डान्सिङ विथ द स्टार्स नेपालका ३ भाईरल प्रस्तुतिहरु

३ पुष २०७७, शुक्रबार १८:४१
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३ पुस । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्सको नेपाली संस्करण डान्सिङ विथ द स्टार्स नेपाल यतिखेर चर्चाको शिखरमा छ । शुक्रबार फाईनलको तयारीमा रहेको यस शोमा त्यस्ता कयौँ प्रस्तुतिहरु भए जुन प्रस्तुतिहरुले निर्णायक र दर्शकहरुको मन जितेको थियो । शोमा भाईरल प्रस्तुतिहरु दिने जोडीहरुमध्ये केही जोडी अहिले फाईनलसम्म आईपुगेका छन् भने केही प्रतियोगीहरु शोबाट बाहिरिसकेका छन् । यस भिडियो सामग्रीमा हामी डान्सिङ विथ द स्टार्स नेपालका त्यस्ता ३ वटा प्रस्तुतिहरुका बारेमा चर्चा गर्दैछौँ जुन प्रस्तुतिहरु सर्वाधिक हेरिएका छन् र भाईरल भएका छन् । रोचक कुरा त के भने उत्कृष्ट ३ मा परेका यी सबै प्रस्तुतिहरु शोको पहिलो नृत्यहरु थिए । यो नृत्यबाट नै यी स्टार र कोरियोग्राफरहरुको जोडीले शोमा आफ्नो प्रतियोगितात्मक प्रस्तुतिको सुरुवात गरेका थिए । आउनुहोस् नम्बर ३ देखि यो काउनडाउन सुरु गरौँ ।

नम्बर ३–हरि खड्का र युमी–डान्सिङ विथ द स्टार्स नेपालको चर्चित प्रस्तुतिहरुमध्ये नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्का र कोरियोग्राफर युमी बलामीको प्रस्तुति तेस्रो नम्बरमा छ । हरि र युमीले शोको पहिलो एपिसोडमा ‘पराना’ बोलको गीतमा नृत्य गरेका थिए । यो नृत्य नै शोको सबैभन्दा पहिलो प्रतियोगितात्मक नृत्य थियो । यो प्रस्तुतिमा हरि र युमीले स्टाण्डिङ ओभिएसन समेत पाएका थिए । उनीहरुको यो नृत्यमा निर्णायकहरुले कुल २६ अंक प्राप्त गरेका थिए । यो प्रस्तुतिलाई हिमालय टिभीको अफिसियल युट्युब च्यानलमा २७ सेप्टेम्बर २०२० मा सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ४ लाख ६ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा करिब ६ हजार लाईक र एकसयभन्दा बढी कमेन्टहरु गरिएका छन् । स्टेजमा हामी जोडीका नामले चर्चा कमाउन सफल हरि र युमी शोको उत्कृष्ट ९ सम्म पुगेका थिए ।

नम्बर २– बुद्ध लामा र केबिका खत्री–डान्सिङ विथ द स्टार्स नेपालको चर्चित प्रस्तुतिहरुमध्ये गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीको प्रस्तुति दोस्रो नम्बरमा छ । उनीहरुले यो प्रस्तुति शोको दोस्रो एपिसोडमा दिएका थिए जुन बुद्ध र केबिकाको पहिलो प्रतियोगितात्मक नृत्य रहेको थियो । बुद्धकै ‘सानी नरिसाउन’ बोलको गीतमा गरिएको नृत्य त्यस समय निक्कै चर्चामा आएको थियो । फ्रि स्टाईल डान्स फर्मममा दिइएको यस प्रस्तुतिमा बुद्ध र केबिकाले २६ अंक पाएका थिए । यो प्रस्तुतिलाई हिमालय टिभीको अफिसियल युट्युब च्यानलमा २७ सेप्टेम्बर २०२० मा सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ५ लाख ३ हजार ४ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १५ हजार लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी अहिले पनि फाईनलमा राउण्डमा भिडिरहेको छ । फाईनलसम्म आईपुग्दा यो जोडीले जम्मा ४३९ अंक प्राप्त गरेका छन् । साथै उनीहरुले २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् ।

नम्बर १–फुलन्देको आमा र प्रमोद भण्डारी–डान्सिङ विथ द स्टार्स नेपालको चर्चित प्रस्तुतिहरुमध्ये फुलन्देकी आमाका नामले परिचित हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको प्रस्तुति पहिलो नम्बरमा छ । उनीहरुले पनि यो प्रस्तुति शोको पहिलो एपिसोडमा दिएका थिए । कम्मरको ट्याटु बोलको गीतमा गरिएको यो नृत्य निक्कै रोमाञ्चक रहेको थियो । फ्रि स्टाईल डान्स फर्ममा दिइएको यस प्रस्तुतिमा उनीहरुले २५ अंक पाएका थिए । यो प्रस्तुतिलाई हिमालय टिभीको अफिसियल युट्युब च्यानलमा २७ सेप्टेम्बर २०२० मा सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ६ लाख ६७ हजार १ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १२ हजार लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडी सेमिफाईनल राउण्डसम्म पुगेर बाहिरिएको थियो । उनीहरुले बाह्रौँ हप्ता सकिँदा जम्मा ४२७ अंक प्राप्त गरेर शोबाट बाहिरिएका थिए । उनीहरुले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*