यो साता यति कडा टक्कर

३ पुष २०७७, शुक्रबार १९:४०
Featured Video Play Icon

मकवानपुर, ३ पुस । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालको फाईनल शनिबार हुँदैछ । यसअघि शुक्रबारको शोमा दर्शक भोटका लागि उत्कृष्ट ३ फाईनालिष्टहरुले प्रस्तुति दिनेछन् । शुक्रबारको प्रस्तुतिपश्चात शनिबार साँझ ८ बजेसम्म भोटिङ लाईन खुला रहनेछ । त्यस्तै फाईनल भेन शनिबार साँझ सवा ७ बजेदेखि नै सुरु हुनेछ । यो साता निर्णायकहरुले ३ जोडीहरुलाई कुनै पनि अंक दिनेछैनन् । केबल नृत्य मात्र हेर्नेछन् । तर यो प्रस्तुतिपश्चात दर्शकहरुले भोट गर्न पाउनेछन् । शनिबार साँझ ८ बजेसम्म प्राप्त भोटका आधारमा ३ जोडीहरुमध्ये एक जोडीले शोको टाईटल जित्नेछन् । शुक्रबार अन्तिम पटक भोट माग्न पाईने भएकोले फाईनलमा पुगेका जोडीहरुले दमदार प्रस्तुति दिने देखिएको छ । डान्सिङ विथ द स्टार्स नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गरेका तस्बिरहरुबाट पनि शुक्रबार र शनिबार फाईनालिष्टहरुले दमदार प्रस्तुति दिएर कडा प्रतिस्पर्धा गर्ने देखिएको छ । हेर्नुहोस् यो भिडियो सामग्री–

सार्वजनिक भएको तस्बिर अनुसार फाईनल जोडीहरुमध्येको एक बुद्धिका जोडीले नयाँ अवतारमा प्रस्तुति दिँदैछन् । तस्बिर हेर्दा सम्भवत यो जोडीले यो साता हिपहप डान्स गर्ने हुन् कि जस्तो पनि देखिन्छ । तर उनीहरुको प्रस्तुति कस्तो हुनेछ भनेर शो हेरेपछि नै थाहा हुनेछ । धेरै दर्शक श्रोताहरुले विजेता बन्न सक्ने ठूलो सम्भावना भएको जोडीका रुपमा हेरिरहेका यो जोडीले शोमा सहभागी भएर निर्णायकहरुबाट जम्मा ४३९ अंक प्राप्त गरेका छन् । गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्री दर्शकहरुको रोजाईमा रहेको नम्बर एक जोडी हो भन्दा पनि फरक पर्दैन । उनीहरुले नवौँ हप्ताको पहिलो दिन र एघारौँ हप्ताको पहिलो दिन गरी जम्मा २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् ।

त्यस्तै फाईनलमा पुगेका नायिका सुमी मोक्तान र बिजु पार्कीको सुबिजु जोडीले यो साता फरक गेटअपमा प्रस्तुति दिँदैछन् । सम्भवत यो साता उनीहरुले एरियल डान्स र स्टन्ट गर्नेछैनन् । सार्वजनिक भएको तस्बिर अनुसार उनीहरुले कमिक रोलमा प्रस्तुति दिनेछन् । सार्वजनिक भएको तस्बिरमा उनीहरु निक्कै जोसिला र फन्नी देखिएका छन् । यो जोडीले शोमा सबैभन्दा बढी अर्थात ५ पटक पूर्णाङ्क ३० मा ३० नै अंक पाएका छन् । यतिधेरै सर्वाधिक अंक शोमा अरु कुनै पनि जोडीले पाएको छैन् । त्यस्तै शोमा अहिलेसम्मको अंक जोड्दा सबैभन्दा बढी अंक ल्याउने जोडीमा पनि सुबिजुकै रेकर्ड छ । उनीहरुले फाईनलसम्म आउँदा जम्मा ४४६ अंक प्राप्त गरेका छन् । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड र बाह्रौँ हप्तामा पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए ।

फाईनलमा पुगेको अर्को चर्चित जोडी कलाकार प्रियना आचार्य मुन्नी र कोरियोग्राफर शुभम भुजेलले पनि यो साता फरक प्रस्तुति दिँदैछन् । स्टेजमा प्रियम जोडीका नामले परिचित यो जोडीले यो साता गत साताहरुमाभन्दा फरक प्रस्तुति दिनसक्ने संकेत सार्वजनिक भएको तस्बिरमा देखिन्छ । फाईनलसम्म आईपुग्दा फोकस जोडीका नामले पनि यो जोडी चर्चित बनेका छन् । उनीहरुले फाईनलसम्म आईपुग्दा जम्मा ३०५ अंक प्राप्त गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*