फाईनल स्टेजमा बुद्ध लामा र केबिका खत्रीको यति कडा नृत्य

४ पुष २०७७, शनिबार १८:५२
Featured Video Play Icon

मकवानपुर, ४ पुस । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को फाईनल राउण्डको पहिलो दिन गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीले नौलो प्रयोग गर्दै उत्कृष्ट नृत्य गरेका छन् । उनीहरुले आफ्नो अनुकलभन्दा पनि प्रतिकुल अवस्थामा गएर फास्ट बिटमा ओपन स्टाईल डान्स गरेका थिए । नृत्यकै बिचमा उनीहरुले केही नौलो प्रयोग समेत गर्दै निर्णायक र दर्शकहरुको मन जितेका थिए । शुक्रबारको प्रस्तुति दिँदै गर्दा गायक बुद्ध लामाले आफ्नो दर्शकहरुलाई सम्बोधन गर्दै स्टेजमा आर्टिष्टको रुपमा चिनिन पाउँदा खुशी लागेको बताएका थिए । उनले सबै दर्शकहरुलाई पनि धन्यवाद दिएका छन् । शुक्रबारको प्रस्तुतिमा उनीहरुले समिर आचार्यको ‘घिन घिन बज्यो’ बोलको गीतमा नृत्य गरेका थिए । उनीहरुको प्रस्तुतिका क्रममा निर्णायक र सहभागीहरुले पनि हुटिङ गरेका थिए । हेर्नुहोस् भिडियो–

उनीहरुको प्रस्तुतिलाई विशेष अतिथिहरुले पनि प्रशंसा गरेका थिए । त्यस्तै निर्णायक गौरी मल्लले उनीहरुको प्रस्तुतिको प्रशंसा गर्दै उनीहरुको सुरुवातदेखिको डान्सको सम्झना गरेकी थिईन् । फाईनल राउण्डमा आईपुग्दा बुद्धको आत्माविश्वासको पनि उनले प्रशंसा गरिन् । त्यस्तै निर्णायक दिलिप रायमाझीले स्टेजमै गएर बुद्ध र केबिकाको प्रशंसा गरेका थिए । बुद्धको नाच निक्कै राम्रो भएको भन्दै उनले खुलेर प्रशंसा गरे । उनले बुद्ध र केबिकाको नृत्यको प्रशंसा गर्दै उनीहरुका लागि भोट अपिल पनि गरेका थिए । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् ।

बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले नवौँ हप्ता २७ र ३० अंक, दशौँ हप्ता २४ र ३० अंक तथा एघाराँै हप्ता २९ र ३० अंक प्राप्त गरेका छन् । उनीहरुले बाह्रौँ हप्ता २९ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्राँै हप्ता सकिँदा जम्मा ४३९ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी तथा एघारौँ हप्ता सेमिक्लासिकल र कन्ट्रेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर स्वयत्ना योञ्जनसँग मिलेर नृत्य गरेका थिए । उनीहरुले बाह्रौँ हप्ता दुबै दिन ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले तेह्रौँ हप्ताको शुक्रबार फाईनल राउण्डमा ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन, एघारौँ हप्ताको पहिलो दिन र तेह्रौँ हप्ता संयुक्त रुपमा पर्फोमेन्स अफ द डे अवार्ड गरी जम्मा ३ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । उनीहरुले ५ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*