले नेपाल स्टारको यात्राका क्रममा सबै निर्णायकको मन जितेकी थिईन् । निर्णायकहरुले उनको प्रस्तुतिलाई स्टाण्डिङ ओभिएसनबाट दिएका थिए । तर उनी दर्शक भोटको कमी भएपछि शोबाट बाहिरिएकी छिन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट ८ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् ।

१) सुरेश लामा– नेपाल स्टारको उत्कृष्ट ८ मा पुगेका पहिलो प्रतियोगी हुन् सुरेश लामा । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरेका छन् । उनले उत्कृष्ट ८ छनौटका क्रममा पनि निर्णायकहरुको प्रशंसाका साथमा स्टाण्डिङ ओभिएसन पाएका थिए । २८ वर्षीय सुरेशले यस अघिकै केही राउण्डमा गाएको गीतलाई पनि निर्णायकहरुले एपिसोडकै बेस्ट प्रस्तुति भनेका थिए । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । अहिलेसम्म संगीत नसिकेता पनि संगीत क्षेत्रमै नै लाग्ने उनी बताउँछन् । उनी पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको सुरेशले विभिन्न बाधा अवरोधका कारण सांगितिक यात्रालाई भने चाहेर पनि अगाडी बढाउन सकेका थिएनन् । जीवनयात्राकै क्रममा बैदेशिक रोजगारको लागि मलेसिया पुगेका उनले त्यही समयमै आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । आजसम्म कुनै संगीतको कक्षा नलिएका सुरेशले गायक रामकृष्ण ढकालको गीतहरु सुन्न थालेपछि गीत गाउने रहर लग्न थालेको बताएका छन् । उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट निक्कै प्रभावित छन् ।

२) लक्ष्मण लिम्बु– नेपाल स्टारको उत्कृष्ट ८ मा पुगेका दोस्रो प्रतियोगी हुन् लक्ष्मण लिम्बु । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणलाई विभिन्न राउण्डहरुमा निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । विभिन्न राउण्डहरुमा तहल्का मच्चाएका उनले उत्कृष्ट ८ छनौटका क्रममा पनि तहल्का मच्चाएका थिए । उनलाई निर्णायकहरु सबैले स्टाण्डिङ ओभिएसन दिएका थिए । हरेक जेनरको गीतलाई न्याय गर्ने गरेको भन्दै उनलाई निर्णायकहरुले रकस्टारको संज्ञा दिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही केही गीतहरु चर्चित बनेका छन् । २८ वर्षीय लक्ष्मण तेह्रथुमका हुन् ।

३) सिद्धान्त खड्का– नेपाल स्टारको उत्कृष्ट ८ मा पर्न सफल तेस्रो प्रतियोगी हुन् सिद्धान्त खड्का । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका छन् । उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा उनले रकिङ प्रस्तुति दिएर विशेष अतिथि सहित सबै निर्णायकहरुले उठेर स्टाण्डिङ ओभिएसन दिएका थिए । उनको प्रस्तुति यति दमदार भयो कि निर्णायकहरु स्पिचलेस भएका थिए । उनको प्रस्तुतिले निर्णायकहरुको हृदय नै हल्लाईदिएको भन्दै निर्णायकहरुले उनको प्रस्तुतिलाई माईन्ड ब्लोईङ भएको बताएका थिए । सिद्धान्तले कुनै पनि प्रस्तुतिमा निर्णायकहरुलाई निराश नबनाएको उनले बताए । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।

४) विशालदेव श्रेष्ठ– नेपाल स्टारको उत्कृष्ट ८ मा पुगेका चौथो प्रतियोगी हुन् विशाल देव श्रेष्ठ । विशालले उत्कृष्ट १० को प्रस्तुतिका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । ईटहरी अडिसनबाट छानिएका विशालले निर्णायकहरुको मन जित्दै अगाडि बढेका छन् । झापाका ३२ वर्षीय विशालले षडज् राउण्डमा दिएको प्रस्तुतिबाट निर्णायक आलोक श्रीले आफु उनको फ्यान भएको बताएका थिए । फ्रेस आवाज र कम्पोजिसनलाई बुझेर गीत गाउने गायकका रुपमा चिनिएका विशाललाई निर्णायकहरुले प्रशंसा गरेका थिए । विभिन्न सांगितिक कार्यक्रमहरुमा सहभागी भईरहने विशालका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । सानैदेखि गायनमा रुचि राख्दै आएका विशाल झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी निवासी हुन् ।

