बुद्ध लामा र केबिका खत्रीले जित्लान् डान्सिङ विथ द स्टार्स नेपाल ?

२ पुष २०७७, बिहीबार १४:१४
Featured Video Play Icon

मकवानपुर, २ पुस । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को फाईनल जोडीहरुमध्येको एक बुद्धिका जोडी यतिखेर चर्चाको शिखरमा छ । बुद्ध र केबिकालाई धेरै दर्शक श्रोताहरुले विजेता बन्न सक्ने ठूलो सम्भावना भएको जोडीका रुपमा हेरिरहेका छन् । चर्चित गायक समेत रहेका बुद्ध लामा र चर्चामा रहेकी कोरियोग्राफर केबिका खत्रीलाई माया गर्नेहरुले हरेक भिडियोहरुमा उनीहरुको नामै लिएर विजेता हुने दाबी समेत गर्दै आएका छन् । यसअघि नेपाल आईडल जस्तो पहिलो विदेशी फ्रेन्चाईजको विजेता बनिसकेका बुद्धलाई रियालिटी शो कसरी जित्ने भन्ने आईडिया पनि छ । तर उनी डान्सिङ विथ द स्टार्स नेपाललाई पहिला जस्तै दर्शकको प्रेमले नै जित्न चाहान्छन् । उनीहरुको प्रस्तुतिका आधारमा दर्शकहरुलाई भोट गर्न पनि उनीहरुले आग्रह गरिरहेका छन् । तर उत्तिकै चर्चामा रहेकी नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी तथा भद्रगोलकी चर्चित मुन्नी अर्थात प्रियना आचार्य र शुभम भुजेलको जोडी पनि उनीहरुको कडा प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यस्तो अवस्थामा के बुद्ध र केबिका डान्सिङ विथ द स्टार्स नेपालको विजेता बन्लान् त ? तपाईको विचार पनि कमेन्टमा लेख्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध र केबिकाको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले यो शोमा जितेमा बुद्ध विदेशी फ्रेन्चाईजको पहिलो सिजन धेरै पटक जित्ने एकमात्र स्टार हुनेछन् भने केबिका विदेशी फ्रेन्चाईजको पहिलो सिजन जित्ने पहिलो महिला कोरियोग्राफर हुनेछिन् । शोमा भाग लिएदेखि नै डान्सरका रुपमा समेत चिनिन थालेका बुद्ध थप उचाईमा पुग्नेछन् भने केबिकाको लागि यो सुनमा सुगन्ध जस्तै हुनेछ । शोमा सहभागी भएदेखि नै केबिका भविष्यमा नेपालको एक दमदार कोरियोग्राफरका रुपमा उदाउने कुरा छर्लङ्गै भईसकेको छ । शोको विजेता बनेमा उनलाई अझ थप मदत मिल्नेछ । सम्भवत यो उनको लागि जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाईन्ट बन्नसक्नेछ ।

बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले नवौँ हप्ता २७ र ३० अंक, दशौँ हप्ता २४ र ३० अंक तथा एघाराँै हप्ता २९ र ३० अंक प्राप्त गरेका छन् । उनीहरुले बाह्रौँ हप्ता २९ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्राँै हप्ता सकिँदा जम्मा ४३९ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी तथा एघारौँ हप्ता सेमिक्लासिकल र कन्ट्रेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर स्वयत्ना योञ्जनसँग मिलेर नृत्य गरेका थिए । उनीहरुले बाह्रौँ हप्ता दुबै दिन ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन र एघारौँ हप्ताको पहिलो दिन गरी जम्मा २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । उनीहरुले ५ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*