बुद्ध लामा र केबिका खत्रीले दाँत झर्नेसम्मै नाचे

३० मंसिर २०७७, मंगलवार ०८:४९
Featured Video Play Icon

मकवानपुर, ३० मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ का चर्चित जोडी गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्री यतिखेर चर्चामा छन् । सुरुको एपिसोडदेखि नै चर्चामा रहेको यो जोडीले यो साता फाईनलमा प्रतिस्पर्धा पनि गर्दैछ । दर्शकहरुमाझ लोकप्रिय बनेको यस जोडीले डान्सिङ विथ द स्टार्स नेपालमा सहभागी भएर गरेका मेहनतहरुको यतिखेर जताततै चर्चा छ । बुद्धले गायक भएर पनि डान्सर जस्तो छबि बनाउन मेहनत गरेको कुरालाई निर्णायकहरुले मात्र होईन दर्शकहरुले पनि प्रशंसा गरेका छन् । साथै बुद्धलाई फाईनलसम्म ल्याउनका लागि केबिकाले गरेका हरेक एपिसोडको कोरियोग्राफी यतिखेर चर्चाको शिखरमा छन् । कतिपयले उनलाई निर्णायक रेनेशा पछिकै दमदार क्षमता भएका कोरियोग्राफरका रुपमा पनि चर्चा गर्न थालेका छन् । बुद्ध र केबिकाले आफ्नो प्रस्तुतिका लागि कति मेहनत गर्छन् भन्ने कुरा सेमिफाईनलको एपिसोडमा पनि देखियो । सेमिफाईनलको पहिलो एपिसोडमा रोमान्टिक प्रस्तुति दिँदै जर्मन ह्विलमा गरिएको नृत्यलाई दर्शकहरुले भुल्न नपाउँदै शनिबार उनीहरुले तहल्का मच्चाउने प्रस्तुति दिएका थिए । उनीहरुले यति दमदार नृत्य गरेकी जसका कारण केबिकाको दाँत समेत भाँचियो । बुद्ध आँखामा लगाएको लेन्सले तिल्मिलाउँदै गर्दै केबिका दाँत भाँचिएर पिडामा देखिएका थिए । उनीहरुले ज्यानै जोखिममा राखेर नृत्य गर्नु राम्रो त होईन तर यसबाट उनीहरुको शोप्रतिको लगाव र मेहनत भने देखिएको छ । हेर्नुहोस् भिडियो–

उनीहरुले शनिबार मेलिना राई र विशाल राईको आवाजमा रहेको ‘हुकुम बक्सियोस’ बोलको गीतमा ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुको ओपन स्टाईल डान्समा सबै निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । उनीहरुको प्रस्तुतिको प्रशंसा गर्दै निर्णायक गौरी मल्लले उनीहरुको नृत्यले उठ्न बाध्य बनाएको बताईन् । उनीहरुको ईनर्जी लेभल, गेटअप र प्रस्तुतिको गौरीले निक्कै प्रशां गरिन् । त्यस्तै निर्णायक रेनेशा राईले उनीहरुको नृत्यको प्रशंसा गर्दै आफ्नो धड्कन नै रोकिएको जस्तो लागेको बताईन् । उनले यस प्रकारको गीतमा केबिकाको कोरियोग्राफीको लेभल मापन भएको समेत बताईन् । बुद्धलाई गायक भनेर बिर्सिएको र डान्सर भनेर सम्झिएको बताईन् । विशेष अतिथीहरुले पनि उनीहरुको निक्कै प्रशंसा गरेका थिए । उनीहरुलाई तिनै जना निर्णायकहरुले १०–१० अंक गरी ३० अंक प्रदान गरेका थिए ।

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले नवौँ हप्ता २७ र ३० अंक, दशौँ हप्ता २४ र ३० अंक तथा एघाराँै हप्ता २९ र ३० अंक प्राप्त गरेका छन् । उनीहरुले बाह्रौँ हप्ता २९ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्राँै हप्ता सकिँदा जम्मा ४३९ अंक प्राप्त गरेका छन् ।

उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी तथा एघारौँ हप्ता सेमिक्लासिकल र कन्ट्रेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर स्वयत्ना योञ्जनसँग मिलेर नृत्य गरेका थिए । उनीहरुले बाह्रौँ हप्ता दुबै दिन ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन र एघारौँ हप्ताको पहिलो दिन गरी जम्मा २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । उनीहरुले ५ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*