५) सन्देश बम्जन लामा– नेपाल स्टारको उत्कृष्ट ८ मा पर्न सफल पाँचौँ प्रतियोगी हुन् सन्देश बम्जन लामा । संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी धरान निवासी हुन् । सन्देशले उत्कृष्ट ८ को छनौटका क्रममा सबै निर्णायकहरुलाई नचाएका थिए । उनीहरुले उठेर सन्देशको प्रस्तुतिको तारिफ गरेका थिए । उनले उत्कृष्ट ८ छनौटकै क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए ।

६) अमिन परियार– नेपाल स्टारको उत्कृष्ट ८ मा पर्न सफल छैटौँ प्रतियोगी हुन् अमिन परियार । पोखरा अडिसनबाट छानिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । उनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा पनि रकिङ प्रस्तुति दिँदै उनले सबै निर्णायकहरुलाई उठ्न बाध्य बनाएका थिए । निर्णायक रामकृष्ण ढकाल र विशेष अतिथि सनुप पौडेलले उनलाई स्टेजमै गएर प्रशंसा गरेका थिए । उनको प्रस्तुतिलाई आगो लगाउने प्रस्तुति भनेका थिए । उनलाई निर्णायकहरुले नेपाली माईकल ज्याक्सनको उपनाम पनि दिएका छन् । पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् ।

७) एलिना गुरुङ– नेपाल स्टारको उत्कृष्ट ८ मा पुगेकी सातौँ प्रतियोगी हुन् एलिना गुरुङ । एलिनाले उत्कृष्ट ८ छनौटको क्रममा निर्णायकहरुले मन जितेकी थिईन् । उनको प्रस्तुतिलाई हालसम्मकै सबैभन्दा उत्कृष्ट भएको पनि निर्णायकहरुले बताएका थिए । एलिना बिगत ४ वर्षदेखि साँगितिक क्षेत्रमा सक्रिय छिन् । उनी पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

८) समिक्षा दाहाल– नेपाल स्टारको उत्कृष्ट ८ मा पुगेकी आठौँ प्रतियोगी हुन् समिक्षा दाहाल । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षा ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ९ स्थित फिक्कल गैरीगाउँ निवासी हुन । उत्कृष्ट ८ छनौटका क्रममा उनले स्टेजमा रकिङ प्रस्तुति दिएकी थिईन् । उनको प्रस्तुतिमा सबै निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । उनको प्रस्तुतिको प्रशंसा गर्दै निर्णायकहरुले उनलाई फायर पर्फोमेन्सरका रुपमा चर्चा गरेका थिए । निर्णायक आलोक श्रीले उनलाई स्टेजमै गएर प्रशंसा गरेका थिए । समिक्षा बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । केही कभर गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् । उनी नेपाल स्टारमा रक स्टारका रुपमा चिनिदै आएकी छिन् । उनी २३ वर्षकी छिन् । नेपाल कमर्स क्याम्पस (एनसीसी) बाट स्नातक गरेकी समिक्षाले फिक्कलकै पञ्चकन्या बोर्डिङ स्कूलबाट अध्ययन सुरु गरेकी थिईन् । उनले फिक्कल माविबाट प्लस टु सकाएकी हुन् । सुरुमा नाच्न धेरै रुचाउने समिक्षाले अध्ययनका लागि काठमाडौँमा आएपछि गायनमा रुचि देखाएका हुन् । सांगीतिक क्षेत्रमा स्थापित उनका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्छिन् । बुवा मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठी छोरीको रुपमा जन्मिएकी समिक्षाले नेपाल स्टार जित्नसक्ने सम्भावना रहेको उनका फ्यानहरु बताउँछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*