यी हुन् मिस युनिभर्स नेपाल २०२० का उत्कृष्ट १९ प्रतियोगीहरु

३० मंसिर २०७७, मंगलवार १२:१९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३० मंसिर । मिस युनिभर्स नेपाल २०२० को लागि उत्कृष्ट १९ जना प्रतियोगीहरु छानिएका छन् । मिस युनिभर्स नेपालको मोबाईल एप तथा अन्य विभिन्न माध्यममार्फत भएको भोटिङका आधारमा उत्कृष्ट १९ प्रतियोगीहरु छानिएका हुन् । यसअघि उत्कृष्ट २१ मा परेका तिलु कुलुङ राई र निशा न्यौपाने भोटिङका आधारमा बाहिरिएपछि उत्कृष्ट १९ जना अघिल्लो राउण्डका लागि छानिएका हुन् । मिस युनिभर्स नेपाल २०२० को फाईनल डिसेम्बर ३० मा हुँदैछ । यस भिडियो सामग्रीमा मिस युनिभर्स नेपाल २०२० का लागि छनौट भएका उत्कृष्ट १९ जना प्रतियोगीहरुले प्राप्त गरेको भोट र उनीहरुको बारेमा छोटकरीमा चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो फिचर–

मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी न्यान्सी खड्का संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छिन् । उनी उत्कृष्ट २१ को भोटिङका क्रममा सबैभन्दा बढी भोट प्राप्त गर्दै उत्कृष्ट १९ का लागि छनौट भएकी हुन् । उनले २५ हजार ६ सय ३२ भोट प्राप्त गरेकी थिईन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी हुन् सुजिता बस्नेत संयुक्तराज्य अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्छिन् । मिस मेरिल्याण्ड युएसएमा समेत तहल्का मच्चाएकी उनी पहिलो मिस नेपाल युएसए २०११ की विजेता पनि हुन् । उनले मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको टाईटल र पब्लिक च्वाईस अवार्ड जितेकी थिईन् । उनी मिस वर्ल्ड अमेरिका २०१६ को सेमिफाईनलसम्म पुग्न सफल भएकी थिईन् । उक्त प्रतियोगितामा सुजिताले टपटेनसम्म यात्रा तय गरेपछि बिच ब्युटी तथा टप मोडल अवार्डको टप फाइभभित्र पनि समावेश भएकी थिईन् । उनी वासिङ्टनमै जन्मिएर सानैदेखि वासिङ्टनमै बसोबास गरेकी थिईन् । उनी १७ हजार ६ सय ६९ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी डाक्टर आरिका रानाभाट पोखरा निवासी हुन् । आरिका सुन्दरी प्रतियोगी मात्र नभई मेडिकल डाक्टर पनि हुन् । मिस लिटिल क्विन पोखरा २००६ की विजेता समेत बनिसकेकी आरिका सन् २००६ मा नै मिस लिटिल क्विन नेपालमा फर्स्ट रनर अप भएकी थिईन् । उनी १२ हजार ६ सय २५ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् ।

मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी डाक्टर दिक्ता थापा काठमाडौँ निवासी हुन् । १३ वर्षको उमेरमा नै ब्युटी पेजेन्ट जितेकी उनी मिस युनिभर्समा पनि राम्रो नतिजा ल्याउने तयारीमा छिन् । उनी १० हजार ९ सय २४ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी निनाकान्त मण्डल मस्को, रसियामा बस्छिन् । सन् २०१८ मा मिस एसिया रसियाको विजेता समेत बनेकी निनाकान्त भारतमा मोडलका रुपमा पनि चर्चामा छिन् । उनी १० हजार ६ सय ९७ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी सुरभी खनाल संयुक्त राज्य अमेरिकाको भर्जिनियामा बसोबास गछिन् । २१ वर्षीया सुरभी एमोरी विश्व विद्यालय संयुक्त राज्य अमेरिकाबाट केमेष्ट्रीमा डिग्री गर्दैछिन् । उनी कवि र टिभी एङ्कर पनि हुन् । उनले मिस नेपाल युएस २०१९ को ताज पनि जितेकी छिन् । त्यस समयमा उनले मिस फोटोजेनिक तथा ब्युटी विदाउट लिमिट अवार्ड पनि जितेकी थिईन् । उनी ९ हजार ६ सय ५० भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी रजनी मिश्र नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलास निवासी हुन् । २३ वर्षिया रजनी भारतको ईन्स्टीच्यूट अफ चार्टड एकाउण्टेण्टबाट चार्टड एकाउण्टेण्टको अन्तिम परीक्षाको तयारीमा रहेकी छिन् । रजनीका बुवा बैकुण्ठ मिश्र पनि रजनीको प्रेरणाको श्रोत बनेका छन् । मिस युनिभर्समा सहभागी हुन उनका बुवाले पनि उनलाई साथ दिएका छन् । उनी ८ हजार ८ सय ७९ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् ।

मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी परिक्षा विष्ट काभ्रेपलाञ्चोक निवासी हुन् । उनी सुन्दरी प्रतियोगिताकी प्रतियोगी मात्र नभई मेडिकल विद्यार्थी समेत हुन् । उनी मिस एसिया नेपालकी फाईनालिष्ट पनि भईसकेकी छिन् । उनी ८ हजार १ सय ७६ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी प्रिया सिग्देल काठमाडौँ निवासी हुन् । २५ वर्षीया प्रिया मिस नेपाल अर्थ २०१८ की विजेता समेत हुन् । उले डेभलप्मेन्ट स्टडिजमा नेशनल कलेज बालुवाटारबाट ग्राजुएट गरेकी छिन् । प्रिया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् । उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिईन् । जहाँ उनी उत्कृष्ट १८ सम्म पुगेकी थिईन् । मिस नेपाल अर्थमा ब्युटी विथ अ पर्पस टाईटल समेत जितेकी उनी राजनीतिमा लागेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्ने रहरले राजनैतिक पार्टीमा पनि आवद्ध भएकी छिन् । उनी ७ हजार ६ सय १६ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । युनिभर्स नेपाल २०२० की प्रतियोगी परामिता राना ललितपुर निवासी हुन् । उनी नेपाली सिने क्षेत्र तथा मोडलिङ क्षेत्रमा सक्रिय छिन् । चपली हाईट २ नामक नेपाली चलचित्रमार्फत डेब्यु गरेकी परामिता पछिल्लो समय नायिकाका रुपमा परिचित छिन् । उनी गायिकाका साथै सोसियल ईन्फ्लुयन्सर पनि हुन् । उनी २ अक्टोबर १९९३ मा जन्मिएकी हुन् । उनले चपली हाईट २ का साथै रोज, द म्यान फ्रम काठमाण्डु र चंगा चेट लगायतका चलचित्रमा पनि अभिनय गरेकी छिन् । १७ वर्षको उमेरदेखि मोडलिङ क्षेत्रमा लागेकी परामिता सन् २०१४ मा अन्तराष्ट्रिय टेलिभिजन विज्ञापनका लागि श्रीलंकामा छनौट भएकी थिईन् । उक्त विज्ञापन विश्वकप क्रिकेटका लागि रहेको थियो । उनी ७ हजार ७८ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् ।

मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी प्रिया हाडा काठमाडौँ निवासी हुन् । उनी ६ हजार ७ सय ५० भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी अंशिका शर्मा अष्ट्रेलियाको सिड्नीमा बस्छिन् । उनी मिस नेपाल ओसियाना २०२० की फर्स्ट रनर अप हुन् । उनी ६ हजार २ सय ४५ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी रोजिना श्रेष्ठ काठमाडौँ निवासी हुन् । उनी मिस टुरिजम वर्ल्ड २०१९ मा पनि सहभागी भएकी थिईन् । उनी ३ हजार ८ सय ८० भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी रोशनी खत्री ललितपुरको बुगमती निवासी हुन् । मिस नेपाल अर्थ २०१६ की विजेता समेत रहेकी रोशनी मिस नेपाल २०१६ की फर्स्ट रनर अप समेत हुन् । उनले मिस नेपाल २०१६ मा मिस कन्फिडेन्ट अवार्ड र मिस पर्सनालिटि अवार्ड समेत जितेकी थिईन् । रोशनीको जन्म १९ अप्रिल १९९६ मा भएको हो । बि.एस.सी. सी.एस. आईटी गरेकी रोशनीले सैनिक अवाशीय महाविद्यालय भक्तपुरबाट प्लस टु साईन्स गरेकी थिईन् । उनले सेन्ट जेभिएर्स कलेज माईतीघरबाट अण्डर ग्राजुएट अध्ययन सकाएकी थिईन् । उनले नेपाली सिने क्षेत्रका चर्चित नायक आर्यन सिग्देल, नायिका सन्ध्या केसी, स्वस्तिमा खड्का लगायतका कलाकारहरु अध्ययन गरेकै कलेजबाट अध्ययन गरेकी थिईन् । त्यसैले उनी अहिले पनि नेपाली कला क्षेत्रसँग नजिक छिन् । उनी हाल निर्माता, निर्देशक र कन्टेन्ट क्रियटरका रुपमा पनि कार्यरत छिन् । सुमधुर आवाजमा गीत गाउन सिपालु रोशनी कुनै समयमा कलेज आईडलमा पनि सहभागी भएकी थिईन् । नेपालका तर्फबाट मिस अर्थ २०१६ मा सहभागी भएकी उनले रिसोर्ट वेयरमा सिल्भर मेडल प्राप्त गरेकी थिईन् । उनी ३ हजार ६ सय ६८ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् ।

मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी सुदति श्रेष्ठ ललितपुर निवासी हुन् । उनी सानैदेखि मिस युनिभर्स बन्न चाहान्थिन् । उनी मिस टिन नेपाल २०१५ मा पनि सहभागी भएकी थिईन् । उनी २ हजार ८ सय ३१ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी रोज तामाङ पोखरा निवासी हुन् । उनी २ हजार ३ सय ४८ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी ज्योति भट्ट बेल्जियममा बस्छिन् । उनी २ हजार २ सय ३३ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी एञ्जल लामा काभ्रेपलाञ्चोकको धिमाल गाउँपालिकामा जन्मिएकी हुन् । उनी २१ वर्षकी छिन् । मिस पिंक २०१८ की विजेता समेत बनिसकेकी एञ्जल तेस्रोलिंगी महिला हुन् । उनले नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ मा जुनेली नामक तेस्रोलिंगी महिलाको भूमिका समेत निर्वाह गरेकी थिईन् । उनले सन् २०१९ मा मिस ईन्टरनेशनल क्विनमा पनि नेपालको तर्फबाट सहभागिता जनाएकी थिईन् । उनी पत्रकार र समाजसेवी पनि हुन् । उनी २ हजार १ सय ५९ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् । मिस युनिभर्स नेपाल २०२० की प्रतियोगी हुन् डाक्टर प्रार्थना बस्न्यात । उनी मिस युनिभर्स नेपालमा निर्णायक र दर्शकहरुको मन जित्दै उत्कृष्ट १९ मा प्रवेश गरेकी छिन् । उनी १ हजार २ सय २४ भोट प्राप्त गर्दै अघिल्लो राउण्डका लागि छनौट भएकी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*