सुमी मोक्तान र बिजु पार्कीले डान्सिङ विथ द स्टार्स नेपाल जित्न सक्ने कारणहरु

२ पुष २०७७, बिहीबार १५:४१
Featured Video Play Icon

मकवानपुर, २ पुस । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को चर्चित सुबिजु जोडी यतिखेर चर्चामा छन् । उनीहरुले शोमा गरेका एरियल डान्स तथा स्टन्टहरुले शोका अर्का दुई फाईनालिष्ट जोडी बुद्धिका र प्रियमलाई पनि कडा चुनौति खडा गरिदिएको छ । फाईनालिष्ट जोडीहरुमध्ये खतरनाक जोडीका रुपमा चिनिएका कारण पनि उनीहरु विजेता बन्नसक्ने सम्भावना ठूलो छ । यो बाहेक केही त्यस्ता कारणहरुपनि छन् जसले यो जोडीलाई विजेता पनि बनाउन सक्छ । तपाईको विचारमा नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले शो जित्लान् ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–

सुमी र बिजुले शो जित्न सक्ने पहिलो आधार हो उनीहरुको प्रस्तुति र निर्णायकहरुबाट पाएको अंक । शोमा स्टन्टवाला जोडीका रुपमा चिनिएको यो जोडीले शो जित्नसक्ने सम्भावना रहेको भन्दै यसअघि नै शोकी सबैभन्दा कान्छी प्रतियोगी दिभान्सी वैदवारले बताएकी थिईन् । उनले भनेजस्तै यो जोडी शोको फाईनलसम्म पनि आईपुगेको छ । यो जोडीले शोमा फरक फरक नृत्यमार्फत दर्शक र निर्णायकहरुको मन जितेका छन् । उनीहरुले शोमा नयाँ नयाँ रेकर्ड पनि राखेका छन् । उनीहरु शोमा सबैभन्दा बढी पटक स्टन्टहरु गर्ने जोडीका रुपमा चिनिएका छन् भने निर्णायकहरुबाट पनि सर्वाधिक अंक पाएका छन् । यो जोडीले शोमा सबैभन्दा बढी अर्थात ५ पटक पूर्णाङ्क अर्थात ३० मा ३० नै अंक पाएका छन् । यतिधेरै सर्वाधिक अंक शोमा अरु कुनै पनि जोडीले पाएको छैन् । त्यस्तै शोमा अहिलेसम्मको अंक जोड्दा सबैभन्दा बढी अंक ल्याउने जोडीमा पनि सुबिजुकै रेकर्ड छ । उनीहरुले बाह्रौँ हप्ता सकिँदा जम्मा ४४६ अंक प्राप्त गरेका छन् ।

त्यस्तै यो जोडीले शो जित्नसक्ने दोस्रो कारण हो उनीहरुको व्यक्तित्व र फ्यान फलोईङ । मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी आफ्ना फ्यानहरुमाझ चर्चित छिन् । सुमीले सन् २०१२ मा मिस तामाङ २०१२ को उपाधि जितेकी थिईन् । मिस तामाङ हुँदै उनले सन् २०१३ मा आयोजित मिस नेपालमा उत्कृष्ट ५ मा आफुलाई कायम गर्न सफल भएकी थिईन् । त्यसैले उनले डान्सिङका क्षेत्रबाट मात्र नभई फेसनका क्षेत्रबाट पनि भोट पाउने निश्चित देखिएको छ । त्यस्तै बिजु कोरियोग्राफरका रुपमा मात्र नभई प्रोफेस्नल डान्सरका रुपमा पनि परिचित छन् । उनी मोडलिङमा पनि जमेकाले दर्शकहरुमाझ उनी पहिलेदेखि नै चर्चामा छन् । त्यसैले पनि यो जोडीले शो जित्नसक्ने ठूलो सम्भावना छ ।

सुमी र बिजुले पहिलो,दोस्रो र तेस्रो हप्तामा समान ३०–३० अंक, चौथो हप्ता २६ अंक तथा पाँचौँ र छैटौँ हप्ता २३–२३ अंक प्राप्त गरेका थिए । उनीहरुले सातौँ र आठौँ हप्ता समान २७–२७ अंक, नवौ हप्तामा २७ र २६ अंक, दशौँ हप्ताको दुबै दिन समान २९–२९ अंक तथा एघारौँ हप्तामा २९ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्रौँ हप्ताको दुबै दिनमा ३०–३० अंक प्राप्त गरेका थिए ।स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर र पाँचौँ हप्ता कलिउड हिपहप डान्स प्रस्तुत गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता झ्याउरे, सातौँ हप्ता ओपन स्टाईल र आठौँ हप्ता सुफी डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता पासो दोब्ले र कन्टेम्प्ररी, दशौँ हप्ता एरियल एक्रोब्याट्स एण्ड कन्टेम्प्ररी र ओपन स्टाईल तथा एघारौँ हप्तामा हिपहप र कन्टेम्प्ररी डान्स गरेका थिए । सुमीलाई सातौँ हप्ता सोमु गुरुङले नृत्यमा साथ दिएका थिए । सुमी र बिजुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर सञ्जय लामासँग मिलेर प्रस्तुति दिएका थिए । उनीहरुले बाह्रौँ हप्तामा आफ्रो फ्युजन र कन्टेम्प्ररी डान्स गरेका थिए । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड र बाह्रौँ हप्तामा पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । यो जोडीले २ पटक बटम थ्रीको सामना गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*